logo

सुनकोशी मरिन डाइभर्सनको सुरुङमार्ग ब्रेकथ्रु, संचालनमा आउन अझै एकवर्ष लाग्ने

    677   पटक पढिएको


२६ वैशाख/अर्थ र व्यापार – सुनकोशी मरिन डाइभर्सनको सुरुङको ब्रेकथ्रू गरिएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङमार्गको ब्रेकथ्रु गरेका हुन्। सुरुङमार्ग निर्माण सुरु भएको १९ महिनामा नै ब्रेकथ्रु भएको हो।
सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुरुङमार्ग बाहेकका अन्य कामको निर्माण सकाउन पनि तीव्र रुपमा लाग्न निर्देशन दिएका थिए।
‘ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासका कार्य पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले कार्ययोजना एवं खरिद गुरूयोजनामा उल्लेख भए अनुसारसम्पूर्ण कार्यहरु निर्धारित समयभित्रै पूरा गर्नुपर्ने बताएका थिए। उनले हिउँदमा सिचाइँको लागि पानी पु¥याउन सो डाइभर्सनले ठूलो सहयोग पुग्नेमा आफू आशावादी रहेको बताएका थिए।
यो सुरुङमार्गको २०७९ सालको २८ असोजदेखि निर्माण सुरु गरिएको थियो । सम्झौता अनुसार आगामी साउन अन्तिममा निर्माणको काम सम्पन्न गर्नुपर्ने म्याद थियो। आयोजनाको सुरुङ खन्ने काम टनेल बोरिङ मेसिन (टीबीएम) बाट गरिएको भएर समयभन्दा अगामै सुरु खन्ने काम सकिएको आयोजना प्रमुख मित्र बरालले बताए।
‘मेसिनले खनेको भएर म्याद भन्दा अगाडि नै सुरुङ खन्ने काम सम्पन्न भएको हो,’ उनले भने, ‘त्यसमा पनि निर्माणको क्रममा बीचबीचमा चट्टान तथा सुख्खा पहिरोले ४÷५ पटक काम रोकिएको थियो। त्यसले पनि अझै केही ढिला भएको हो।’
बरालका अनुसार अहिले ‘ब्रेकथ्रु’ गर्ने काम भए पनि अझै सुरुङको फिनिसिङ गर्न लगभग एक वर्ष जतिको समय लाग्नेछ। भेन्टीलेटर, लाइट, कंक्रिट लाइनिङ जस्ता काम अझै बाँकी नै रहेको उनले बताए।
चार वर्षभित्रमा मधेश प्रदेशका ८ जिल्लामध्ये ५ जिल्लामा बाह्रै महिना सिँचाइको सुविधा पु¥याउने र ३१.७ मेगावाट बिजुलीसमेत उत्पादन गर्नेगरि ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’को काम भइरहेको छ। पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६ हजार ६ सय हेक्टर र ४५ हजार ४ सय हेक्टर गरि जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ।
चिनियाँ कम्पनी चाइना ओभरसिजसँग सुरुङमार्ग निर्माण गर्न ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यो आयोजनामा कूल १३.३ किलोमिटर लामो सुरुङ रहेको छ।
बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ। बाँध र विद्युत गृह निर्मामा केही ढलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने आयोजनाले जनाएको छ। २०८४ सालको असोजसम्ममा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख बरालले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।