logo

समृद्ध नेपाल, सुखी नेपाली : मेसेन्जरमा टिका, भाईबरमा आर्शिवाद

    2566   पटक पढिएको

नविन काफ्ले / विचार- नेपालीहरुको महान चाडहरु दशैं, तिहार तथा छठ पर्वहरु भर्खरै हामीवाट बिदा भएका छन । यी चाडपर्वहरुका विभिन्न धार्मिक, सामाजिक महत्व त छँदै छन, त्यसवाहेक यी चाडपर्वहरुले नेपालको वर्तमान समयको सामाजिक, आर्थिक, सांस्कृतिक र अन्य पक्षहरुको यथार्थ तस्विर पनि देखाउने गर्छन । नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र अन्य पक्षहरुवारे अध्ययन गर्नेहरुले पक्कै पनि यस विषयमा ध्यान दिएका नै छन । 

नेपालको वर्तमान कुल जनसंख्या तीन करोड छ भनेर मान्दा र सरदर एक परिवारमा पाँच जना हुन्छन भनेर भन्ने हो भने साठी लाख परिवार हुने रहेछन । आजका दिनमा रोजगारी, अध्ययन र अन्य विभिन्न प्रयोजनका लागी नेपाल बाहिर रहने नेपालीहरुको जनसंख्या ६० लाख छ भन्ने तथ्यांकलाई हेर्ने हो भने हरेक नेपाली परिवारको एक जना सदस्य रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागी नेपाल बाहिर रहेको देखिन्छ । अथवा कुनै एक परिवारका कोहि पनि विदेशीएका नहोलान र कुनै परिवारका दुई वा तीन वा त्यो भन्दा पनि वढि सदस्य विदेशीएका होलान ।

दशैं, तिहार जस्ता चाडपर्वहरुको महत्व धार्मिक रुपमा विविध भएपनि सामाजिक रुपमा भने परिवारका सम्पूर्ण सदस्यहरु एक आपसमा भेला भएर रमाईलो गर्नु नै हो । तर आजका दिनमा माथिको तथ्यांकलाई हेर्ने हो भने नेपालका अधिकांश परिवारहरुले संगै बसेर दशैं मनाउन पाउने अवस्था छैन । “नमुछे आमा दहीमा टिका.....” भन्ने गीत आज पनि नेपालीहरुले गाईरहन विवश नै छन । फरक यत्ति हो कि हिजो लाहुरेहरुले लडाईंको मैदानवाट यस्ता गीत गाउँथे भने आज साउदी अरव, खाडीका मुलुकहरु, मलेसिया वा युरोप, अमेरिका वा अष्ट्रेलिया वाट यस्तै गीतहरु गाईरहेका छन । यी गीतका शब्दहरु फेरिए होलान तर भाव लगभग उही छ ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि धेरै नेपाली वावुआमाले आफ्ना छोराछोरीको निधारमा टिका लगाईदिन पाएनन, धरै नेपाली दिदिबहिनीहरुले आफ्ना दाजुभाईहरुको निधारमा सप्तरंगी टिका लगाईंदिँदै आर्शिवाद दिन पाएनन । अथवा धरै नेपाली छोराछोरीले आफ्ना बाबुआमा र दिदि वहिनीको हातवाट टिका र आर्शिवाद थाप्न पाएनन । अझ कतिपय दिदिवहिनीहरु रोजगारी वा अध्ययनका लागी विदेशमा रहँदा आफ्ना दाजुभाईका निधारमा टिका लगाईदिन पाएनन । धेरै नेपाली बुवा,आमा र दिदि बहिनीहरुले आफ्ना छोराछोरी र दाजुभाईलाई फेसवुकको मेसेन्जरमा टिका लगाईदिए र भाईबरमा आर्शिवाद दिए । यसले नै देखाउँछ की आजका हामी नेपालीहरुले बाँचेको सरदर जीवन । फरक यत्ति हो, कोहि चर्को गर्मीमा खाडीमा काम गरिरहेको होला,कोहि युरोप वा अमेरिका होलान,तर लगभग भावना उही हो ।

चाडपर्वमा कत्ति नेपाली परिवारहरु कुन तहको खुशी थिए भनेर उनीहरुको भावना मापन गर्ने त्यस्तो प्रणाली विकास नभएपनि छोराछोरी विदेश भएका बृद्ध बावुआमाले पक्कै पनि मन खुशी वनाएन होला । श्रीमान विदेश भएका हरेक नेपालीहरु नारीहरु पक्कै दशैं,तिहारमा खुशी थिएनन होला । अझ सम्झिनुस त बुवा वा आमा वा वुवा आमा नै विदेश भएका नेपाली वच्चाहरु कसरी खुशी र सुखी भए होलान र ?

नेपाली समाजको ईतिहासलाई पछाडी फर्केर हेर्ने हो भने विं.सं.२०४७ पछि नेपालीहरु रोजगारीको लागी विदेशीने गरेका हुन (भारतमा रोजगारीका लागी जाने नेपालीहरु बाहेक ) । त्यसपछिको नेपाली राजनीतिक व्यवस्थामा आमुल परिवर्तन आइसक्यो तर देश भित्र रोजगारी सिर्जनाका वातावरण यो विचका कुनै पनि व्यवस्था र सरकारहरुले गर्न सकेनन,जसका फलस्वरुप सामान्य भन्दा सामान्य रोजगारीका लागी पनि नेपाली दाजुभाई दिदिबहिनीहरु रोजगारीको लागी विदेशीनु परिरहेको छ । 

आजका दिनमा देशमा संघिय लोकतान्त्रिक गणतन्त्र छ, जनता सार्वभौमसत्ता सम्पन्न छन । तर पेट र परिवार पाल्नकै लागी रोजगारीका लागी खाडी भासिन वाध्य छन । यता सरकारले सुन्दा पनि कत्ति राम्रो लाग्ने नारा ल्याएको छ “समृद्ध नेपाल,सुखी नेपाली” । सुन्दा मात्र पनि कत्ति आनन्द लाग्छ । तर यहि सरकार नयाँ युगको सुरुवात भन्दै जनताका लागी पहेंलो हेल्मेट लगाएर झार गोड्ने र नाली सफा गर्ने जागीर जनताका लागी खुल्ला गर्छ । अनि मन्त्रीहरु गफ चुट्छन,नपत्याए पनि जनता विरोध गर्दैन । 

आजकल जनताहरु वोल्न छोडिसकेका छन । एउटा ठूलो जनसंख्या अव बोलेर वा लेखेर केहि हुँदैन भन्ने निष्कर्षमा पुगेको छ । सरकारहरु सफल वा असफल हुनु सामान्य मान्न सकिएला तर जनतामा निराशा छायो भने त्यो भने पक्कै ठूलो समस्या हो ।
सिस्नोपानीको देउसीमा हाम्रो देशका विश्वविद्यालयहरु गौचरन बन्दैछन भन्ने सुन्दा नेताहरु हाँसी मात्र रहे । तर ती विश्वविद्यालयहरुलाई स्धार गर्ने आँट र ईच्छाशक्ति कसैले देखाएनन । बरु कता कता लाग्छ, कसले कति विगार्ने भन्नेमा प्रतिस्पर्धा भैरहेको छ, जसले गर्दा बर्षेनी हजारौं विद्यार्थी उच्च शिक्षाका लागी विदेशीन मात्र बाध्य छैनन,अर्बौ रकम पनि विदेशीइरहेको छ ।  
यता सरकार सञ्चालक र मन्त्री ज्य्हरु तथ्यांकमा यति वा उति सुधार आयो भनेर हप्तैविच्छे बोलिरहन्छन । अर्थमन्त्रीज्यु आर्थिक वृद्धिको विषयमा खुशी मनाईरहनु भएको होला । तर यदि जनताको अनुहारमा खुशी देखिएन भने न त तथ्यांकको अर्थ रहन्छ न त सुन्दै मिठो लाग्ने नारा “समृद्ध नेपाल,सुखी नेपालीको ।” बरु गत वर्ष र यस वर्षको दशैं, तिहारमा जस्तै जनता भने वर्षेनी मेसेन्जरमा टिका र भाईबरमा आर्शिवाद थाप्न बाध्य भईरहनेछन ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।