logo

पीपीए नभएकाले अलपत्र परे अनुमानित २५ अर्बको ‘रेमिट हाइड्रो’ , वैदेशिक रोजगारीमा रहेकालाई बाँडिएको लगानीको सपनामा कुठाराघात

    973   पटक पढिएको

२ कात्तिक/अर्थ र व्यापार – वैदेशिक रोजगारीमा रहेका नेपालीको लगानीमा बनाउने भनिएका जलविद्युत् आयोजना अलपत्र परेका छन् । विद्युत् खरिद सम्झौता (पीपीए) गर्न ढिलाइ हुँदा २ वटा ‘रेमिट हाइड्रो’ आयोजनाको भविष्य नै अनिश्चित भएको छ ।
सरकारले ताप्लेजुङको घुन्साखोला र सिम्बुवाखोलामा रेमिट्यान्स लगानी गरी जलविद्युत् उत्पादन गर्ने योजना अघि बढाएको छ । जसका लागि जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले जिम्मा पाएको छ ।
विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित परियोजनाहरुको विद्युत् खरिद सम्झौता (पीपीए) नगर्दा परियोजना अघि बढाउन ढिलाइ भएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले जानकारि दिए ।
उनका अनुसार दुवै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार छ । परियोजना अघि बढाउन पीपीए कुरिरहेको भन्दै उनले भने,‘पीपीए हुनासाथ ठेक्का आह्वान गर्न सक्ने अवस्थामा छौं ।’
घुन्साको ७१.५ मेगावाट र सिम्बुवाको ५३.७ मेगावाट जडित क्षमता छ । एचआईडीसीएलले यी आयोजना बनाउन दुईवटा कम्पनी स्थापना गरेको छ । घुन्साखोलालाई अघि बढाउन रेमिट हाइड्रो लिमिटेड र सिम्बुवाखोला आयोजनाका लागि सिम्बुवा रेमिट हाइड्रो लिमिटेड स्थापना भएर पूर्व तयारीको काम अघि बढेको छ ।
लाइसेन्स पाएको ६ वर्षसम्म आयोजनाहरु अध्ययनमै सीमित छन् । आयोजनाहरुको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन पनि तयार भइसकेको उनले बताए ।
डीपीआर तयार भएपछि परियोजना निर्माण गर्न ठेक्का लगाउने तयारी हुन्छ । त्यसअघि निर्माण कम्पनीले कम्पनीले पहिलो वित्तीय स्रोत सुनिश्चित (फाइनान्सियल क्लोजर) गर्नुपर्ने हुन्छ ।
एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच घुन्साखोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने उल्लेख छ ।
घुन्साखोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने अनुमान छ । नदी प्रवाहमा आधारित परियोजनाका लागि सरकारले तोकेको कोटा सकिएपछि प्राधिकरणले करिब ३ वर्षदेखि पीपीए रोकेको छ ।
सरकारले हालसालै १५ सय मेगावाट कोटा नदी प्रवाहमा आधारित परियोजनाका लागि थपेको छ । सीईओ गौतमका अनुसार पीपीए भएको एक वर्षभित्र दुवै आयोजना निर्माण नै सुरु गर्न सकिन्छ । दुवै आयोजनामा सरकारी स्वामित्वको जलविद्युत् विकास कम्पनीको ५१ प्रतिशत सेयर लगानी रहनेछ ।
त्यसपछि विदेशमा कार्यरत नेपालीहरुका लागि निश्चित प्रतिशत सेयरको ग्यारेन्टी गर्ने सरकारको योजना छ । विदेशमा कमाएको रकम प्रतिफल आउने आयोजनामा लगानी गर्न नपाएका नेपालीका लागि यो निकै राम्रो अवसर बन्ने सम्भावना छ । आयोजनामा करिब ४९ प्रतिशत लगानीका लागि आईपीओ अर्थात् साधारण शेयर जारी गर्ने कम्पनीको योजना छ । जसमा विदेशमा कार्यरत नेपाली कामदारले प्राथमिकता पाउनेछन् ।
ताप्लेजुङका स्थानीय र सर्वसाधारणलाई पनि सेयर लगानी गर्न दिने योजना छ ।

नेपालमा वैधानिक च्यानलबाट वार्षिक करिब १० खर्ब रेमिट्यान्स भित्रिन्छ । जसमध्ये झण्डै ८२ प्रतिशत रकम उपभोगमा सकिने यसअघि गरिएका विभिन्न अध्ययनहरुमा देखिएको छ ।
‘विदेशमा रहेका नेपालीको आम्दानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अवसर दिनेगरी यी आयोजना अघि बढाउन खोजेका हौं’ सीईओ गौतमले भने, ‘त्यसबारे रेमिट्यान्स भित्र्याउने कम्पनीहरुसँग छलफल गर्दा लगानी ल्याउन असहज नहुने अवस्था पाएका छौं ।’
सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेटमै विदेशमा रहेका नेपाली कामदारको लगानीमा ‘रेमिट हाइड्रो’ बनाउने उद्घोष गरेको थियो । यी आयोजना निर्माणका लागि २५ अर्ब रुपैयाँ भन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।