logo

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन भारतीय व्यवसायीसँग इप्पानको आग्रह

    187   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन भारतीय व्यवसायीसँग आग्रह गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको बताए ।
बुधबार नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको ‘द पावर समिट २०२४’ मा अध्यक्ष कार्कीले ऊर्जामा ठुल्ठूला आयोजना अघि बढेकाले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो अवसर आएको बताए ।
‘नेपालमा सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्यसहित मार्गचित्र तयार भइसकेको छ, यसले भारतीय लगानीकर्तालाई लगानीका लागि ठूलो अवसर निर्माण भएको छ,’ कार्कीले भने, ‘ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेसिन र उपकरण समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ ।’
नेपालले उत्पादन गर्ने सो परिमाणको विद्युतमध्ये १५ हजार मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने उद्देश्य राखेको र भर्खरै नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् खरिद–बिक्रीको दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएकाले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने कार्कीको भनाइ छ ।
नेपालमा अहिले करिब ३ हजार मेगावाट विद्युत् उत्पादन हुँदा २ हजार ३ सय मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको, ३ हजार ३ सय मेगावाट निर्माणाधीन, ३ हजार ६ सय मेगावाटका आयोजना वित्तीय व्यवस्थापन पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा छन् ।
सबै गरी ३० हजार मेगावाट विद्युत् आयोजना विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने ‘रेडी टु गो’ आयोजना संख्या समेत धेरै रहेकाले भारतीय लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे ।
ऊर्जा उत्पादकहरूको छाता संस्थाको हैसियतमा इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई पनि सहजीकरण र सहयोग गर्ने पनि उनले बताए ।
अहिले नेपाल र भारतबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौता अन्तर्गत १ हजार मेगावाटसम्म विद्युत् आदान प्रदान भइरहेको स्मरण गराउँदै इप्पान अध्यक्ष कार्कीले निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्नुका साथै विद्युत व्यापारमा पनि सहभागिताका लागि अघि बढेको बताए ।
उनले भारतसँगको विद्युत् आदान प्रदानका लागि नेपालमा पाँच कम्पनी स्थापना भइसकेको र अनुमतिपत्र कुरिरहेको जानकारी दिए । इप्पान अध्यक्ष कार्कीले आगामी १२, १३ र १४ वैशाखमा इप्पानले ‘हिमालयन हाइड्रो एक्स्पो’ आयोजना गर्ने जानकारी दिए । यसमा सहभागी हुन लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्ता लगायतलाई उनले आग्रह गरे ।
भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपालमा ऊर्जामा लगानी गर्न उपयुक्त वातावरण रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
‘अहिले नेपालमा ऊर्जामा लगानी गर्न उपयुक्त वातावरण बनेको छ, लगानी सम्मेलन लक्षित विभिन्न कानुन समेत संशोधन हुन लागेका छन्, अझ सहज वातावरण बन्दै छ,’ उनले भने, ‘नेपालमा धेरै लगानीयोग्य आयोजना छन्, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’
समिटमा भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भइरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए ।
अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालमा ऊर्जामा लगानीको ठूलो सम्भावना देखेको बताउँदै लगानीको लागि आफूहरू इच्छुक रहेको बताए । लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे ।
केयर रेटिङ लिमिटेडका वरिष्ठ निर्देशक सव्यासची मजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्वपूर्ण हुने बताए । समिटमा नेपाल र भारतका ऊर्जा सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १ सय ५० भन्दा बढी प्रतिनीधि सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।