logo

जलविद्युत्मा निजी क्षेत्रको लगानी बढ्यो

भारत र बंगलादेशमा बिजुली व्यापारको बाटो खुलेसँगै तिनमहिनामै साढे ५७ अर्बको प्रतिबद्धता

    663   पटक पढिएको

३ कात्तिक/अर्थ र व्यापार– सरकारले भारत र बंगलादेशमा विद्युत व्यापारको बाटो खुला गरेसँगै जलविद्युत्मा निजी क्षेत्र लगानीकर्ताको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा आधा खर्ब रुपैयाँभन्दा बढी रकमको लगानी प्रस्ताव आएको देखाउँछ ।
सरकारले भारतीय बजार र बंगलादेशमा बिजुली बिक्रीको बाटो खुलेसँगै साना र ठूला लगानी गरी चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा देशभर १८ आयोजनाको प्रतिबद्धता आएको छ । सो आयोजनका लागि निजी क्षेत्रबाट ५७ अर्ब ६२ करोड ४२ लाख ८५ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।
तीन महिनाको अवधिमा १८ वटा कम्पनीबाट करिब ३०० मेगावाट क्षमतामा विद्युत उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार तीन महिनामा २९३.३७ मेगावाट क्षमतामा आयोजना निर्माण हुनेछ । सो अवधिमा सबैभन्दा ठूलो आयोजनाको रुपमा तामाकोशी जलविद्युत कम्पनीले लगानी गर्ने छ ।
कम्पनीले करिब साढे १६ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ । विभागका अनुसार सुम्निमा हाइड्रोपावर कम्पनी प्रालिले (पिखुवा पशुपति जलविद्युत् आयोजना) भोजपुर जिल्लाको टेक्मेमैयुम गाउँपालिका तथा भोजपुर नगरपालिकामा ४.१० मेगावाट बिजुली उत्पादन गर्नेगरी कम्पनी दर्ता गरेको छ ।
सो आयोजनाका लागि निजी क्षेत्रका लगानीकर्ताले ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ । यसैगरि, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड (तामाकोशी पाचौँ जलविद्युत् आयोजना) ले दोलखा जिल्लाको बिगु गाउँपालिकामा ९९.८ मेगावाटको बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले सो जलविद्युत् उत्पादनका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ । कार्बोनलेस इनर्जी फण्ड प्रालिले मनाङ जिल्लाको नासो गाउँपालिकामा ३०.४० मेगावाट क्षमताको जलविद्युत् निर्माण गर्ने भएको छ ।
कम्पनीले सो आयोजनाका लागि ५ अर्ब ९६ करोड ७२ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (बुदुम खोला जलविद्युत् आयोजना) ले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा १४.५ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने गर्ने भएको छ ।
कम्पनीले सो आयोजनाका लागि २ अर्ब ५३ करोड २६ लाख १९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । त्यसैगरी, एस.के.इनर्जी डेभलपमेन्ट कम्पनी भोजपुरको षडानन्द नगरपालिकामा ७.२५ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने भएको छ । जसमा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । ओमेगा इनर्जी डेभलपर कम्पनी (माथिल्लो सुनीगाड जलविद्युत् आयोजना) बझाङ जिल्लामा ३ अर्ब ३ करोड २७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । सो आयोजनबाट १४ मेगावाट क्षमताको बिजुली उत्पादन हुनेछ ।
त्यस्तै, ट्रष्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिक्काखोला गाउँपालिकामा ३० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सो बिजुली उत्पादनका लागि ५ अर्ब ३८ करोड लगानी प्रतिबद्धता गरेको छ ।
नुम्बुर दुधकुण्ड हाइड्रोपावर प्रालिले मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा २ अर्ब १६ करोड रुपैयाँ २ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले ९.४८ मेगावाट क्षमताको आयोजना निर्माण हुने भएको छ ।
यारु हाईड्रोपावर प्रालिले गोर्खा जिल्ला धार्चे गाउँपालिकामा ३०.५९ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सो आयोजनाका लागि ५ अर्ब ८१ करोड ४ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।
हलेसी हाइड्रोपावर प्रालिले खोटाङ जिल्लाको इसेलुखर्कमा ५.४ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने भएको छ । विभागअनुसार कम्पनीले ५.४ मेगावाट क्षमताको बिजुली उत्पादनका लागि १ अर्ब ७ करोड ३८ लाख ९० हजार रुपैयाँ लगानी प्रस्ताव गरेको छ ।
गोर्खाज हिमालयनले हाइड्रो प्रालिले पनि सोलुखुम्बुको सोलु दुधकुण्डमा ८३ करोड ३७ लाख रुपैयाँ लगानीमा ४.७ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ ।
यसैगरी, शिखर पावर डेभलपमेन्ट (लोवर भिमखोला क्यास्केड जलविद्युत् प्राजेक्ट) ले बाग्लुङको बडिगाडमा ६.०५ मेगावट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । सो कम्पनीले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ लगानी गर्नेछ ।
एलायन्स इनर्जी सोलुसन्सले मनाङको नासो गाउँपालिकामा ४.८० मेगावाट क्षमताको आयोजनामा ८८ करोड २४ लाख ४० हजार रुपैयाँ लगानी गर्ने भएको छ । यसैगरि, डाइनमिक पावर कम्पनीले मकवानपुरको कैलाश र राक्सिङ गाउँपालिकामा ४.५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने भएको छ ।
कम्पनीले ८४ करोड ३४ लाख ५४ हजार लगानी प्रतिबद्धता जनाएको छ । मेवा डेभलपर्स लिमिटेड (सिवाखोला जलविद्युत आयोजना) ले ताप्लेजुङको मिक्काखोला गाउँपालिकामा ९.३० मेगावाट क्षमताको आयोजना ल्याउने भएको छ । कम्म्पनीले सो क्षमताको बिजुली उत्पादनका लागि २ अर्ब ७ करोड ४५ लाख रुपैयाँ लगानी गर्नेछ ।
त्यसैगरी, सिल्क पावर प्रालिले पनि सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा २४.८८ मेगावाट क्षमताको आयोजनाका लागि ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
ललितपुरको गाउँपालिकामा बाग्मती वाटर इनर्जी प्रालिले ६.५ मेगावाट क्षमताको आयोजान निर्माण गर्ने भएको छ । कम्पनीले १ अर्ब ३५ करोड ७५ लाख ५५ हजार रुपैयाँ लगानीको प्रतिबद्धता गरेको छ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड (मिस्ट्री खोला–२ क्यास्केड जलविद्युत् आयोजना)ले म्याग्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सो आयोजनाको लागि १ अर्ब ६१ करोड २१ लाख २३ हजार रुपैयाँ लगानी गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।