logo

ग्राउण्डेड चिनियाँ विमान पुनः सञ्चालनको तयारीमा निगम

    908   पटक पढिएको


१४ मंसिर / अर्थ र व्यापार –  सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरेको चिनियाँ विमान पुनः सञ्चालनको तयारी थालेको छ ।
निगमका तत्कालीन अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा २०७७ सालको १५ साउनमा बसेको निगम सञ्चालक समितिले चिनियाँ विमान सञ्चालनमा १९ बुँदे कठिनाई रहेको भन्दै ग्राउन्डेड गरिएको विमान निगममा नयाँ नेतृत्व आएसँगै पुनःसञ्चालनको तयारी भएको हो ।
गत ८ कात्तिकमा मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि निगममा कार्यकारी अध्यक्षको रुपमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । निगमका पूर्वकर्मचारी समेत रहेका अधिकारी कार्यकारी भूमिकामा आएसँगै विगत १६ महिनादेखि थन्काइएको चिनियाँ विमान सञ्चालनको तयारी थालेका हुन ।
तत्काल अर्काे विकल्प नहुँदा सम्मका लागि चिनियाँ विमान सञ्चालन गर्नुपर्न भन्दै कार्यकारी अध्यक्षले ठूलो रकम खर्च गरेर विमानको मर्मत गर्न लागेको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार ७ वर्षमा १० अर्ब बढी खर्च गरेको सो विमान पुनः सञ्चालन गर्दा झनै नोक्सानी पर्ने देखिएको छ । 
कार्यकारी अध्यक्षले आफूले जहाज सञ्चालनको तयारी थालेको देखाउन नोक्सानमा गएको निगमलाई झनै ठूलो नोक्सानीमा धक्कल्ने अनुमान गरिएकोे निगमका कर्मचारीहरुले आरोप लगाएका छन् ।
२०७७ को १५ साउनबाट ग्राउन्डेड गरिएको ६ थान चिनियाँ विमान विगत १६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको पार्किङमा थन्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा राखिएको ६ थान चिनियाँ विमानबाट निगमलाई १६ महिनाको अबधिमा २० करोड रुपैयाँ शुल्क थपिएको छ । विमानस्थलको पार्किङमा राखिएको शुल्क र इन्स्युरेन्स (बीमा) बापत निगलाई उक्त रकम थपिएको हो ।
दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ५६ सिट क्षमताको दुईवटा एमए ६० र १७ सिट क्षमताको चारवटा वाई १२ विमान गरी ६ वटा विमान नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान विमान १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । जसमा तीन अर्ब १४ करोड ऋण अझैसम्म तिर्न बाँकी छ ।
निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड ८ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नु बाँकी नै रहेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार तालुकदार मन्त्रालयको रुपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विमान व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग राय माग गरेको थियो । 
निगमले विमान बिक्रीका लागि अर्थ मन्त्रालयसँग अनुमति माग गरेतापनि अर्थले २०७७ सालको १३ चैतमा बिक्री तथा भाडामा लगाउने गरी २ विकल्प दिएको थियो । अर्थ मन्त्रालयले विमान व्यवस्थापनका लागि दिएको विकल्प विपरित निगम व्यवस्थापनले पुनः विमान सञ्चालनको तयारी थालेको हो । 
निर्माता कम्पनीले १७ सिट क्षमताका वाई१२ई मोडेलका २ वटा विमान सन् २०१४ मा निगमलाई दिएको थियो । तर, नेपाल आएको लामो समयसम्म पनि ती विमानहरु ह्याङगर मै थन्किएका छन् । नेपालले तत्कालिन समयमा नेपाली आकाशका लागि ती विमान उपयुक्त नभएको, ती विमान उडानका लागि पर्याप्त पाइलट नभएको भन्दै लिन अस्वीकार गर्यो ।
बाँकी २ वटा वाई १२ ई विमान सन् २०१९ को फेब्रुअरी महिनामा नेपाल आइपुगे । ती विमानका लागि नेपालले वार्षिक रुपमा १.५ प्रतिशत ब्याज बुझाउनुपर्छ । यसैगरि, व्यवस्थापन खर्चका लागि अर्थमन्त्रालयसँग भएको सहमतिअनुसार लोनको ०.४ प्रतिशत रकम व्ययभार बेहोर्नुपर्छ । त्यस्तै, पर्यटन मन्त्रालयले भने निगमसँग वार्षिक ८ प्रतिशत ब्याज लिन्छ । सन् २०१२ नोभेम्बरमा भएको सम्झौता अनुसार चीनले ७ वर्षसम्म ग्रेस पिरियड दिएको थियो । यस समयमा निगमलाई ब्याज र साँवा तिर्नुपर्ने थिएन । निगमले २० वर्षका लागि लोन लिएको थियो । निगमले वार्षिक २ अर्ब ५० करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । चिनियाँ विमानका सञ्चालन तथा बीमा वापत निगमले वार्षिक ६ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।