logo

१० हजार मेगावाट विद्युत भारत लैजाने सम्झौताको इप्पानले गर्यो स्वागत

    1004   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार – १० वर्षमा १० हजार मेगावाट विद्युत भारत लैजाने गरी नेपाल–भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले स्वागत गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर नेपाल–भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता ऐतिहासिक निर्णय भन्दै स्वागत गरेको हो। नेपाल र भारतबीच पुस १९ गते दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो।
इप्पानका अध्यक्ष गणेश कार्कीले ऐतिहासिक निर्णय सफल पार्न थुप्रै चुनौती रहेको बताए। ‘हिजोका दिन धेरै बिजुली गइरहेको छ । आगामी वर्ष ४००० मेगावाट उत्पादन हुँदैछ । त्यसको बजार कहाँ होला भनेर चिन्तित थियौं। बैंकहरु पनि चिन्तित थिए। कसरी जलविद्युत कम्पनीले ऋण तिर्छ भनेर’ कार्कीले भने, ’आगामी वर्षदेखि २००० मेगावाट खरिद गर्ने सुखद समाचार छ।‘
विद्युत विधेयक संसदमा दर्ता भएको छ। पूर्वाधार समितिमा छलफल भइरहेको जानकारी गराउँदै उनले संशोधनसहित निजी क्षेत्र र लगानी मैत्री हिसाबले पास गर्नुपर्ने बताए । अहिले रात÷दिन नभनी २४ सै घण्टा काम गर्नुपर्छ। भारतले किन्छु भन्यो तर समस्या धेरै छन्। वनका समस्या छन्। जग्गाको समस्या पनि उत्तिकै रहेको बताउँदै कार्कीले भने,’ १३ वटा मन्त्रालय र धेरै विभाग छन्। १३ वटा मन्त्रालयमा जाने व्यवस्था हटाएर ऊर्जा मन्त्रालयबाट सबै समाधान हुने गरी टेबुल स्थापना गर्नुपर्छ।‘
अहिले भारतको अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको दछ। यसमा निजी क्षेत्रको योगदान ठूलो छ। ’१० वर्षमा १० हजार मेगावाटको विद्युत निर्यातमा पनि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुनेछ।यति ठूलो परिमाणको बिजुली निर्यात गर्नका लागि निजी क्षेत्रको संलग्नताविना असम्भव रहेको इप्पानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इप्पानका अध्यक्ष कार्कीले १० हजार मेगावाट बिजुली नेपाली लगानीमा नै बनाउन सकिने बताए। ‘अहिले नेपालीले केहीमा लगानी गर्नुप¥यो भने घर जग्गा किन्छ। विदेशमा रहेका नेपालीले पनि घर जग्गामा लगानी गरेका छन्। उनीहरुलाई डाइभर्ट गरेर हाइड्रोपावरमा ल्याउन सकिन्छ,’ उनले भने, ‘राम्रो प्रतिफल देखे सबैले लगानी गर्छन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।