logo

समृद्ध नेपाल, सुखी नेपाली : मेसेन्जरमा टिका, भाईबरमा आर्शिवाद

    2006   पटक पढिएको

नविन काफ्ले / विचार- नेपालीहरुको महान चाडहरु दशैं, तिहार तथा छठ पर्वहरु भर्खरै हामीवाट बिदा भएका छन । यी चाडपर्वहरुका विभिन्न धार्मिक, सामाजिक महत्व त छँदै छन, त्यसवाहेक यी चाडपर्वहरुले नेपालको वर्तमान समयको सामाजिक, आर्थिक, सांस्कृतिक र अन्य पक्षहरुको यथार्थ तस्विर पनि देखाउने गर्छन । नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र अन्य पक्षहरुवारे अध्ययन गर्नेहरुले पक्कै पनि यस विषयमा ध्यान दिएका नै छन । 

नेपालको वर्तमान कुल जनसंख्या तीन करोड छ भनेर मान्दा र सरदर एक परिवारमा पाँच जना हुन्छन भनेर भन्ने हो भने साठी लाख परिवार हुने रहेछन । आजका दिनमा रोजगारी, अध्ययन र अन्य विभिन्न प्रयोजनका लागी नेपाल बाहिर रहने नेपालीहरुको जनसंख्या ६० लाख छ भन्ने तथ्यांकलाई हेर्ने हो भने हरेक नेपाली परिवारको एक जना सदस्य रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागी नेपाल बाहिर रहेको देखिन्छ । अथवा कुनै एक परिवारका कोहि पनि विदेशीएका नहोलान र कुनै परिवारका दुई वा तीन वा त्यो भन्दा पनि वढि सदस्य विदेशीएका होलान ।

दशैं, तिहार जस्ता चाडपर्वहरुको महत्व धार्मिक रुपमा विविध भएपनि सामाजिक रुपमा भने परिवारका सम्पूर्ण सदस्यहरु एक आपसमा भेला भएर रमाईलो गर्नु नै हो । तर आजका दिनमा माथिको तथ्यांकलाई हेर्ने हो भने नेपालका अधिकांश परिवारहरुले संगै बसेर दशैं मनाउन पाउने अवस्था छैन । “नमुछे आमा दहीमा टिका.....” भन्ने गीत आज पनि नेपालीहरुले गाईरहन विवश नै छन । फरक यत्ति हो कि हिजो लाहुरेहरुले लडाईंको मैदानवाट यस्ता गीत गाउँथे भने आज साउदी अरव, खाडीका मुलुकहरु, मलेसिया वा युरोप, अमेरिका वा अष्ट्रेलिया वाट यस्तै गीतहरु गाईरहेका छन । यी गीतका शब्दहरु फेरिए होलान तर भाव लगभग उही छ ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि धेरै नेपाली वावुआमाले आफ्ना छोराछोरीको निधारमा टिका लगाईदिन पाएनन, धरै नेपाली दिदिबहिनीहरुले आफ्ना दाजुभाईहरुको निधारमा सप्तरंगी टिका लगाईंदिँदै आर्शिवाद दिन पाएनन । अथवा धरै नेपाली छोराछोरीले आफ्ना बाबुआमा र दिदि वहिनीको हातवाट टिका र आर्शिवाद थाप्न पाएनन । अझ कतिपय दिदिवहिनीहरु रोजगारी वा अध्ययनका लागी विदेशमा रहँदा आफ्ना दाजुभाईका निधारमा टिका लगाईदिन पाएनन । धेरै नेपाली बुवा,आमा र दिदि बहिनीहरुले आफ्ना छोराछोरी र दाजुभाईलाई फेसवुकको मेसेन्जरमा टिका लगाईदिए र भाईबरमा आर्शिवाद दिए । यसले नै देखाउँछ की आजका हामी नेपालीहरुले बाँचेको सरदर जीवन । फरक यत्ति हो, कोहि चर्को गर्मीमा खाडीमा काम गरिरहेको होला,कोहि युरोप वा अमेरिका होलान,तर लगभग भावना उही हो ।

चाडपर्वमा कत्ति नेपाली परिवारहरु कुन तहको खुशी थिए भनेर उनीहरुको भावना मापन गर्ने त्यस्तो प्रणाली विकास नभएपनि छोराछोरी विदेश भएका बृद्ध बावुआमाले पक्कै पनि मन खुशी वनाएन होला । श्रीमान विदेश भएका हरेक नेपालीहरु नारीहरु पक्कै दशैं,तिहारमा खुशी थिएनन होला । अझ सम्झिनुस त बुवा वा आमा वा वुवा आमा नै विदेश भएका नेपाली वच्चाहरु कसरी खुशी र सुखी भए होलान र ?

नेपाली समाजको ईतिहासलाई पछाडी फर्केर हेर्ने हो भने विं.सं.२०४७ पछि नेपालीहरु रोजगारीको लागी विदेशीने गरेका हुन (भारतमा रोजगारीका लागी जाने नेपालीहरु बाहेक ) । त्यसपछिको नेपाली राजनीतिक व्यवस्थामा आमुल परिवर्तन आइसक्यो तर देश भित्र रोजगारी सिर्जनाका वातावरण यो विचका कुनै पनि व्यवस्था र सरकारहरुले गर्न सकेनन,जसका फलस्वरुप सामान्य भन्दा सामान्य रोजगारीका लागी पनि नेपाली दाजुभाई दिदिबहिनीहरु रोजगारीको लागी विदेशीनु परिरहेको छ । 

आजका दिनमा देशमा संघिय लोकतान्त्रिक गणतन्त्र छ, जनता सार्वभौमसत्ता सम्पन्न छन । तर पेट र परिवार पाल्नकै लागी रोजगारीका लागी खाडी भासिन वाध्य छन । यता सरकारले सुन्दा पनि कत्ति राम्रो लाग्ने नारा ल्याएको छ “समृद्ध नेपाल,सुखी नेपाली” । सुन्दा मात्र पनि कत्ति आनन्द लाग्छ । तर यहि सरकार नयाँ युगको सुरुवात भन्दै जनताका लागी पहेंलो हेल्मेट लगाएर झार गोड्ने र नाली सफा गर्ने जागीर जनताका लागी खुल्ला गर्छ । अनि मन्त्रीहरु गफ चुट्छन,नपत्याए पनि जनता विरोध गर्दैन । 

आजकल जनताहरु वोल्न छोडिसकेका छन । एउटा ठूलो जनसंख्या अव बोलेर वा लेखेर केहि हुँदैन भन्ने निष्कर्षमा पुगेको छ । सरकारहरु सफल वा असफल हुनु सामान्य मान्न सकिएला तर जनतामा निराशा छायो भने त्यो भने पक्कै ठूलो समस्या हो ।
सिस्नोपानीको देउसीमा हाम्रो देशका विश्वविद्यालयहरु गौचरन बन्दैछन भन्ने सुन्दा नेताहरु हाँसी मात्र रहे । तर ती विश्वविद्यालयहरुलाई स्धार गर्ने आँट र ईच्छाशक्ति कसैले देखाएनन । बरु कता कता लाग्छ, कसले कति विगार्ने भन्नेमा प्रतिस्पर्धा भैरहेको छ, जसले गर्दा बर्षेनी हजारौं विद्यार्थी उच्च शिक्षाका लागी विदेशीन मात्र बाध्य छैनन,अर्बौ रकम पनि विदेशीइरहेको छ ।  
यता सरकार सञ्चालक र मन्त्री ज्य्हरु तथ्यांकमा यति वा उति सुधार आयो भनेर हप्तैविच्छे बोलिरहन्छन । अर्थमन्त्रीज्यु आर्थिक वृद्धिको विषयमा खुशी मनाईरहनु भएको होला । तर यदि जनताको अनुहारमा खुशी देखिएन भने न त तथ्यांकको अर्थ रहन्छ न त सुन्दै मिठो लाग्ने नारा “समृद्ध नेपाल,सुखी नेपालीको ।” बरु गत वर्ष र यस वर्षको दशैं, तिहारमा जस्तै जनता भने वर्षेनी मेसेन्जरमा टिका र भाईबरमा आर्शिवाद थाप्न बाध्य भईरहनेछन ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।