logo

विद्युत उत्पादनमा फड्को , फागुन भित्र थपिँदै ४ सय १५ मेगावाटका २३ आयोजना

    983   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – सुख्या याममा विद्युत् उत्पादन कम हुने अवस्था सन्निकट हुँदै गर्दा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा अबको चार महिनामा थप ४ सय १५ मेगावाटका आयोजनाको विद्युत् जोडिने भएको छ ।
देशभित्र खपत भएर धेरै भएको विद्युत् भारत निर्यात गरिरहेको प्राधिकरणले पुसपछि भारतबाट आयात गर्नुपर्ने हुन्छ । तर, आयात गर्नुपर्ने यही समयमै देशभित्र बनिरहेका आयोजनाले व्यवसायिक उत्पादन थाल्ने भएपछि प्राधिकरणले भारतबाट बिद्युत् आयातको परिमाण घटाउन पाउने छ ।
प्राधिकरणका अनुसार मंसिर महिनामा मात्रै ४ आयोजनाबाट ६७ मेगावाट विद्युत् थप हुँदै छ । यी मध्ये लमजुङमा रहेको २५ मेगावाटको अपर दोर्दी ए आयोजनाले परिक्षण उत्पादन पनि थालिसकेको छ । यसबाहेक बागलुङको कालँगा (१५मेवा),पर्वतको मध्यमोदी (१८मेवा) र सोलुखुम्बुको मध्य सोलुखोला (९मेवा)ले यही महिना विद्युत् उत्पादन थाल्दैछन् ।
पुसमा १० मेगावाटको मार्किगाड, ४.७२ मेगावाटको अपर पिलुवा ४.५५ मेगावाटको अपर माछाखोलाले व्यवसायिक उत्पादन थाल्ने तयारीमा छन् ।
माघमा एकैपटक २४४ मेगावाट क्षमताका विद्युत् आयोजनाले व्यवसायिक विद्युत् उत्पादन गर्ने योजना विद्युत् विकास विभागमा पेश गरेका छन् ।
यस योजना अनुसार ८६ मेगावाटको सोलुखोला(दुधकोशी), ५४ मेगावाटको सुपरदोर्दी र ४४ मेगावाटको सुपर मादी ३८ मेगावाटको अपर कलंगागाडलगायतका ९ वटा जलविद्युत् आयोजना पनि माघमै विद्युत् उत्पादन थाल्ने योजनामा छन् ।
फागुन महिनाभरमा नेपालमा विद्युत्को जडित क्षमता ८४.३ मेगावाट थप हुने छ । थपिने आयोजनामा ३३.४ मेगावाटको लिखु–२ १० मेगावाटको तल्लो पिलुवा, १४ मेगावाटको मायाखोला १८ मेगावाटको अपर सोलुखोलालगायत ७ वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा कात्तिक मसान्तसम्म १२७ मेगावाटका १० वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् । यी मध्ये तीन आयोजना भने परिक्षण उत्पादनको चरणमा छन् ।
आगामी फागुनसम्ममा चालु आर्थिक वर्षमा नेपालमा ५४३.४ मेगावाटका विद्युत् आयोजना थप हुँदा नेपाल विद्युत् प्राधिकरणलाई सुख्खा यामको लोड व्यवस्थापनमा केहि सहज हुने छ ।
प्रणालीमा ५४३ मेगावाट जोडिए पनि सवै जलप्रवही(आरओआर) भएकाले सुुख्खा याममा भने यी आयोजनाले आधा भन्दा कममात्रै विद्युत् उत्पादन गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।