logo

इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिष्टम फागुनको पहिलो सातादेखि लागु गरिने

    1354   पटक पढिएको

१३ माघ /अर्थ र व्यापार - सामान आयात गर्दा समय र ढुवानी खर्च धेरै लागेको अवस्थामा तेस्रो मूलुकबाट सामान आयात गर्न सहज होस् भन्ने उद्देश्यका साथ फागुनको पहिलो सातादेखि इसीटीएस ( इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिष्टम ) लागु गरिने भएको छ । इसीटीएस अर्थात् यसलाई अनलाईन क्लियरिङ सिष्टम समेत भनिएको छ ।

ईसीटीएस लागु गरेपछि यसले धेरै राहत हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । इसीटीएस लागु भए पछि कोलकताबाट वीरगञ्जसम्म ढुवानीमा ४ देखि ५ दिनसम्म मात्र लाग्ने महासंघको भनाई छ । बन्दरगाहमा सामान आएपछि पहिला ८ प्रकारका कागजात पेश गर्नु पर्ने र करिब दुई दर्जन टेबलमा हस्ताक्षर(सिफारिस) गर्दै जानुपर्ने झन्झट रहेको थियो भने इसीटीएस लागु भएपनि भने उक्त झन्झटहरुबाट मुक्त हुने देखिन्छ । यसअघि ६० प्रतिशत सामान रेल र ४० प्रतिशत सामान सडक हुदैं आउने गरेको यो प्रणाली लागु भएपछि भने सडकमा नभई कोलकताबाट वीरगञ्जसम्म रेल देखि रेल सम्म सामान आउने छ ।

रेलबाट सामान आउने र सडकबाट प्रयोग गर्न नपर्दा प्रत्येक कन्टेनरबाट ८ लाख रुपैयाँ जोगिन पुग्दा अरबौं रकम बचत हुने महासंघका कार्यकारणी सदस्य प्रकाश सिंह कार्कीले बताए । इसीटीएस प्रणाली लागु भएपछि सामान आयातमा कम खर्च लाग्दा उपभोक्ता समेत लाभान्वित हुने बताइएको छ । सामान आयातमा कम खर्च लागे सँगै बजारमा सामानको मूल्यमा समेत कमी आउने महासंघले जनाएको छ ।

इसीटीएसले गर्दा सामान आयात तथा निर्यातमा छिटो छरितो हुनुको इसीटीएसकै कारण सामान आयात गर्दा आयातकर्ताको प्रत्येक कन्टनेरमा ४० हजारका दरले लागत घटने छ । उक्त प्रणाली लागु भएपछि आयातकर्ताहरु पुस्तकमा दर्ता गराउनु पर्ने विवरणबाट मुक्त हुनेछन् । उक्त प्रणालीले आयातमा मात्र सहज नभई निर्यातमा समेत सहज हुने बताँउदै कार्कीले भने इसीटीएस लागु भएसँगै निर्यात समेत बढ्ने छ । उनले सामान आयात गर्दा युरोपबाट कलकत्ता सम्म ल्याँउदा १ हजार डलर लाग्ने र काठमाडौंबाट कलकत्ता सम्म सामान निर्यात गर्दा १३ सय डलर लाग्नेमा यो प्रणाली लागु गरेपछि निर्यातकर्तालाई सहज हुने बताए ।

उक्त प्रणालीले आयात र निर्यात सम्बन्धी खर्चहरु पारदर्शिरुपमा राख्नको लागि सहयोग पुग्ने बताइएको छ । इसीटीएस प्रणाली लागु गर्न नेपाल र भारतको सम्वन्धित निकायहरु बीच छलफल गरी कार्यान्वयनमा जान लागेको हो । यो प्रणाली दुई देशबीचको सरकारको सहमति मार्फत् नै लागु गर्न लागिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।