logo

कात्तिकमा ब्याज बढाउन नहुने बैंकर्स संघको निष्कर्ष

    876   पटक पढिएको

२७ असोज/अर्थ र व्यापार – नेपाल बैंकर्स संघको कार्य समितिले कात्तिकका लागि निक्षेपको ब्याज बढाउन उचित नहुने निष्कर्ष निकालेको छ । असोजमा ११.०३ प्रतिशत रहेको ब्याज बैंकहरुले बढाएर १२.१३३ प्रतिशत पु¥याएका थिए । यसअघि ६ महिनादेखि स्थिर राखेको ब्याज दर असोजमा बढाएका थिए ।
ब्याज बढाएपछि नेपाल उद्योग वाणिज्य महासंघदेखि नेपाल चेम्बर अफ कमर्ससम्मले बिरोध गरेका थिए । व्यवसायीले चौतर्फी बिरोध गरेपछि अर्थमन्त्री जनार्दन शर्माले ब्याज कसरी घटाउन सकिन्छ भनेर अध्ययन गर्न समिति नै बनाएका थिए ।
समितिले ब्याज घटाउने उपायसहितको प्रतिवेदन बुझाइसकेको छ । चौतर्फी बिरोध भएपछि बैंकर्स संघको बैठकले तत्काल बढाउन नहुने निष्कर्ष निकालेको हो । यद्यपि कसरी अघि बढ्ने भन्ने बारेमा निर्णय भइसकेको छैन । संघले २६ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग ’भर्चुअल’ छलफल गरिरहेको थियो ।
‘पक्कै पनि ब्याज बढाउन हुँदेन भन्ने निष्कर्ष बाँकी बैंकरको पनि हुनुपर्छ’ संघका एक सदस्य बैंकरले भने, ’त्यसैले नबढ्ला तर अन्तिम भने भइसकेको छैन।’
उनका अनुसार ब्याज बढाउन वा घटाउन सबै बैंकर स्वतन्त्र छन् । तर पनि एउटै ब्याज राखेर जाँदा सबैको हित हुने बुझाइ हो । ब्याज दर बढाउँदासमेत निक्षेप वृद्धि नभएकाले बैंकहरुले स्थिर राख्न नै जोड दिएका छन् । निक्षेपको ब्याज बढेपछि लागत बढेर आधार दर बढ्छ ।
आधार दर बढेपछि ऋणको ब्याज पनि उक्लिन्छ। यसले अर्थतन्त्रको लागत उच्च हुन्छ भने पुरानो ऋणीको पैसा तिर्ने क्षमतामा कमी आउँदा खराब ऋणको मात्रा बढेर जान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।