logo

गाडी उत्पादक कम्पनी निसानले सन् २०३० सम्ममा विद्युतीय गाडी मात्रै उत्पादन गर्ने ,ब्याट्री कारखाना पनि आफ्नै

    296   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – जापानी अटोमोबाइल कम्पनी निसानले सन् २०३० सम्ममा सबै विद्युतीय गाडी मात्र उत्पादन गर्ने घोषणा गरेको छ । निसानले सन् २०३० सम्ममा युरोपमा बिक्री हुने आफ्ना सबै सेग्मेन्टका गाडीहरू विद्युतीय हुने प्रतिबद्धता गर्दै त्यतर्फको योजनालाई गति दिने भएको हो।
बेलायतले नयाँ पेट्रोल र डिजेल कारहरूको बिक्रीमा सन् २०३० को प्रतिबन्ध सन् २०३५ सम्म स्थगित गरेपनि निसानले अहिले यस्तो घोषणा आएको हो । कार व्यापार निकाय एसएमएमटीले प्रतिबन्ध स्थगनले उपभोक्ताहरूले विद्युतीय सवारीसाधनमा स्विच गर्न ढिलाई गर्ने चिन्ता व्यक्त गरेको छ ।
निसानले दशकको अन्त्यसम्ममा नयाँ ब्याट्री प्रविधि पनि ल्याउने छ । जसले विद्युतीय सवारी साधन (इभी) को चार्जिङ समय र लागत दुवै झन घटाउने अपेक्षा गरिएको छ। ‘निसानले सन् २०३० सम्ममा युरोपमा विद्युतीय गाडी मात्रै ल्याउने छ । यो हाम्रो व्यवसाय, हाम्रा ग्राहकहरू र ग्रहको लागि सही कुरा हो’ निसानका प्रमुख कार्यकारी माकोटो उचिडाले भने।
बीबीसीसँगको अन्तर्वार्तामा उनले पेट्रोल र डिजेल कारभन्दा महँगो नहोस् भनेर आफ्नो कम्पनीले ग्राहकका लागि विद्युतीय मोडलका इभी गाडीको मूल्य घटाउने लक्ष्य राखेको बताएका छन्।
‘यसका लागि केही समय लाग्न सक्छ, तर, हामी आगामी केही वर्षहरू हेर्दैछौं,’ उनले भने, ‘हामी यसलाई प्रविधिको दृष्टिकोण र आपूर्तिकर्ताहरूसँगको सहकार्यको दृष्टिकोणबाट हेरिरहेका छौं। यस्तै हामीले उपभोक्तालाई त्यस प्रकारको कम मूल्यमा गाडी कसरी प्रदान गर्न सक्छौं भन्ने बारे सरकारसँग काम गरिरहेका छौं।’
निसानका सिईओ उचिडाले आफ्नो कम्पनीले एक फरक प्रकारको ब्याट्री प्रविधिलाई छिटो रुपमा उत्पादन गर्न व्यापक काम गरिरहेको बताए । जसलाई अल–सोलिड–स्टेट ब्याट्रीहरू (एएसएसबी) भनिन्छ, जुन हल्का, सस्तो र छिटो चार्ज हुने छ ।
‘हामी अर्को वर्षदेखि जापानमा एएसएसबीको लागि पाइलट प्लान्ट खोल्न गइरहेका छौं, र हामी यसलाई सन् २०८० सम्ममा ठूलो मात्रामा उत्पादन गर्न सक्ने सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने, ‘यो प्लान्ट लगाउन धेरै चुनौतीहरू पनि छन्, तर हामीसँग त्यसको समाधान पनि छ, र हामी त्यस लक्ष्य पूरा गर्न सक्ने ट्रयाकमा छौं।’

निसान बेलायतमा आफ्नै ब्याट्री उत्पादन क्षमता भएको एक मात्र कार उत्पादक कम्पनी हो। गत वर्ष, कम्पनीले यसको सुन्दरल्याण्ड कार प्लान्टको छेउमा रहेको सुविधा विस्तार गर्न १ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेको थियो । सरकारले आयोजनामा १०० मिलियन पाउण्ड सहयोग गरेको छ । यसले निसानलाई अन्य कार निर्माताहरू भन्दा फाइदा दिन्छ जसले आफ्नो ब्याट्रीको ठूलो हिस्सा चीनबाट आयात गर्छन्।
अर्को वर्ष जनवरीमा लागु हुने ब्रेक्सिटपछिको व्यापारिक नियमहरूले बेलायत वा युरोपियन युनियनमा बनाइएका सवारी साधनहरूले आफ्नो कम्पोनेन्टको ४५ प्रतिशत यूके वा ईयुबाट मूल्यको आधारमा स्रोत जुटाउन आवश्यक छ । ताकि कुनै पनि तरिकाले निर्यात गर्दा १० प्रतिशत ट्यारिफबाट बच्न सक्छन्।
ब्याट्रीहरू विद्युतीय सवारीसाधनको सबैभन्दा महँगो भाग भएकाले बेलायत र ईयु दुवैका केही निर्माताहरूले उनीहरू त्यो थ्रेसहोल्डमा पुग्न असमर्थ हुने बताएका छन्। केही गाडी निर्माताहरुले भने ब्याट्री उत्पादनको लागि प्लान्टहरु तयार नभएसम्म र ब्याट्रीहरू आपूर्ति गर्न सक्षम नभएसम्म स्थगित गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।