logo

बैंकहरुले आधारदर बढाएसँगै कर्जाको ब्याज पनि बढ्यो

    887   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले आधारदर बढाएसँगै कर्जाको ब्याज पनि स्तवः बढेको हो । असोजमा बैंकहरुको औषत आधारदर ९.५६ प्रतिशत रहेकोमा कात्तिकमा साढे १० प्रतिशतको हाराहारीमा पुर्याएका हुन् ।
ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकहरुमा मेगा बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतको आधारदर बढेको छ ।
मेगा बैंकको १०.१९ प्रतिशतबाट बढेर १०.४६ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशतबाट बढेर १०.८७ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशतबाट बढेर १०.७५ प्रतिशत, सानिमा बैंकको ९.५७ प्रतिशतबाट बढेर १०.४१ प्रतिशत, सिद्धार्थ बैंकको ९.५ प्रतिशतबाट बढेर ९.८५ प्रतिशत, एभेरेष्ट बैंकको ८.९२ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.८६ प्रतिशत बढेर ८.२० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.४ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ ।
बैंकहरुले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्था अनुरुप बैंकहरुले आधार दर बढाएका हुन् । बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने गर्छन् ।
बैंकहरुको बेसरेट बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर पनि घट्छ । सनराइज बैंकको भने बेसरेट असार महिनाको राखेर सार्वजनिक गरेको छ । बैंकले यसअघि साउन महिनाको बेसरेट १०.४२ प्रतिशत भनेर सार्वजनिक गरेको थियो भने अहिले असार महिनाको १०.०८ प्रतिशतलाई आधारदर सार्वजनिक गरेको छ ।
नेपाल एसबिआई बैंक, प्राइम बैंक, एनएमबि बैंक, सिभिल बैंक, प्रभु बैंक, एनसीसी बैंक, कृषि विकास बैंक, नबिल बैंक र नेपाल बैंकले भने आधारदर यथावत राखेका छन् ।
नेपाल एसबिआई बैंकको १० प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, एनएमबि बैंकको ९.९५ प्रतिशत, सिभिल बैंकको ९.५ प्रतिशत, प्रभु बैंकको ९.४२ प्रतिशत, एनसीसी बैंकको ९.३५ प्रतिशत, कृषि विकास बैंकको ८.९० प्रतिशत, नबिल बैंकको ८.७७ प्रतिशत र नेपाल बैंकको ७.९९ प्रतिशत रहेको छ । यी बैंकहरुले यसअघिको आधारदरलाई नै कायम गर्न भएका हुन् ।
अहिले अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । यी बैंकहरुमा प्रिमियम जोड्दा कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी हुन आउँछ ।
बैंकहरुले आधारदरसँगै प्रिमियम पनि बढाएपछि अधिकांश बैंकहरुको ऋणको ब्याजदर १८ प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । ११ प्रतिशत आधारदर र ७ प्रतिशसम्म प्रिमियम लिँदा बैंक्ले कर्जामा १८ प्रतिशतसम्म ब्याज लिने देखिएको हो ।
साढे प्रतिशतको हाराहारीमा रहेको स्प्रेडदर पनि बढेर ४ प्रतिशत पुगिसकेको छ । बैंकहरुले निक्षेपको ब्याजदरलाई भने यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने भएका छन् ।
अहिले बैंकहरुले निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।