logo

पूर्वाधारको निर्माण नगरी समृद्ध नेपालको परिकल्पना नै नगरे हुन्छ   

राजन सिंखडा,युवा पर्यटन व्यवसायि

    3168   पटक पढिएको

युवा पर्यटन व्यवसायि राजन सिंखडा आफ्नो सकारात्मक सोचका कारण चर्चित छन । नेपालमा सरकारले ठूला पूर्वाधारहरु विमानस्थल, सडक आदी निर्माण र सुधार मात्र गर्न सक्ने हो भने नेपालका हरेक क्षेत्रमा सम्भावना देख्ने उनी सेवाका क्षेत्रमा नेपालले हाम्रा छिमेकीहरु चीन र भारत संग पनि प्रतिष्पर्धा गर्न सक्ने सम्भावना रहेको वताउँछन । अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि.का अध्यक्ष सिंखडा होटल व्यवसाय तथा योग पर्यटनको क्षेत्रमा पनि सक्रिय छन । उनै सिंखडा संग अर्थ र व्यापारले नेपाल विकासको सम्भावना र समृद्ध नेपाल निर्माणका हाम्रा आधारहरु वारे केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ– कुराकानीको सम्पादीत अंश :

० नेपालका छिमेकी दुई राष्ट्रहरु तीव्र आर्थिक विकासको दिशामा अगाडी बढिरहेका छन । नेपाल भने अझै पनि आर्थिक समृद्धिको दिशामा अगाडी बढ्न सकेको छैन । तपाईं जस्ता युवा व्यवसायिहरु मुलुकको वर्तमान अवस्था र यसको भविष्य कस्तो देख्नुहुन्छ ?

म्ुालुकमा एकदमै निराशाजनक अवस्था पनि छैन । मैले त धरै सम्भावना देखेको छु । त्यसो त म कुनै पनि विषयलाई नकारात्मक नदेख्ने भएर पनि हुन सक्छ । हाम्रो देशको कुरा गर्दा पनि विभिन्न क्षेत्रमा धरै राम्रा काम भएका छन र भईरहेका पनि छन । तर चिन्ता यो हो कि नेपालमा परिवर्तन भयो तर प्रगति भएन । राजनीतिक परिवर्तन बारम्वार भए पनि त्यही अनुसारको आर्थिक विकाश भने हुन सकेन । यसमा वाधक तपाईं हामी नै हांै । हामी विकास निर्माणका कुराहरुमा एकजुट भएर उठ्न सकेनौं । जस्तो भुकम्प पछि पनि बृहत नेपाल परिवर्तन गर्न सक्ने र देश विकाश गर्न सक्ने सम्भावना थियो तर त्यो पनि गर्न सकिएन । भुकम्प पछि भुकम्प प्रभावित क्षेत्रमा एकिकृत बस्ति वसाल्न सकिन्थ्यो । नाकाबन्दीको समयमा पनि सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय भावनाको विकास भएर आएको थियो,आत्मनिर्भर हुनुपर्छ भन्ने सोच विकास भएको थियो । कतिपयले करेसावारीमा तरकारी लगाउन पनि थालेका थए । तर केहि समयमा नै हाम्रो एकता र राष्ट्रियताको भावना हराएर गयो । हाम्रो जागेको एकता र जाँगर आठ वर्ष दश वर्ष रहिरहे देश प्रगति हुन अप्ठ्यारो छैन । 

० नेपाल समृद्ध बन्नको लागी हामी संग के–कस्ता आधारहरु छन ? सरकारको निति,योजना र कार्यक्रम यो दिशामा केन्द्रित छन ?

कतिपय सन्दर्भमा हाम्रो काम गर्ने शैली बदल्नैपर्छ । नारायणघाट–मुग्लिन सडक खण्डका ३६ कि.मि वाटो वनाउन ३६ महिना लगाउनु भएन । राज्यका सवै शक्ति लगाएर पनि त्यो त तुरुन्तै निर्माण हुनुप¥थ्यो । त्यहि ठाउँमा ४८ घण्टा जाममा पर्दा राज्यका सवै क्षेत्रमा नोक्सान भयो नि । मुलुकका जुनसुकै क्षेत्रको विकास गर्न पनि राजमार्ग त प्रमुख आधार हो नी । सवैभन्दा महत्वपूर्ण कुरा पूर्वाधार हो  । पूर्वाधार निर्माणमा राज्यले सम्पूर्ण ध्यान लगायो भने नेपालको समृद्ध र प्रगति टाढै छैन । पूर्वाधार निर्माण हुने हो भने कृषि,पर्यटन वा जुनसुकै क्षेत्र आँफै माथि जान्छ । देशले गर्नुपर्ने काम भनेको पूर्वाधार निर्माण नै हो । बनारस वाट ८ घण्टामा नेपाल आउने सडक वा केरुङ वाट दुई घण्टामा काठमाडौं आईपुग्ने वाटो बनाउँदा हामीलाई के फरक पर्छ ?
पुर्वधारको विकाश विना कुनै पनि क्षेत्रको विकाशको लागि सरकारले परिकल्पना नगरे हुन्छ । पूर्वाधारको विकास नगरी लगानीकर्ता मात्र होईन, घुम्नलाई पर्यटक पनि आउँदैन । सरकारले भौतिक पुर्वधारमा लगानी गर्न डराउनु हुँदैन । हामीले हाम्रो देश आँफै विकाश गर्ने हो, अरुको भर परेर हँुदैन । हाम्रो देश हामी आँफैले समृद्ध बनाउने हो । पूर्वाधारको निर्माण नगरी समृद्ध नेपालको परिकल्पनै नगरे हुन्छ ।

० नेपाल भित्र पूर्वाधारहरु निर्माणको गति कस्तो छ ? 

हामीकहाँको पूर्वाधार निर्माणको गति निकै सुस्त भयो । त्यसैले अव हामीले काम गर्ने तरिका र सोचमा केहि परिवर्तन गर्न सक्नुपर्छ  । उदाहरणको लागी निजगढ विमानस्थल बनाउने भनेको २५ वर्ष भयो, आज सम्म जहाँको त्यहिँ छ । यो २५ वर्षमा त विमानस्थल बनिसक्नुपर्ने थियो । हामी विकाश गर्न उन्मुख त छांै तर काम भएनन । फेरी हामीले त हाम्रा छिमेकी राष्ट्रहरु सँग प्रतिस्पर्धा  गनुपर्नेछ । हाम्रा पूर्वाधारहरु सन १९९८ जस्तो थियो, आज पनि करिव करिव उस्तै छन ।

० नेपालमा पर्यटन क्षेत्र मार्फत पनि मुलुक समृद्ध बन्न सक्छन भन्ने निकै बहस भएको पाईन्छ । भुकम्प र नाकाबन्दी पछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किएको हो ? पर्यटन क्षेत्रको विकासका लागी विशेषगरि के मा ध्यान दिनु आवश्यक छ ?

पर्यटन क्षेत्रको विकास गर्न एयरलाईन्स,विमानस्थल र पुर्वधारहरुको विकाश हुनैपर्छ  । अहिले पनि निजगढ विमानस्थल बन्ने र सडक यातायात सुविधा सम्पन्न भयो भने प्रशस्तै पर्यटन नेपाल घुम्न आउँछन । भुकम्प गएको वेला २४ घण्टा नै खुल्ने एरपर्पोट अहिले खुल्न के भयो ? अलिकति व्यवस्थापन गरे त्यो सम्भव हुन्छ नी तर हामी किन त्यसो गरिरहेका छैनौं । पर्यटक आएर पनि यहाँ भित्रको सडक र पूर्वाधारको कारण दिक्क हुने अवस्था छ । काठमाडौं वाट चितवन जान एक दिन भरि,२ सय किलोमिटरको काठमाडौं पोखराको यात्रा गर्न आठ–नौ घण्टा लाग्ने भएपछि असरी पर्यटन आउँछन त ? सडक यातायातको भरपर्दो विकाश भएको भए चीन र भारत वाट प्रशस्तै पर्यटकहरु नेपाल आउने थिए । रारा जान ३ दिन लाग्छ र कम मान्छे जान्छन,सहजै रारा पुग्ने भए धेरै मानिस जान्थे नि । त्यसैले पर्यटन क्षेत्रको विकास गर्ने हो भने पूर्वाधारहरुको निर्माण गर्नैपर्छ । भएको विमानस्थल २४ सौ घण्टा खोल्नुप¥यो, नयाँ विमानस्थलहरु छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्नुप¥यो । अव त भौतिक पुर्वधार विकाश विना पर्यटन क्षेत्रको विकासको गर्नै सकिँदैन । जति गफ गरे पनि आजका दिनमा नेपाल आएका पर्यटकहरु भनेको वर्षेनी त्यहि पाँच लाख हाराहारी त हो नी ।  

० आजका दिनमा तपाईंहरु जस्ता युवा उद्यमी, व्यवसायिहरु न्ोपालमा के सम्भावना देखेर लगानी गरिरहेका छन ?

म पर्यटन क्षेत्रमा लागेको भएर भएर मैले पर्यटन गरेको छु । पर्यटन बाहेक अन्य क्षेत्रमा पनि नेपालमा उत्तिकै सम्भावना छ,नेपालमा त गर्नुपर्ने क्षेत्र र विषहरु ध्ेरै छन । विस्तारै नेपालीहरुको जीवनशैली फेरिँदो छ । हामीले राम्रा वस्तुहरु उत्पादन गर्न सकेको खण्डमा अरु देशहरुले पनि हाम्रा वस्तु लैजान्छन । नेपालले कृषि उत्पादन प्रशस्त गर्न सकेको खण्डमा हाम्रा छिमेकीहरु भारत र चीन पनि त हाम्रो वजार हो नी । जस्तै चौधारी ग्रुपले भारतमा लगायत अन्य देशमा निर्यात गरिरहेको छ । त्यस्ता अन्य ब्राण्डहरु पनि नेपालमा बढ्दै छन, विश्वभर फैलिँदै छन । हामीले विदेशवाट कच्चा पदार्थ ल्याएर यहाँ वस्तु उत्पादन गर्ने सम्भावना त छँदैछ ,त्यसवाहेक हाम्रा आफ्नै सम्भावना हरु छन । उदाहरणको लागी हाम्रो सडकको अवस्था पनि ठीक छैन । विगत दुई वर्ष अगाडीदेखि चीन संगको सडक वाटो बन्द छ । त्यो वाटो मात्र बनेको भए वर्षेनी कति पर्यटकहरु नेपाल आउँथे होला । 
नेपालमा त पुलिसले चोर समाते, हस्पिटलमा राम्रो उपचार भए, धारामा पानी आए वा वत्ति बले पनि खुशी हुनुपर्ने अवस्था छ । सवै निकायहरुले जिम्मेवारीका साथ आफ्नो जिम्मेवारी पुरा गरे हामी छिट्टै प्रगतीको वाटोमा गईहाल्छौं । अर्को कुरा नेपालमा नेता बढि जनता कम भए, विज्ञहरुको सल्लाह र सुझाव लिन छोड्यौं । विदेशमा ५२ डिगी गर्मीमा भेडा चराउन हुने, नेपालमा वाख्रा पालन गर्न किन नहुने ? नेपालमा केहि गछु भन्ने सोचको विकाश युवामा हुनुपर्छ । पैसा भएर कसैले पनि उद्यम सुरु गरेको छैन । पैसा त बनाउने हो । हामीले राम्रो विश्वविद्यालय खोल्ने हो भने अष्ट्रेलियको मान्छेले पैसा तिरेर नेपालमा पढ्न आउँछ, खाली हामीले स्तर दनुपर्छ ।

० अन्त्यमा आज पनि ठूलो संख्यामा नेपालीहरु अध्ययन, रोजगारी वा व्यवसायको सिलसिलामा विदेशमा छन । विदेशमा भएका ती नेपालीहरु प्mर्केर आएर तिनको ज्ञान,सीप र क्षमताका कारण नेपाल प्रगति हुने सम्भावनाको पनि हामी कहाँ बहस हुन्छ,तपाईं त्यस्तो सम्भावना देख्नुहुन्छ ?

म त्यो सम्भावना खासै देख्दिन । उसले त्यहा वाट फुत्केर आउनै पाउँदैन । कसैको सन्तानले नमान्लान कसैको श्रीमतिले नमान्लान् । फेरी ति देशहरुमा भए अनुसारको नेपालमा विकाश नभए सम्म उनीहरु नेपाल आउदैनन । उनीहरु त हिजोको नेपालको अवस्थाका कारण विदेशीएका हुन । ति मान्छे त नेपालमा सुविधा र अवसर नपाएर विदेश गएको हो । नेपाल फिर्किए पनि ६० वर्ष पछि आउलान । भारत र चीनमा पनि उनहरुले विकासको फड्को मारे पछि त्यहाँका मान्छेहरु देश फर्किएका हुन । विदेशमा गएका मानिस नेपालमा आएर विकाश गर्लान भनेर सोच्न सकिँदैन । कतिपयले त जिन्दगीभर कर तिरेका छन अनि उनीहरु सुविधा पाउने बेलामा नेपाल फर्कने हुरै आउँदैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।