logo

लघुवित्तले ४४ हजार ऋणीबाट डेढ अर्ब उठाउन बाँकी

    1473   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - सञ्चालनमा रहेका ५० वटा लघुवित्त कम्पनीले ४४ हजार ऋणीबाट व्याज सहित १ अर्ब ६४ करोड रुपैयाँ कर्जा असुल गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको (चालु आवको तेस्रो त्रैमास (गत चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो । कम्पनीहरुको भाका नाघेको कर्जा ९५ करोड २२ लाख रुपैयाँ रहेको छ भने उठाउन बाँकी व्याज ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै भाका नाघेको कर्जा नेपाल ग्रामिण बिकास बैंकमा रहेको छ । कम्पनीको ३५ करोड रुपैयाँ बराबरको कर्जाको भाका नाघेको छ । कम्पनीले २० हजार ८ सय १३ जनाबाट यो कर्जा असुल गर्न बाँकी रहेको हो । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाले १ हजार ४ सय ४४ जनाबाट ८ करोड ७३ लाख, स्वावलम्बन लघुवित्त बिकास बैंकले ३ हजार ३ सय ९४ बाट ५ करोड ९९ लाख उठाउन बाँकी रहेको छ ।

लघुवित्तहरुले १ अर्ब ६७ करोड रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था गरेका छन् । नेपाल ग्रामिण बिकासले सबैभन्दा धेरै ३४ करोड ८९ लाख रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ । कम्पनीहरुले यो अवधिसम्ममा कुल ४ खर्ब ७७ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । लघु व्यवसाय अन्तरगत ३ खर्ब ८७ अर्ब, धितोमा दिइने लघु उद्यम कर्जा ३१ अर्ब ८२ लाख रुपैयाँ र ५७ अर्ब ८५ करोड अन्य कर्जा लगानी गरेका छन् ।

यी कम्पनीबाट चैतसम्ममा १५ लाखले कर्जा पाइरहेका छन् । कर्जा लगानीबाट कम्पनीहरुले २९ अर्ब ४२ करोड रुपैयाँ व्याज आम्दानी गरेका छन् । यी कम्पनीहरुले २२ लाख २८ हजार बचतकर्ताबाट ३१ अर्ब १२ करोड रुपैयाँ बचत संकलन गरेका छन् । अनिवार्य बचतबाट ९ अर्ब ८ करोड संकलन भएको हो । कुल कर्जाको तुलनामा बचत रकम मात्रै ११.६८ प्रतिशत हो ।

कर्जा लगानीको लागि लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकबाट सापटी पाउने गरेका छन् । वाणिज्य बैंकहरुले विपन्न वर्गमा लगानी गर्नैपर्ने ५ प्रतिशतमध्ये २ प्रतिशत बराबर रकम आफैले गर्न पर्ने गरेर राष्ट्र बैंकले हालै यसमा केही कडाई गरेको छ । यसको लागि भने केही अवधि (२०७५ असारसम्म) दिइएको छ । कम्पनीहरु मार्फत् बचत तथा कर्जा लगानीको लागि गठन भएका समूहको संख्या ४ लाख ३३ हजार पुगेको छ । यसरी गठन भएका मध्ये ४ हजार ९ सय २६ समूह भने निष्क्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।