logo

एडीबीले भारत–चीन जोड्ने चेपाङ मार्ग निर्माण गर्ने

    1511   पटक पढिएको

२० भदौ / अर्थ र व्यापार – भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने ‘चेपाङ मार्ग’को स्तरोन्नतीका लागि एसियाली विकास बैंक (एडीबी)ले लगानी गर्ने भएको छ । उक्त मार्गको ट्रयाक खुलिसकेको छ । स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

उक्त मार्गको दूरी अहिले ६१ किलोमिटर छ । १० किमि घटाएर फराकिलो बनाउन केही स्थानमा ट्रयाक परिवर्तन र केहीमा सुरूङ निर्माणको तयारी छ । सन् २०१९ देखि उक्त मार्गको स्तरोन्नती सुरु हुनेछ । दुई लेनको सडक तयार पार्ने योजना छ । ठोरी–रसुवागढी सडकको एक अंश हो, चेपाङ मार्ग । ठोरी–रसुवागढीको दूरी एक सय ६८ किमि छ । त्यसमध्ये ६१ किमि खण्ड चेपाङ मार्गमा पर्छ ।

धादिङको मलेखुबाट चितवनको भण्डारासम्मको खण्डलाई चेपाङ मार्ग नामकरण गरिएको छ । अहिले मलेखुबाट मुग्लिन हुँदै नारायणगढसम्मको दूरी एक सय पाँच किमि छ । त्रिशुली नदीमाथिको भीर छिचोलेर सडक निर्माण गरिएका कारण जोखिम पनि उत्तिकै छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखु पुग्न ४४ किमि छोटो पर्नेछ । 

उक्त सडक नारायणगढ–मुग्लिन खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने छ । छोटो दूरीका कारण समय र इन्धनसमेत बचत हुने छ । १५ करोड लागतमा १५ किमि कालोपत्रे गर्न धादिङको मलेखुबाट काम सुरु भएको छ । चालु आर्थिक वर्षमा कालोपत्रे सकिने छ । उक्त सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन खण्डको सवारी चाप घट्ने छ ।
अल्पसंख्यक र विपन्न चेपाङ समुदाय।को जीवनस्तर माथि उठाउने उद्देश्यका साथ ।चेपाङ मार्गको ट्रयाक खोलिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।