logo

विद्युत नियमन आयोगको निर्देशनमाथि कुलमानले उठाए प्रश्न,निर्णय नै कानुनविपरीत भएको दावी

    772   पटक पढिएको



१० भदौ/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगको निर्णयमाथि प्रश्न उठाएको छ । आयोगले गत ६ साउनमा विभिन्न ६ वटा उद्योगको लाइन जोड्न र उद्योगीको उजुरीबारे जवाफ पेस गर्न दिएको निर्देशनको वैधानिकतामाथि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गम्भिर प्रश्न उठाएका हुन्।
आयोगले उद्योगको लाइन काटिनु विद्युत उपभोक्ता हित संरक्षण निर्देशिका–२०८० को नियम १३ को उपनियम १० विपरीत भएको भन्दै तत्काल जोड्न निर्देशन दिए अनुसार प्राधिकरणले गत ८ साउनमा ६ वटा उद्योगको लाइन जोडिदिएको थियो । तर, घिसिङले उद्योगीहरुले प्राधिकरणमा नै उजुरी नगरेको अवस्थामा आफैं आयोगले उजुरी बुझेर निर्णय लिनु निर्देशिका विपरीत भएको जवाफ पठाएका छन्।
निर्देशिकामा प्राधिकरणले काटेको बिल चित्त नबुझे सम्बन्धित वितरण केन्द्र, त्यसपछि प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयमा उजुरी गर्ने व्यवस्था छ । प्राधिकरणका तीनै तहको निर्णय न्यायोचित नभएको अवस्थामा मात्र विद्युत उपभोक्ताले आयोगमा उजुरी दिन सक्ने व्यवस्था छ । गुनासो समाधानको प्रक्रियाबारे निर्देशिकाको नियम १३ को उपनियम १ देखि १० सम्म स्पष्ट उल्लेख छ।
तर, २५ देखि २७ असारसम्म लाइन काटिएका रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टील, जगदम्बा सिन्थेटिक, हुलास स्टील, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले आफ्ना कुनै कार्यालयमा पनि उजुरी नगरेको घिसिङले जवाफमा उल्लेख गरेका छन्।
६ वटा उद्योगले गत ४ साउनमा आफ्नो छाप प्रयोग गरी संयुक्तरुपमा आयोगमा उजुरी दिएका थिए। आयोगले उद्योगको उजुरीबारे आफूसँग सोधीखोजी नै नगरी निर्णय लिएकामा पनि प्राधिकरणले प्रश्न उठाएको छ।
‘प्राधिकरण समक्ष कुनै कुनासो नगरी एकाएक तहाँ उजुरी गर्न नसकिनेमा गम्भीर कार्यविधि त्रुटि भएको निवेदनमा प्राकृतिक न्यायको न्यूनतम प्रक्रिया पूरा नगरी निर्णय भएको देखिन्छ,’ घिसिङले आयोगलाई पठाएको जवाफमा भनेका छन्, ‘निवेदनमा उठाइएको विषयवस्तुमा मागिएको कागज प्रमाणबारे अध्ययन नै नगरी, सरोकारवालासँग बुझ्दै नबुझी र सुनुवाईको मौका नै नदिइ गरेको निर्णय कानुन सम्मत देखिंदैन।’

ऊर्जामन्त्री र उद्योगीसँग छलफल गरेर गत ४ साउनमा उद्योगको लाइन तत्काल जोड्न घिसिङलाई आफूले दिएको मौखिक निर्देशन कार्यान्वयन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ६ साउनमा आयोगलाई लिखित निर्देशन दिन लगाएका थिए । त्यसपछि प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गराएर तीन महिनाभित्र बक्यौता बुझाउने सर्तमा ८ साउनमा लाइन जोडिदिएको थियो।
आयोगकी सचिव मनदेवी श्रेष्ठले प्राधिकरणबाट पत्र आएको बताइन्। ‘हामीले निर्देशिकामा भएको व्यवस्था अनुसार नै दुई बुँदे निर्देशन दिएका हौं। उताबाट जवाफ आएको छ । तर, प्राधिकरणको जवाफमाथि आयोगमा अहिलेसम्म छलफल भएको छैन,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।