logo

एडीबीले भारत–चीन जोड्ने चेपाङ मार्ग निर्माण गर्ने

    1771   पटक पढिएको

२० भदौ / अर्थ र व्यापार – भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने ‘चेपाङ मार्ग’को स्तरोन्नतीका लागि एसियाली विकास बैंक (एडीबी)ले लगानी गर्ने भएको छ । उक्त मार्गको ट्रयाक खुलिसकेको छ । स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

उक्त मार्गको दूरी अहिले ६१ किलोमिटर छ । १० किमि घटाएर फराकिलो बनाउन केही स्थानमा ट्रयाक परिवर्तन र केहीमा सुरूङ निर्माणको तयारी छ । सन् २०१९ देखि उक्त मार्गको स्तरोन्नती सुरु हुनेछ । दुई लेनको सडक तयार पार्ने योजना छ । ठोरी–रसुवागढी सडकको एक अंश हो, चेपाङ मार्ग । ठोरी–रसुवागढीको दूरी एक सय ६८ किमि छ । त्यसमध्ये ६१ किमि खण्ड चेपाङ मार्गमा पर्छ ।

धादिङको मलेखुबाट चितवनको भण्डारासम्मको खण्डलाई चेपाङ मार्ग नामकरण गरिएको छ । अहिले मलेखुबाट मुग्लिन हुँदै नारायणगढसम्मको दूरी एक सय पाँच किमि छ । त्रिशुली नदीमाथिको भीर छिचोलेर सडक निर्माण गरिएका कारण जोखिम पनि उत्तिकै छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखु पुग्न ४४ किमि छोटो पर्नेछ । 

उक्त सडक नारायणगढ–मुग्लिन खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने छ । छोटो दूरीका कारण समय र इन्धनसमेत बचत हुने छ । १५ करोड लागतमा १५ किमि कालोपत्रे गर्न धादिङको मलेखुबाट काम सुरु भएको छ । चालु आर्थिक वर्षमा कालोपत्रे सकिने छ । उक्त सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन खण्डको सवारी चाप घट्ने छ ।
अल्पसंख्यक र विपन्न चेपाङ समुदाय।को जीवनस्तर माथि उठाउने उद्देश्यका साथ ।चेपाङ मार्गको ट्रयाक खोलिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।