logo

माथिल्लो मोदी ए आयोजनामा एनएमबी बैंक र एचआईडीसीएलले साढे ८ अर्ब लगानी गर्ने

    694   पटक पढिएको

२३ फागुन/अर्थ र व्यापार – नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६१.८ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ ।
यस आयोजना कोरियाको निर्यात–आयात (एक्जिम) बैंकको ऋण लगानीमा बन्ने तयारी भए पनि प्रक्रियागत कारणले ढिलाई हुने भएपछि नेपाली लगानीमा बन्न लागेको हो ।
यस आयोजनामा एनएमबी बैंकको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ऋण लगानी गर्न सहमत भएको विकासकर्ता मोदी जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक सूर्यप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार एनएमबी र एचआईडीसीएल ८ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् । यो आयोजना बनाउन १२ अर्ब ५० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । जसमध्ये ७० प्रतिशत अर्थात् ८ अर्ब ५० करोड ऋण र बाँकी ३० प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइने भएको छ ।
यो वर्ष लगानी जुटाएर आगामी आर्थिक वर्षमा आयोजनाको निर्माण थाल्ने योजना रहेको कम्पनीका प्रबन्ध सञ्चालक पौडेलले बताए । आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्न विद्युत् प्राधिकरणमा निवेदन दिएको उनले जानकारी दिए ।
पीपीए भएपछि बैंकहरुसँग औपचारिक रुपमा ऋण लगानी सम्झौता हुने उनको भनाई छ । प्राधिकरणले नदीको वहावमा आधारित आयोजनासँग पीपीए रोकेको छ । ४२ मेगावाटको माथिल्लो र १९.८ मेगावाटको तल्लो गरी २ वटा आयोजना अघि बढाउन कोरियाको एक्जिम बैंकसँग ऋण लिन प्रक्रिया अघि बढेको थियो । ऋण लिन विद्युत् प्राधिकरणले ऊर्जा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो ।
एक्जिम बैंकले लगानी गर्न चासो देखाएकाले औपचारिक रुपमा ऋण लिने प्रक्रिया अघि बढाएको उनको भनाई छ । यसैगरि,एक्जिमको ऋण सस्तो हुने भएकाले प्रक्रिया अघि बढाएको पौडेलले बताए । आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा निर्माण हुनेछ । दुवै आयोजना बेग्लै प्याकेजमा निर्माण हुने भएका छन् । जसअनुसार आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको जिम्मा प्रतिस्पर्धाबाट छनौट हुने ठेकेदारले पाउने भएको छ ।
४२ मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली उत्पादन गरेर बाहिरिने पानीलाई पुनः सुरुङमा लगेर १९.८ मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको योजना रहेको छ । आयोजनाको प्रारम्भिक सबै काम पूरा भएकाले निर्माणको चरणमा जान लागेको छ । मोदीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । जसमा विद्युत् प्राधिकरणको ६८ प्रतिशत र बाँकी ३२ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना कम्पनीको छ । आयोजनाबाट वार्षिक ३१ करोड ५० लाख युनिट विद्युत् ऊर्जा उत्पादन हुनेछ ।
आयोजना सञ्चालमा आएको ८ वर्षमा ऋण चुक्ता गर्ने बताएको छ । माथिल्लो आयोजनाको सुरुङको लम्बाइ ६ र तल्लोको ४ किलोमिटर हुनेछ । दुवैको विद्युतगृह संरचना सतहमा हुने प्रस्ताव गरिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली २१ किलोमिटर लामो प्रसारण लाइन हुँदै विद्युत् प्राधिकरणले प्रस्ताव गरेको १३२ केभी न्यू मोदी सब–स्टेसनमा जोडिनेछ । माथिल्लो आयोजनाको हेड २८६ र तल्लोको १३५ मिटर रहेको छ ।
आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । यसअघि कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) बनाउने प्रस्ताव गरेको थियो । के वाटरलाई पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेको थियो । के–वाटरपछि हटेपछि प्राधिकरणले सहायक कम्पनी मार्फत अघि बढाएको हो । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।