logo

नेपालमा बहुआयामिक गरिबी २८.६ प्रतिशत

    2379   पटक पढिएको

६ असार / अर्थ र व्यापार - नेपालमा बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको छ । अक्सफोर्ड युनिभर्सिटीले विकास गरेर संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले समेत मान्यता दिइसकेको बहुआयामिक गरिबी सूचकांक (एमपीआई)ले वास्तविक गरिबीको स्थिति देखाउँछ । बहु–आयामिक गरिबीअन्तर्गत स्वाथ्य, शिक्षा, जीवनयापनका १० सूचकलाई गणना गरिन्छ, जसमा पोषण, शिशु मृत्युदर, विद्यालयमा रहने वर्ष, खाना पकाउने इन्धन, सरसफाइ, खानेपानी, विद्युत्, भूइँ (बसोबासको गुणस्तरीयता) र सम्पत्ति पर्छन् ।

अक्सफोर्ड विश्वविद्यालयको अक्सपोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओफी)द्वारा सार्वजनिक गरिएको ग्लोबल मल्टिडाइमेन्सल पोभर्टी इन्डेक्स(२०१७ (एमपीआई)अनुसार नेपालमा बहुआयामिक गरिबी २८.६ प्रतिशत छ । सन् २००६ को तथ्यांकमा आधारित पहिलो विश्लेषणअनुसार नेपालमा बहुआयामिक गरिब ६४.७ प्रतिशत रहेकामा सन् २०११ को तथ्यांकमा आधारित विश्लेषणले यो ४२.२ प्रतिशतमा झरेको थियो। हाल सन् २०१४को तथ्यांकमा आधारित विश्लेषणअनुसार घटेको हो । यसका पछाडि रेमिट्यान्स, सामाजिक क्षेत्रमा सरकारको बढ्दो खर्च र छिमेकी मुलुकहरूको उच्च वृद्धिबाट पोखिएको प्रभावजस्ता बहुपक्षीय कारणहरूले भूमिका खेलेका छन् ।

यो प्रतिवेदनअनुसार नेपालको एमपीआई सूचक ०.१२६ रहेको छ । आयको आधारमा १.९० अमेरिकी डलरको सीमाभन्दा कम आय हुने १४.९ प्रतिशत, ३.१० डलरको सीमामा ४८.४ प्रतिशत गरिब छन् भने राष्ट्रिय गरिबीको सीमारेखाअनुसार २५.२ प्रतिशत (हाल २३.२ प्रतिशतको अनुमान) गरिब छन् । नेपालका कुल गरिबमध्ये ग्रामीण क्षेत्रमा ३३.१ प्रतिशत र सहरी क्षेत्रमा ७ प्रतिशत बहुआयामिक गरिबी भएको वा कुल गरिबमध्ये ८२.६ प्रतिशत गाउँमा बस्ने र १७.४ प्रतिशत सहरमा बस्ने गरेको यो अध्ययनले देखाएको छ ।

भौगोलिक क्षेत्रअनुसार गरिबीको सघनता पनि फैलिएको छ । यसअनुसार सबैभन्दा धेरै गरिबी सुदूरपश्चिमी हिमाली क्षेत्रमा ५९.५ प्रतिशत र सबैभन्दा कम मध्य पहाडी क्षेत्रमा ११.६ प्रतिशत मात्र छ । अध्ययनअनुसार मध्य र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्र बहुआयामिक गरिबीको सघनता फैलिएको क्षेत्र हो, जहाँ औसत गरिबी दर ५२।५ प्रतिशत छ । यसपछि अत्याधिक गरिबी रहेको क्षेत्र मध्य तराई हो, जहाँ गरिबीको दर ४२.८ प्रतिशत छ ।

भौगोलिक अवस्थाका आधारमा नेपाललाई १५ क्षेत्रमा विभाजित गरेर निकालिएको सूचकांकअनुसार मध्यपश्चिमी हिमाली क्षेत्रमा ५९.५ प्रतिशत, सुदूरपश्चिम पहाडी क्षेत्रमा ५०.७ प्रतिशत, मध्यपश्चिम पहाडी क्षेत्रमा ४७.५ प्रतिशत बहुआयामिक गरिबहरू रहेकोमा मध्य तराइ क्षेत्रमा ४२.८ प्रतिशत गरिब छन् । यसैगरी, सुदूरपश्चिमी हिमाली क्षेत्रमा ३२.८ प्रतिशत, पूर्वी पहाडी क्षेत्रमा ३०.९ प्रतिशत, मध्यपश्पचिमी तराइ क्षेत्रमा ३०.२ प्रतिशत, पूर्वी तराइ क्षेत्रमा ३०.५ प्रतिशत गरिब छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।