logo

माथिल्लो दोर्दी ‘ए’ को परीक्षण उत्पादन सुरु

    1260   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार – माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन बिहिबारदेखि सुरु गरेको छ । लिबर्टी इनर्जी कम्पनीले लमजुङमा निर्माण पूरा गरेको २५ मेगावाटको आयोजनाबाट परिक्षणका लागि विद्युत उत्पादन सुरु गरेको हो ।
रन अफ द रिभरमा आधारित सो आयोजनाले २०७१ मा विद्युत उत्पादन अनुमति पाएको थियो । आयोजनाबाट २०७६ साल चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेतापनि समयमा प्रसारण लाइन निर्माण नहुँदा, विश्वव्यापी रूपमा फैलिएको कोरोना माहामारी तथा बाढी–पहिरोका कारण उत्पादन तालिका धकेलिँदै आएको थियो ।
विभिन्न प्राकृतिक प्रकोपका समस्याहरू झेल्दै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बताए । योजना अनुसार परीक्षण उत्पादन सफल भएमा कातिकदेखि नै व्यावसायिकरूपमा बिजुली उत्पान सुरु आयोजनाले जनाएको छ ।
लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा निर्मित आयोजना पूरा गर्न सुरुमा ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । विभिन्न समस्याहरू समाधान गर्दै आउनु परेका कारण हाल लागत करिब ५ अर्ब रुपैयाँ पुगेको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ९६ युनिट विद्युत उत्पादन हुने छ । विद्युत उत्पाद सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी प्रक्षेपण गरिएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।
आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । दोर्दी कोरीडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् ।
२७ मेगावाटको दोर्दी खोलाबाट भने यसअघि नै उत्पादन सुरु भइसकेको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङमा निर्माण पूरा गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको बिहीबारदेखि परीक्षण उत्पादन सुरु भएको छ ।
त्यस्तै, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना रहेका छन् । यीमध्ये २७ मेगावाटको दोर्दीखोला, छयाङ्दीखोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।
यो आयोजना विसं २०७१ बाट निर्माण थालनी गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको थियो । तर विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन । सम्झौता अनुसार आयोजनाको निर्माण सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै हाल आएर निर्माण कार्य पुरा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।