logo

क्लिन फिड नीतिबाट पछि हट्दै ः सरकार

    1722   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – विज्ञापनरहित विदेशी च्यानल (क्लिन फिड) नीति लागू नगर्न दबाब आइरहेको बेला सरकार अन्तिम समयमा नीति लागू गर्नबाट पछि हटेको छ । कानुन संशोधन गर्नुपर्ने र थप तयारी नपुगेको भन्दै हालको लागि उक्त नीति स्थगित गरिएकोे छ ।

सरकारले साउन १ देखि मुलुकमा विदेशबाट आउने सम्पूर्ण च्यानलमा क्लिन फिड नीति लगाउने घोषणा गरेको थियो । दुई दिनअघि नीति लागू गर्न सम्बन्धित निकायलाई सूचित गरेको मन्त्रालयले शुक्रबार बेलुका उक्त नीति हालको लागि स्थगित गरिएको सूचना जारी गरेको थियो ।

मुलुकमा सञ्चालनमा रहेका केबल टेलिभिजन सम्बद्ध संघ–संस्था र भारतीय संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले क्लिन फिड नीति लागू नगर्न सरकारलाई दबाब दिएका थिए । इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले मन्त्रालयमै पुगेर यो नीति नलगाउन ’लबिङ’ गरेको थियो । 

क्लिन फिड नीति लागू गर्न भनेर एक वर्षअघिदेखि नै तयारी सुरु भइसकेको थियो । गत वर्ष साउनमै मन्त्रिपरिषदले उक्त नीति पारित गरेको थियो । सरकारले अन्तिम समयमा आएर क्लिन फिड नीति स्थगन गरेकोे छ । क्लिन फिड नीतिबाट उपभोक्तालाई शुल्क महँगो पर्ने र भारतीय च्यानलले नेपालको लागि भनेर क्लिन फिड कार्यक्रम नबनाउने भन्दै केबल टेलिभिजन महासंघ लगायतले विरोध गरेका छन् ।

क्लिन फिड नीतिले देशमा प्रत्यक्ष रुपमा फाइदा पुग्ने छ । विज्ञापन बजार दोब्बर हुने र मुलुक प्रत्यक्ष रुपमा भाषा संस्कृतिमा परेको प्रभाव कम गर्न सकिने छ । यो नीति लागू भएमा च्यानलको शुल्क केही महँगो पर्न सक्ने आँकलन गरिएको छ तर कति महँगो पर्ने यकिन गरिएको छैन् ।

नेपालको लागि कतिपय च्यानलले क्लिन फिड कार्यक्रम नबनाएको भन्दै विरोध आएको थियो । हाल नेपाली विज्ञापन बजार वार्षिक साढे पाँच अर्ब रुपैयाँको छ । क्लिन फिड नीति लागू भए उक्त बजार दोब्बर हुने दाबी छ । 

यो नियमपछि विदेशी च्यानलबाट देखिाइने बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालमा बजाउन चाहेमा यहीँ आएर बनाउनु पर्छ । क्लिन फिड लागू भएपछि विदेशी च्यानलमा कुनै पनि विज्ञापन बज्दैन । उनीहरूले नेपाली बजारलाई विज्ञापन बजाउने हो भने नेपालमै आएर बिज्ञापन बजाउनु पर्छ र नेपाली मिडिया प्रयोग गर्नुपर्छ । यसले गर्दा देशको राजस्व र रोजगारीका अवसर बढ्ने छ ।

त्यसैगरी, अर्को महत्वपूर्ण पक्ष क्लिन फिड नीति लागू भए नेपाली भाषा, शैली, मौलिकताका विज्ञापन बज्नेछन् । क्लिन फिड नीतिले भारतीय च्यानलबाट आएका विज्ञापनबाट बालबालिकामा परेका असरलाई पनि रोक्न सहयोग गर्नेछ । भारतका कतिपय ठाउँ, बंगलादेश, पाकिस्तान, अमेरिकी मुलुक, युरोपमा पनि क्लिन फिड नीति कार्यान्वयनमा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।