logo

उर्जा निर्यातमा नेपालको फड्को,१० वर्षमा १० हजार मेगावाट बिजुली लैजान भारतसँग भयो दीर्घकालीन विद्युत व्यापार सम्झौता

    611   पटक पढिएको


१९ पुस/अर्थ र व्यापार – नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (पीटीए) भएको छ । बिहीबार सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा विद्युत् व्यापार सम्झौता भएको हो।
सम्झौतामा नेपालतर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारततर्फबाट ऊर्जा सचिव पंकज अग्रवाले हस्ताक्षर गरेका छन्। ‘मन्त्रालयमा दीर्घकालीन विद्युत व्यापारको सम्झौता भएको छ। उहाँहरु सम्झौता गरेर निस्किसक्नु भयो। सम्झौता होटल याक एण्ड यतिबाट एकैपटक सार्वजनिक गर्ने कार्यक्रम छ’ मन्त्रालयका एक अधिकारीले भने।
ऊर्जा सचिव सिग्देलले विद्युत व्यापारमा ‘ब्रेक थ्रु’ भएको बताए । उनका अनुसार अब नेपाली बिजुलीले भारतीय मार्केट सहजै पाउनेछ। नेपाल र भारतका प्रधानमन्त्रीले घोषणा गरेको ७ महिनापछि सम्झौतामा हस्ताक्षर भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को जेठ तेस्रो साता भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा गर्ने सहमति भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका थिए। प्रारम्भिक सहमति कार्यान्वयनका लागि द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको हो।
अहिले नेपालले भारतको प्रतिस्पर्धी बजारको डे–अहेड मार्केटमा करिब ६०० मेगावाटसम्म निर्यातका लागि अनुमति पाएको छ भने ११० मेगावाट विद्युत् ५ वर्षका लागि किनिदिनेगरि मध्यकालीनमा पीपीएमा सहमति भएको छ। बर्खामा हरियाणामा बिक्री गर्नेगरि मध्यकालीन पीपीएमा पहिलोपटक भारत सहमत भएको हो।
दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) भए प्राधिकरणले प्रतिस्पर्धा गरेर डे–अहेड मार्केटमा बेचिरहनुपर्दैन। २५ वर्षसम्मको लागि एकैपटक सम्झौता हुनेछ।
ऊर्जा मन्त्रालयका अनुसार आगामी १० वर्षमा नेपालसँग १३ हजार ५३१ मेगावाट विद्युत् सरप्लस हुनेछ। सो बिजुलीको करिब ७५ प्रतिशत अर्थात् करिब १० हजार मेगावाट निर्यात गर्न लागिएको हो। त्यसका लागि आयोजनाको नाम समेत तयार पारिएको छ ।
कुन प्रसारणलाइनबाट कसरी लैजाने भन्ने योजनाको खाका समेत तयार रहेको दाबी गरिएको छ । १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने योजनामा दुईवटा भारतीय आयोजना समावेश छ। सबै भारतका लगानीका आयोजना भनिए पनि ९०० मेगावाटको अपर कर्णाली र ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समावेश छन् ।
अरुण तेस्रो जलविद्युत आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ भने अप्पर कर्णाली भारतीय कम्पनी सतलज र जीएमआरले निर्माण गर्न लागेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।