logo

नेपाली उपभोक्ताको ट्रेडमार्क प्रतिको आकर्षण बढ्दो, ट्रेडमार्क लिनका लागि ७९ हजार निवदेन

    1195   पटक पढिएको

१४ माघ/ अर्थ र व्यापार - उद्योग विभाग अन्र्तगतको ट्रेडमार्क शाखाका अनुसार हाल सम्म ट्रेडमार्क लिनका लागि ७९ हजार निवदेन परेका छन् । जसमध्ये ४७ हजार ३ सय ६८ कम्पनीले ट्रेडमार्क चिन्ह लिइ सकेको छन् । बौद्धिक सम्पत्तिको रुपमा चिनिने ट्रेडमार्क लिनका लागि निवेदन दिने कम्पनीहरुको संख्या बाक्लो रहेको छ ।

पहिला ट्रेडमार्क चिन्ह लिन आउने कम्पनी धेरै नहुने हुदाँ निवदेन दिएका जति सम्पूर्ण कम्पनीले ट्रेडमार्क चिन्ह प्राप्त नगरेको हुनसक्ने शाखाका निर्देशक भीमप्रसाद भट्टराईले बताए । ट्रेडमार्क प्राप्त गरेपछि कुनै पनि उत्पादित वस्तुमा कुनै एक स्थानमा गोलाकार भित्र टि लेखिएको देख्न सकिने शाखाले जनाएको छ । यस्तै गोलाकार भित्र आर भन्ने शब्द भएमा भने त्यो रजिष्ट्रर मात्र भएको बुझिन्छ । बौद्धिक सम्पति मानिने ट्रेडमार्क चिन्ह भने कम्पनी आफैले तयार गरेर उद्योग विभागको ट्रेडमार्क शाखामा दर्ताका लागि निवेदन दिने गर्छन् ।

निवेदन पश्चात शाखाले ९० दिनको समयसीमा राखी एक सूचना प्रकाशित गर्छ र उक्त अवधिमा कुनै गुनासा तथा उजुरी नआएमा सम्वन्धित कम्पनीलाई ट्रेडमार्क प्रदान गर्छ । त्यसैले कुनै पनि कम्पनीले ट्रेडमार्क लिनको लागि निवेदन दिएको समय समेत गरी ६ देखि ८ महिनाको समयमा ट्रेडमार्क चिन्ह प्राप्त गर्न सक्ने निर्देशक भट्टराईले बताए । उनले धेरैजसो उद्योग, कलकारखाना निर्माण हुदाँ टे«डमार्क चिन्हको लागि निवदेन दिनेको संख्या बढी हुने बताँउदै यो नै समयमा टेडमार्क चिन्ह धेरै लिन आए भने भन्न नसकिने बताए ।

ट्रेडमार्क तुलनामा डिजाइन र पेटेन्ट दर्ताको संख्या भने कम छ । हालसम्म डिजाइन दर्ताको संख्या १५९ र पेटेन्ट दर्ताको संख्या भने ७७ रहेको शाखाले जनाएको छ । डिजाइन भन्नाले उत्पादित सामग्रीको बनोट हो भने पेटेन्ट भन्नाले उत्पादित वस्तुको समश्रिण भनेर बुझिने निर्देशक भटराईले बताए । ट्रेडमार्क प्रदान गर्ने विषयमा नेपालमा कानुन भने बनिसकेको छैन । तर, ट्रेडमार्क चिन्ह प्रदान गर्नको लागि सरकारले ऐन अर्थात् निर्देशिका भने बनाएको छ । उसले पेटेन्ट, डिजाइन ,ट्रेडमार्क ऐन २०२२ निर्माण गरेको छ । सोहि आधारमा रहेर कम्पनीहरुलाई ट्रेडमार्क चिन्ह प्रदान गर्छ । निर्देशक भटराईका अनुसार उक्त ऐन पेरिस सन्घि १८८३ को आधारमा रहेर निर्माण गरिएको बताए ।

ट्रेडमार्क प्रदान गर्ने विषय भनेको नेपालको मात्र नभएर अन्तराष्ट्रिय जगतमा एकै खालको अभ्यासबाट प्रदान गरिने उनले बताए । ट्रेडमार्क लिनेको संख्या बढ्दा जोखिम पनि रहने शाखाले जनाएको छ । लोकप्रिय भइसकेका कम्पनी र तिनका ट्रेडमार्कको नक्कल गर्ने प्रचलन बढेको शाखाले जनाएको छ । शाखामा ट्रेडमार्क विषयलाई लिएर २०७४ भदौदेखि मात्र ६८३ वटा मुद्धा दर्ता भएको जनाएको छ ।

२०७४र७५ मा मात्र ट्रेडमार्क नक्कल गरेको भन्दै ३०८ वटा मुद्धा परेको छ भने जसअन्र्तगत ६८ वटा मुद्धा फर्चाैयट गरेको शाखाले जनाएको छ । ऐन अनुसार नक्कलको गरेको प्रमाणित भएमा १ लाख सम्म जरीवाना लगायतका प्रावधान रहेको छ । धेरैजसो विदेशी कम्पनीले ट्रेडमार्कको विषयमा उजुरी गरेको बताइएको छ । शाखाको अनुसार चर्चित कम्पनीहरुको ट्रेडमार्क राखी बेचबेखन गर्ने गरेको पाइएको जनाएको छ । शाखामा उजुरी आउनेमा सबैभन्दा बढी ट्रेडमार्कमा आउने र थोरैमात्र डिजाइन र पेटेन्टमा आउने गरेको बताइएको छ ।

ट्रेडमार्कले कुनै पनि कम्पनीको सामग्री कस्तो छ, जनतामा कति चर्चित छ लगायतका जानकारी दिने हुनाले उक्त ट्रेडमार्क मार्फत् नै उपभोक्ताले सामानको माग गर्ने गरेको पाईन्छ । नेपाली उपभोक्ताले पहिला त्यति धेरै ट्रेडमार्कको विषयमा ध्यान नदिए पनि पछिल्लो समय भने ट्रेडमार्क हेरेर उपभोक्ताले सामान प्रयोग गर्ने गरेको पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।