logo

आश्वासनमा कति दिन बाँच्ने प्रधानमन्त्री ज्यू ?

नविन काफ्ले / विचार

    1682   पटक पढिएको

नेपाली जनताको विगत हेर्ने हो भने आश्वासनै आश्वासनले भरिएको पाईन्छ । वि.सं.२००७ सालतिर वाट सुरु भएको आश्वासन बाँड्ने प्रचलन आजका दिनसम्म त्यहि अवस्थामा छ, आश्वासनहरु जनताको जीवनमा परिणत हुने लक्षण देखिएको छैन । आम जनतालाई २०४६ साल भन्दा अगाडी बहुदल आएपछि सब ठीक हुन्छ भन्ने आश्वासन दिईयो, त्यसपछि गणतन्त्र आएपछि सवै ठिकठाक हुन्छ भनियो । त्यसपछि पनि जनतालाई सम्बृद्धिको सपना देखाउने मात्र काम भयो, संविधान बनेपछि, स्थानिय निकायको चुनाव भएपछि वा केन्द्रको चुनाव भएपछि । त्यसपछि नयाँ सरकार बनेपछि । 

त्यो आश्वासनको क्रम आजका दिनसम्म पनि जारी छ । नयाँ सरकार बनेपछि पनि जनतालाई आश्वासन बाँड्ने कुरा आजका दिनसम्म पनि जारी नै राख्नुभएको छ । अव त तपाईं प्रधानमन्त्री बन्नुभएको पनि करिव तीन महिना नै हुन लाग्यो । हुनत काम गरेरै देखाउन समय लाग्ला तैपनि तपाईंले चाहनुभएको खण्डमा काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न कति पो समय लाग्छ र ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बखत गरे सम्भव हुँदो रहेछ भन्ने त रातारात पिच गरिएका सडकहरुले नै देखाउँछन नि,होईन र ?

पछिल्लो निर्वाचनमा जनताले दुई तिहाई मत बाम गठबन्धनलाई दिएको स्थिर सरकार र विकासका लागी हो भन्ने विषय घामजस्तै छर्लंगै छ । तर सरकार बनेपछिका हाम्रा मन्त्रीज्युहरु प्राय चर्चाका लागी मात्र बोल्ने र आश्वासनै बाँडिरहनुभएको छ । यहाँले प्रधानमन्त्री बनेपछि पनि बारम्बार यो सरकार भ्रष्टाचार रोक्न र आर्थिक सम्बृद्धिका लागी कटिबद्ध रहेको वताउने गर्नुभएको छ । आर्थिक सम्बृद्धि भन्ने कुरा हाम्रा नेताज्युहरुले जति सजिलै भाषणमा भन्ने गर्नुभएको छ,त्यसैगरि रातारात प्राप्त हुने विषय होईन,त्यो त उचित वातावरणमा आवश्यक लगानी,श्रम र सीपले मात्र प्राप्त हुन्छ । 

दिनहुँ हजार बाह्र सय नेपाली युवाहरुलाई श्रम गर्न खाडी वा मलेसिया पठाएर, भएका खेतियोग्य जमिन बाँझै राखेर हामी दैनिक आर्थिक सम्बृद्धिका गफ मात्र त चुटिरहेका छैनौं ? सम्बृद्धि चाहने हामीले नेपाललाई सम्बृद्ध बनाउन सक्ने आधारहरुको सहि ढंगले परिचालन नगर्ने तर भाषणमा मात्र आर्थिक सम्बृद्धिको रटान जति लगाए पनि सम्बृद्धि “आकाशको फल आँखा तरि मर” मै सिमित हुनेछ । 

दैनिक १८ घण्टाको लोडसेडिङ खेपिरहेका जनताको पिडादायी अवस्थामा एकजना मन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको सहि व्यवस्थापकिय योजनाले मात्र पनि देशलाई अर्बौ घाटा लाग्न वाट जोगाउन सकिँदो रहेछ नि त । सम्बृद्धि हाँसिल गर्ने हो भने सरकारको सहि योजना,जनता र लगानीकर्तामा उत्साह संगसंगै आउनुपर्छ । सडकका साना तिना खाल्डाखुल्डी मात्र पुर्ने हो भने पनि काठमाडौं अलि सुन्दर हुँदो हो, काठमाडौंको धुलोको मात्र सहि ढंगले समाधान गर्ने हो भने पनि जनता अलि स्वस्थ हुँदा हुन । 

यति काम गर्न धेरै गाह्रो छँदै छैन । भएकै स्रोत साधनको प्रयोग गरेर ईच्छाशक्ति मात्र भयो भने पनि धेरै गर्न सम्भव छ । सडककै खाल्डाखुल्डीमा पानी जमेर पार गर्न नसक्ने यथार्थका विच कति दिन नेपाली जनता पानीजहाज र रेलको सपनामा बाँचिरहने ? पहिले भएकै पूर्वाधारलाई व्यवस्थित गरौं,रेल दुई चार वर्ष पछि चडौंला । 

अव दोष कसैलाई थोपरेर हुँदैन,गर्ने ठाउँमा सरकार छ,यो भएन वा त्यो भएन भनेर रोई कराई गरेर केहि हुनेवाला छैन । मेरो तलाका सामान्य सुझावहरुलाई मात्र लागु गर्न सकेपनि नेपाली जनताको दैनिकी निकै सुखद हुँदै देशको सम्बृद्धिको यात्रा तय हुनेछ ।

१) व्यवसायिक कृषि गर्न चाहने युवाहरुका लागी सहज प्रक्रिया र विधिवाट ऋण प्रदान गर्ने वातावरण बनाईयोस । 
२) सडकको अवस्था सुधार गर्नका लागी सडक विभागमा एउटा छुट्टै टास्क फोर्स निर्माण गरियोस,जसले तत्काल काम गरि सडक मर्मत गरोस ।
३) सहकारी संस्थाहरुमा नियमन गरि ग्रामीण अर्थतन्त्र र जनताको जीवन स्तर सुधारका लागी सच्चा सारथि बनाईयोस । सहकारीलाई घर–जग्गा र महलहरु निर्माणको वाटोमा जान रोकियोस ।
४) विभिन्न क्षेत्रका व्यवसायिक संस्थाहरु मार्फत लागिएको सिन्डिकेट एकै पटकमा मन्त्रिपरिषदवाट खारेज गरियोस र प्रतिस्पर्धी बजारको निर्माण गरियोस ।
५) स्वास्थ्य क्षेत्रमा भएको मनपरीतन्त्र,बढि शुल्क असुल्ने हरुलाई कार्वाही गरियोस । स्वास्थ्य क्षेत्रमा सरकारको उपस्थिति बढाउँदै गरिव जनताले सरकारी अस्पतालहरुमै उपचार गर्न सक्ने उचित व्यवस्था मिलाईयोस । 
६) निजी विद्यालयहरुले लिने मनपरी शुल्क खारेज गर्दै उचित शुल्क तोकियोस, सरकारी विधालयहरुको सुधारमा विशेष जोड दिईयोस ।
७) सम्पूर्ण सरकारी निकायहरुलाई प्रविधी मैत्री बनाईयोस, जसवाट ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य होस ।
८) बैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृतिहरुको अन्त्य गर्न विशेष योजना बनाई कार्यान्वयन गर्दै, स्वदेशमा स्वरोजगारको लागी एउटा विशेष योजना प्रधानमन्त्री कार्यालयले नै सञ्चालन गरोस ।
९) नेपालको सम्बृद्धीका आधारका रुपमा रहेका कृषि,पर्यटन र जलविधुत मन्त्रालयका मन्त्री ज्युहरुलाई उद्घाटन र सार्वजनिक कार्यक्रमहरु जान रोकेर मन्त्रालमै निति निर्माण,योजना र अनुगमनका काममा मात्र केन्द्रित गरियोस ।

यति काम मात्र गर्न सकेको खण्डमा पनि जनताले राहतको महशुश गर्न सक्नेछन र जनता खुशी हुनेछ । यि खुशी जनता राज्यको सहि योजनामा समाहित भए भने केहि वर्षमै हामीले चाहेको सम्बृद्धि सम्भव छ । यो सम्बृद्धि यात्राको नेतृत्व गर्ने अवसर समयले तपाई प्रधानमन्त्री केपि ओलि लाई दिएको छ । जनतालाई अव आश्वासन होईन,रिजल्ट चाहिएको छ । सहि नेतृत्व गर्नुहुन्छ, देशले यहाँलाई वर्षौसम्म सम्झिरहनेछ,गर्नुहुन्न हाम्रो पुस्ता मात्र होईन,आगामी पूस्ताको भविष्य पनि अन्धकार नै हुनेछ ।    


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।