logo

खाना पकाउने ग्याँसको आयात घट्यो, इन्डक्सनको बढ्यो

    219   पटक पढिएको


९ चैत/अर्थ र व्यापार – हाल नेपालमा खाना पकाउने ग्याँसको आयात विस्तारै घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँसको आयातमा गिरावट देखिएको हो ।
पछिल्लो समय बिजुली प्रयोगमा उपभोक्ताहरु अभ्यस्त हुँदै जाँदा ग्याँसको प्रयोग घट्न थालेको हुनसक्ने निगमको अनुमान छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को वितेका ८ महिनाको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा १ करोड ९२ लाख केजीले खाना पकाउने ग्याँसको आयात घटेको देखिएको छ । जसलाई सिलिण्डरमा हिसाब गर्दा करिब १३ लाख ५२ हजार ११२ गोटा सिलिण्डर हुन आउँछ ।
भन्सार विभागका अनुसार चालु आवको फागुनसम्म ३८ अर्ब ७२ करोड रुपैयाँको ३४ करोड ८ लाख ५६ हजार केजी खाना पकाउने ग्याँस आयात भएको छ । गत वर्ष समीक्षा अवधिमा ४० अर्ब ६४ करोड रुपैयाँको ३६ करोड ३४ हजार किलो ग्याँस आयात भएको थियो । यस वर्ष गत वर्षको तुलनामा एकअर्ब ९१ करोड ५३ लाख रुपैयाँले ग्याँसको आयातमा गिरावट आएको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारि दिए अनुसार ग्याँसको आयात करिब ६ प्रतिशतले घटेको छ । सम्भवतः शहरमा धेरै मात्रामा खपत हुने ग्याँसलाई विद्युतीय चुल्होले विस्थापित गरेको हुनसक्ने उनले बताए । ‘यसबारे अध्ययन गर्नुपर्ने देखिन्छ, सम्भवतः पहिलो पटक ग्याँसको आयात कम भएको हो,’ प्रवक्ता उपाध्ययले भने, ‘विद्युतीय चुल्होको प्रयोगमा मानिसहरु अभ्यस्त भएको पनि हुनुपर्छ ।’
आयल निगमका अनुसार देशभर १ करोड २१ लाख ग्याँसको सिलिण्डर छन् । दैनिक एक सिलिण्डर सरदर ग्याँस बिक्री भइरहेका छन् । तर, कोभिड–१९ महामारीमा समेत नघटेको ग्याँसको आयात यसपाली घट्नु चाहिँ अचम्म भएको निगमका अधिकारीहरु बताउँछन् ।

ग्याँस बिक्रेता व्यवसायीहरु पनि शहरमा ग्याँसको खपत वृद्धिमा रोक लागेको बताउँछन् । पहिलेको तुलनामा शहरमा ग्याँसको खपत वृद्धिमा कमी भएको नेपाल ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।
तर, तराई र पहाडी क्षेत्रमा बढेको ग्याँसको खपत र फैलावटका कारण समग्र आयात नै खस्किएको हुनसक्नेतर्फ भने उनले आशंका व्यक्त गरे ।
‘गत जनवरी महिनामा मात्रै नेपालमा ४७ हजार २५० मेट्रिकटन ग्याँस आयात भएको छ, यो निकै ठूलो परिमाण हो,’ भण्डारीले भने, ‘नेपालको शहरी क्षेत्रको भन्दा गाउँ र तराईमा ग्यासमा फैलावट उच्च छ, त्यसकारण पनि आयातै घट्यो भनिहाल्न कठिन छ ।’
ग्याँसको आयात घट्नु र इन्डक्सनको आयात बढ्नुले कतै न कतै नेपालीहरु बिद्युतीय चुल्होमा अभ्यस्त हुन खोजेको संकेत मिल्छ । चालु आर्थिक वर्षको वितेका ८ महिनामा नेपालले गतवर्ष भन्दा एकलाख ४ हजार ९१२ थान बढी इन्डक्सन हिटर तथा इन्फ्रारेड चुल्हा खरिद गरेको छ ।
चालु आवको समीक्षा अवधिमा ३२ करोड ५९ लाख ९ हजार रुपैयाँको एक लाख ६२ हजार २३५ थान इन्डक्सन र इन्फ्ररेड चुल्हो नेपाल भित्रिएको छ । गत वर्ष यही अवधिमा ११ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको ७५ हजार ३२३ थान यस्ता विद्युतीय चुल्हो नेपाल भित्रिएको थियो । यसले अब विस्तारै नेपालमा सर्वसाधारण उपभोक्ताबीच विद्युतीय चुल्होको बजार बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।