logo

व्यवसायी रुक्मशमशेर राणाको निधनले डाबरको आइपीओ ल्याउने सपना अधुरै

    1169   पटक पढिएको

२७ भाद्र/ अर्थ र व्यापार– व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्ध निर्देशक समेत बनेका राणाको काठमाडौंको बत्तीसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो । 
उनैले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए । उनी सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत भएका थिए । यसैगरी, उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए । सन् १९३६ मा जन्मिएका राणा नेपाली कांग्रेसका संस्थापक सुवर्णशमसेर राणाका कान्छा छोरा हुन् । उनी मिर्गौला, सुगर र प्रेसरसम्बन्धी समस्याबाट पीडित थिए । 
स्वर्गीय राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन् । उनी डाबर नेपालका प्रबन्ध निर्देशकसमेत भएका थिए । बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ ।  सन् १९८९ मा नेपालमा स्थापना भएको डाबर नेपाल कम्पनीले सन् १९९२ देखि व्यावसायिक उत्पादन थालेको थियो । सुरुमा ५३ लाख वार्षिक कारोबार गरेको डाबर नेपालले अहिले हजार करोडभन्दा बढी कारोबार गरिरहेको छ । 
यो कम्पनीले भारतमा समेत आफ्ना विभिन्न उत्पादन निकासी गर्छ । राणा नेपाल भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष थिए । यसैगरी, उनी भारतका लागि नेपालका राजदूतसमेत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवसमेत भएका थिए ।  राणा २०५० देखि २०५१ सम्म र २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए । उनको शनिबार नै पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिएको थियो । 
२०१७ सालमा महेन्द्रले बिपी कोइराला नेतृत्वको सरकारलाई सैनिक कु गरेर शासन सत्ता आफ्नो नियन्त्रणमा लिएपछि सुर्वण शमशेर बसाई कलकत्तामा थियो । राजनीतिक माहोलमा हुर्केका नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमशेरका कान्छा छोरा रुक्म शमशेरले कलकत्ता बसाइका क्रममा भएको सम्बन्धको आधारमा डाबर इन्डियालाई नेपालमा भित्राउन सफल भएका थिए ।
सन् १९८४ मा भारतमा उद्योग खोलेको ५ वर्षमा डाबर नेपालमा लगानी गर्न आएको थियो । नेपालमा सफल बहुराष्ट्रिय कम्पनी भित्राउने रुक्म शमशेर राणाको ८५ वर्षको उमेरमा निधन भएको हो । कलकत्ता बसाइको क्रममा भएको सम्बन्ध र नेपालमा प्रजातन्त्र स्थापना भएपछि डाबर नेपालमा आएको रुक्म शमशेर राणाका छोरी ज्वाईँ अनिल शाह बताए । ‘प्रजातन्त्र ल्याउनका लागि कलकत्तामा निर्वासन बस्दा भएको सम्बन्धको कारण डाबर नेपालमा भित्रिएको हो, डाबरले भारतमा व्यवसायिक उत्पादन शुरु गर्ने र नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपालमा उद्योग खुलेको हो,’ शाहले आफ्ना ससुरा रुक्म शमशेर राणाले डाबरलाई नेपाल भित्राउँदाको स्मरण सुनाउदै भने ।
सन् १९८९ मा नेपालमा भित्रिएको डाबरले सन् १९९२ देखि व्यवसायिक उत्पादन शुरु गरेको हो । शुरुवाती वर्षमा ५३ लाख रुपैयाँको वार्षिक कारोबार गर्ने डाबर नेपालले अहिले वर्षमा १० अर्ब रुपैयाँको कारोबार गर्छ । नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गरेको भन्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले महत्वपूर्ण व्यवसायिक सम्मान(सीआईपी) ३ पटक पाएको छ ।
राणाको निधनपछि उनको डाबर नेपाललाई पब्लिक लिमिटेड बनाउर आइपिओ ल्याउने सपना अधुरो बन्न पुगेको छ । डाबर नेपाल प्रालिले सन् २००२ मा डाबर नेपालको सेयर पब्लिकलाई जारी गर्ने योजना बनाएको थियो । धितोपत्र बोर्डमा सन् २००२ मा प्रिमियम मूल्यमा सेयर जारी गरेर पब्लिक कम्पनी बन्ने योजना डाबरले लिएको थियो ।
धितोपत्र बोर्डले भने डाबरलाई प्रिमियम मूल्यमा सेयर जारी गर्न दिएन । धितोपत्र बोर्डमा त्योबेला काम गरेका कर्मचारीहरुका अनुसार रुक्म शमशेर आफैले पनि डाबरको सेयर सर्वुाधारणलाई दिनकालागि योजना बनाएको बताएका छन । तर, धितोपत्र बोर्डको प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न नदिने नीतिका कारण डाबर नेपालले पब्लिकलाई सेयर जारी गरेन । अर्थात् राणाको पब्लिकलाई सेयर जारी गर्ने सपना भने पूरा हुन सकेन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।