logo

निवृतिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित, पेन्सन प्राप्त गर्न आफूले पनि रकम जम्मा गर्नुपर्ने 

    2042   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार -  २०७५ साउन १ गतेपछि सरकारी सेवामा प्रवेश गरेका कर्मचारीले अब अवकाशपछिको निवृत्तिभरण (पेन्सन) प्राप्त गर्न आफूले पनि रकम जम्मा गर्नुपर्ने भएको छ । प्रतिनिधिसभाले आइतबार निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार योदानमा आधारित निवृत्तिभरण विधेयक सरकारले संसद्को दोस्रो अधिवेशनमा पेस गरेको थियो । प्रतिनिधिसभाबाट आइतबार पारित विधेयक अब राष्ट्रियसभामा पेस हुनेछ । राष्ट्रियसभाबाट पनि पारित भई राजपत्रमा सूचना प्रकाशन भएपछि विधेयक कार्यान्वयनमा आउनेछ । विधेयक कार्यान्वयनसँगै कोष स्थापनाको बाटो खुल्नेछ ।

हाल पेन्सन पाइरहेका कर्मचारी तथा शिक्षकहरुले समेत कोष स्थापनापछि सोही कोषबाट पेन्सन पाउँनेछन् । पारित विधेयक अनुसार निजामती सेवातर्फका कर्मचारी, स्वास्थ्य र संसद् सेवाका कर्मचारी, सैनिक बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेवा र विशेष सेवाका कर्मचारीले अब पेन्सन पाउन आफूले पनि कोषमा रकम जम्मा गर्नुपर्नेछ । कर्मचारीको मासिक तलबको ६ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । सोही बराबरको रकम कोषमा सरकारका तर्फबाट जम्मा हुनेछ । कर्मचारी असाधारण बिदा, बेलतलवी बिदामा बसेको वा कुनै कारणले निलम्बन भएको अवस्थामा कोष कट्टा गरिने छैन । तर, निलम्बन फुकुवा भएको हकमा भने एकै पटक कोष कट्टा हुनेछ । 

कोषमा सबै कर्मचारीको व्यक्तिगत खाता हुनेछ । सो खातामा कर्मचारी आफूले जम्मा गरेको रकम, सरकारले थप गरेको रकम तथा लगानीबाट प्राप्त प्रतिशतको समेत हिसाब संलग्न हुनेछ । २० वर्ष वा सोभन्दा बढी सेवा गरी अवकाश पाएका कर्मचारीले कोषबाट मासिक रूपमा पेन्सन पाउने व्यवस्था पारित विधेयकमा उल्लेख छ । जसका लागि जम्मा सेवा गरेको वर्ष र सेवाका क्रममा अन्तिम महिनाको तलब गुणा हुनेछ । उक्त योगफललाई ५० ले भाग लाग्नेछ । यसरी आउने रकम कर्मचारीले मासिक रूपमा पेन्सन बापत दिइनेछ ।

प्रत्येक तीन वर्ष पुगेपछि खाइपाई आएको रकममा दश प्रतिशतले वृद्धि हुनेछ । यो रकम कति पटकसम्म वृद्धि हुने भन्ने पारित विधेयकमा उल्लेख छैन । सेवा अवधि पूरा नहुँदै अवकाश लिएमा वा कुनै कारणले सेवामा नरहेमा कर्मचारीले कोषमा जम्मा भएको आफ्नो खाताको रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ ।

पेन्सनका लागि सेवा अवधि पूरा गरेको कर्मचारीको पेन्सन प्राप्त हुनअघि वा भएपछि मृत्यु भएमा पति वा पत्नीलाई पेन्सनको आधा रकम दिइनेछ । यसरी रकम दिँदा व्याज र मुनाफा समेत हिसाब हुनेछ । सेवाकै क्रममा कर्मचारीको मृत्यु भएमा यस्तो रकम इच्छ्याइएको व्यक्तिले प्राप्त गर्ने व्यवस्था गरिएको छ । भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुनेगरि कारबाही भएको अवस्थामा भने कर्मचारीले कोषमा जम्मा भएको आफ्नो रकम र व्याज मात्र पाउनेछ ।
   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।