logo

स्थानिय तहमा कित्ताकाट गर्ने जिम्मा सुम्पीएसंगै कृषियोग्य जग्गा खण्डिकरण हुनेमा आशंका

    1200   पटक पढिएको

६ माघ/ अर्थ र व्यापार - सरकारले गत महिना पुस २७ गते जग्गाको खण्डीकरण व्यवस्थित गर्ने नयाँ मापदण्ड लागु गर्यो । डेढ वर्षअघि तत्कालिन भूमिसुधारमन्त्री गोपाल दहितले गरेको निर्णय खारेज भएको घोषणा गर्दै कृषि र गैर कृषि जग्गा छुट्ट्याउने र कित्ताकाट गर्ने जिम्मा स्थानीय तहलाई दियो । 

हेर्दा स्थानीय तहबाट सहजै कित्ताकाट गर्न सकिने लागेपनि डेढ वर्षपछि गरेको निर्णयमा जग्गाको कित्ताकाटमा झनै कडाइ गरिएको छ । कृषि योग्य जमिनलाई कुनैपनि हालतमा घरघडेरी प्रयोजनमा खण्डीकरण गर्न नदिने र गैर कृषि क्षेत्रको जमिन पनि स्थानीय तहका प्रतिनिधिको सिफारिसमा मात्रै कित्ताकाट हुने व्यवस्था मन्त्रालयले गरेको छ ।

पहिलेपनि स्थानीय प्रतिनिधि, मालपोत तथा नापी कार्यालयका कर्मचारी र भूमाफियाको मिलिभगतमा कृषियोग्य जग्गाको खण्डीकरण हुँदै आएको थियो । अहिले सरकारलेनै स्थानीय तहलाई वर्गीकरण र कित्ताकाट सिफारिशको अधिकार दिएपछि पहिलेको भन्दा झन धेरै कृषियोग्य जग्गा खण्डिकरण हुनेमा आशंका उब्जिएको छ ।

नयाँ व्यवस्थाले मालपोतका कर्मचारीको भन्दा बढी भूमिका स्थानीय प्रतिनिधिलाई दिएको छ । उनीहरुले गैरकृषि भनेर सिफारिस गरिदिए भने मात्रै मालपोत र नापी कार्यालयले कित्ताकाट गरिदिनेछन् । तर मालपोत कार्यालयले हरेक वर्ष फिल्डमा गएर जग्गाको मूल्याङ्कन गर्ने हुँदा कृषियोग्य र आवासीय जग्गाको तथ्याङ्क अनौपचारिक रुपमै भएपनि राखेका हुन्छन् । यस्तोमा उनीहरुको स्वार्थ बाँझिएमा कित्ताकाट हुने छैन । स्वार्थ मिलेमा कृषियोग्य जग्गाको खण्डिकरण रोकिने आधार पनि छैनन् ।

मन्त्रालयले सर्वसाधारणलाई सहज हुनेगरि कित्ताकाट व्यवस्थित गरेको दावी गरेपनि सर्वसाधारणको पहुँचमा कित्ताकाट अझै पुगेको छैन । स्थानीय प्रतिनिधिहरुले आफ्नो अनुकुल भएमा सिफारिस गर्ने र नभएमा नगर्ने सम्भावना उत्तिकै छ । सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र संसदिय समितिलाई देखाउन मात्र अहिले मन्त्रालयले साउन २६ को निर्णय खारेज गरेर पुस २७ को निर्णय सार्वजनिक गरेको व्यवसायीको दावी छ ।

गत वर्ष गरिएका निर्णयमा केहि शब्द परिवर्तन गरेर र केहि शब्द थपघट गरेर दुई वटा बुँदा हुबहु राखिएको छ । जस्तो पहिले जग्गा प्लटिङको लागि स्विकृती लिएर सरकारका नाममा बाटो छुट्ट्याई ५० प्रतिशत जग्गा बेचबिखन गरिसकेको भएमा मात्र थप कित्ताकाट गर्न सकिने उल्लेख थियो । नयाँ व्यवस्थामा ५० प्रतिशत बेचबिखन नगरेको भएपनि कित्ताकाट गर्न सकिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।