logo

फितलो तयारीको नेपाल भ्रमण वर्ष–२०२०

नविन काफ्ले / विश्लेषण

    2364   पटक पढिएको

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष–२०२० को घोषणा गरेको छ । नाराका हिसाबले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य जति राम्रो सुनिन्छ, व्यवहारिक हिसाबले हेर्ने हो भने निकै हाँस्यास्पद,उडन्ते र हावादारी देखिन्छ । यसका पछाडी नेपालको पर्यटन क्षेत्रको विगत,हाम्रा राजनितिक नेतृत्वको बेईमानी,सरकारी निकायहरुको असक्षमता र निरिह निजी क्षेत्र जिम्मेवार छन ।

मुख्यतः नेपालमा हिमाल आरोहण संगै सुरु भएको पर्यटन क्षेत्रको ईतिहास पचास वर्षजतिको रहेको विज्ञहरु वताउँछन । करिव पचास वर्षको ईतिहास बोकेको नेपालको पर्यटन क्षेत्र हालका दिनसम्म आईपुग्दा बल्लतल्ल वार्षिक करिव नौ लाख केहि हजार (यो सम्पूर्ण तथ्यांकलाई पर्यटक नमान्नेहरु पनि छन) भित्र्याउने अवस्थामा आईपुगेको छ । सन २०१८ को अन्त्यतिर आईपुग्दा अवको एक वर्षको तयारीमा कसरी २० लाख पर्यटक नेपाल भित्र्याउन सक्छौं भन्नेमा गम्भिर बहस,तयारी र त्यसको व्यवस्थापनको विषयमा सोच्नैपर्छ ।

राजनीतिक नेतृत्वको वेईमानी 

नेपालमा यसअघि पनि राजनीतिक नेतृत्वले कहिले नेपाललाई सिंगापुर त कहिले स्विट्जल्याण्ड बनाईदिने सपना बाँडेकै हुन । ठीक त्यसैगरि सन २०२० मा २० लाख पर्यटकको नारा बाँडेको देखिन्छ । उद्देश्य चन्द्र छुने नै लिनुपर्छ, त्यसमा यो पंक्तिकार पनि सहमत छ, तर साहित्यमा त्यो जति सम्भव छ, यथार्थमा त्यस्तो हुँदैन । यथार्थ साहित्य भन्दा फरक छ, यथार्थ त हाम्रै विगतका तथ्य, तथ्यांक, विश्व पर्यटन बजारमा रहेको घुम्ने संस्कृति, नेपालको पर्यटन प्रवद्र्धन रणनिति र दायरा, हाम्रा सरकारी निकायहरुको कार्यशैली र कार्यक्षमता, हाम्रा पूर्वाधारहरु, नेपालका पर्यटकीय गन्तव्यहरु र नेपालको निजी क्षेत्रमा आधारित छ ।

करिव पचास वर्षको प्रयासमा पनि दश लाख पर्यटक भित्र्याउन नसकेको नेपालले यो एक वर्षको तयारीमा २० लाख पर्यटक भित्र्याउन संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको राजनीतिक नेतृत्व संग कुन जादुको छडी छ ? यदि छ र त्यो सम्भव भयो भने त राम्रै हो, होईन भने, सन सन् २०२१ को जनवरीमा यो लक्ष्य सफल भयो भनेर भन्न सक्ने हैसियत वर्तमान पर्यटन मन्त्री संग होला त ? यहि ढंगको कार्यशैलीले स्पष्ट छ– सम्भव छैन । पर्यटन मन्त्रालयका उच्च अधिकारीहरुले नै यो पंक्तिकारसंग स्पष्ट भनेका छन–सम्भव छैन । अर्कोतर घुमाउरो हिसावले वर्तमान पर्यटन मन्त्री र मन्त्रालयका उच्च अधिकारीले दिने तर्क छ–सन २०२० मा नै नआएपनि २१ वा २२ मा पर्यटक बढ्ने गरेको हाम्रो विगतको अनुभवले देखाउँछ । यदि यसो हो भने जानाजान सन् २०२० मा २० लाख भन्ने झुटको नारा किन फ्याँकियो त ? बरु त्यसको सट्टा बाह्र,पन्ध्र वा सम्भव जति हो, त्यतिको नारा किन ल्याईएन त ? स्पष्ट छ–यो फेरी अर्को राजनीतक बेईमानी हो ।

खोई तयारी ?

फेरि पनि दोहो¥याउन चाहन्छु, उद्देश्य ठूलो लिनु राम्रो हो, तर ठूलो उद्देश्य लिएपछि पूर्वतयारी, तयारी, व्यवस्थापन र प्रवद्र्धन पनि मेहनतका साथ नै गर्नुपर्छ । सन् २०१८ को करिव अन्त्यतिर नोभेम्वर महिनामा हामी छौं । खोई त डिसेम्बरमा यो,जनवरी,फेव्रुअरी,मार्च,अप्रिल र मे मा यो काम गछौं भन्ने कार्ययोजना ? आजका दिनसम्म ति योजनाहरु बाहिर आएको छैन । तयारी यत्ति मात्र देखिन्छ कि भ्रमण वर्षको संयोजकमा सुरज बैद्यलाई नियुक्त गरियो भन्ने मन्त्रालयले जनाएको छ । बैद्यकै विषयमा निजी क्षेत्रवाटै सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रियाहरु आएका छन, समयले उनको पनि मुल्यांकन पक्कै गर्नेछ । त्यतातिर पनि नजाऔं, अन्य तयारी कहाँ के हुँदै छ भन्ने विषय प्रमुख हो । 

भद्रगोल नेपाल पर्यटन वोर्ड र अप्रभावकारी प्रवद्र्धन शैली

नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनको मुख्य जिम्मेवारी बोकेको संस्था नेपाल पर्यटन वोर्ड भद्रगोल अवस्थामा छ । यसको संरचना देखि यसको कार्यशैली र कार्यपद्धतिमा नै धेरैलाई विश्वास लाग्न छोडको मात्र छैन,अप्रभावकारी पनि देखिएको छ ।

मन्त्रीले नियुक्त गर्ने आफ्ना पकेटका सञ्चालकहरु पर्यटन क्षेत्रका विज्ञ हुँदैनन भन्ने विषय स्पष्टै छ, त्यसमा बहस गर्न जरुरी छैन । विज्ञहरुलाई पर्यटन वोर्डको सञ्चालकमा नियुक्त गर्ने संस्कार आएकै छैन ।

अर्कोतिर विगतमा देखिएको भ्रष्टाचार र अनियमितताको धङधङी वा अख्तियार वा अन्य निकायलाई ते¥स्याएर कामै नगर्ने संस्कार वोर्ड कर्मचारीहरुमा छ । वोर्डको नेतृत्वले कर्मचारीलाई प्रेरणा जगाउनै सकेको छैन ।

रह्यो, प्रचार र प्रवद्र्धनको शैली । विश्वले प्रविधिमा यति ठूलो फड्को मारिसक्यो, नेपाल पर्यटन वोर्ड भने ब्रुसर युगवाट माथि उठ्न सकेको छैन । विश्वका विभिन्न मुलुकमा आयोजना हुने ट्राभल फेयर र पर्यटन सम्मेलनमा नेपालको उपस्थिति अप्रभावकारी मात्र होईन, वोर्डका कर्मचारीहरुलाई घुम्ने मेसो मात्र बनेको अवस्था छ । त्यसको ज्वलन्त उदाहरण हो–पछिल्लो एक–दुई वर्षमा विश्वका विभिन्न देशमा आयोजना हुने ट्राभल फेयरहरुमा घट्दो नेपाली पर्यटन व्यवसायीहरुको आकर्षण । कतिपय फेयरहरुमा त वोर्डका कर्मचारीहरु केहि दिन स्टल छोडेर फरार हुने गरेका यथार्थहरु धेरै सुनाईन्छ । 

यदि साँच्चिकै नेपाल पर्यटन वोर्डलाई प्रभावकारी वनाउने हो भने यसलाई विज्ञहरु सम्मिलित थिंक ट्यांक अर्गनाईजेसनको रुपमा पूर्नगठन गर्नु आवश्यक छ, जसले विश्व पर्यटन वजारको विश्लेषण,नेपालले लिनुपर्ने रणनीति, सुधार गर्नुपर्ने सरकारी निति, पूर्वाधारको सहि मुल्यांकन, प्रविधिमैत्री प्रभावकारी प्रवद्र्धन शैली अपनाउन सकोस र सरकारको पर्यटन सल्लाहकारको भुमिका निर्वाह गर्न सकोस । यसको अर्थ वर्तमान पर्यटन मन्त्रीले गठन गरेजस्तो विज्ञ समुह भन्न खोजिएको होईन ।

नसुधारिएको विमानस्थल र दीर्घकालिन समस्याको उड्ड्यन क्षेत्र

सन् २०१५ को मार्च महिनामा टर्किस एयरलाईन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा तीन दिनसम्म ठप्प बनेको विगतवाट नेपाल कुनै शिक्षा लिन सकेन । जसको कारण आज पनि नेपालको अवस्था त्यहि छ । सन् २०२० लाई तयार हुने गरि कुनै विमानस्थलहरु तयार हुन सक्ने वा त्रिभुवन विमानस्थलमा अर्को रनवे निर्माण हुन सकेन । हालका उडानहरुलाई नै व्यवस्थित गर्न विमानस्थललाई सकस परिरहेको अवस्थमा थप अन्तर्राष्ट्रिय उडानहरु ल्याउन सम्भव नभएको विमानस्थलकै जानकारहरु वताउँछन । यस्तो अवस्थामा कसरी एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ, त्यसको चित्तवुझ्दो उत्तर सरकारी निकायहरु संगै छैन ।

जानकारहरु भन्छन–जुन देशको राष्ट्रिय ध्वजाबाहक सशक्त बन्न सक्दैन,त्यो देशको पर्यटन क्षेत्रले ह्वात्तै फड्को मार्न सक्दैन । हाम्रो राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम दीर्घकालिन दुष्चक्रमा फसेको छ । हालैका दिनमा वाईडवडी खरिद सम्बन्धि प्रकरण पनि त्यसैको निरन्तरता हो । एउटा कुरा स्पष्ट भन्न सकिन्छ कि –नेपालका हवाई माफियाहरु नेपाल वायुसेवा निगमलाई सुधारिएको देख्न चाहँदैनन । उनीहरु राज्यको मन्त्रीस्तर मात्र होईन, प्रधानमन्त्री र उच्च राजनीतिक तहसम्म सहजै पहुँच राख्न सक्छन र नितिगत रुपमा दवाव सिर्जना गर्न सक्छन । यो अवस्था रहेसम्म नेपाल वायुसेवा निगम कुनै न कुनै बहानामा यस्तै दुष्चक्रमा फसिरहन्छ र नेपालको पर्यटन क्षेत्रले पनि फड्को मार्न सक्दैन ।

अल सिजन अवधारणाको आवश्यकता

नेपालको सवैभन्दा सशक्त पक्ष भनेको सेवा र पूर्वाधार नै हो । राज्यस्तरवाट विमानस्थल,सडक लगायतका पूर्वाधारका क्षेत्रमा सुधार गर्न सकिएको छैन । तर नेपालको निजि क्षेत्रले जसरी पर्यटन क्षेत्रका पूर्वाधारहरुमा लगानी गरिहरकोको छ वा अन्तर्राष्ट्रिय चेन होटलहरु जसरी नेपालमा आकर्षित भएका छन, त्यो सकारात्मक पक्ष हो । सिजन र अफ सिजनको मान्यतालाई अन्त्य गर्दै अल सिजन अवधारणामा जान सक्ने सरकारी योजनाको मात्र खाँचो छ ।

गैरजिम्मेवार निजी क्षेत्र
सरकारको यो योजनामा नेपालको निजी क्षेत्र र निजी क्षेत्रका व्यवसायिक संघ–संस्थाहरु सहयोगी बन्न सकेका छैनन । निजी क्षेत्रका पर्यटनका व्यवसायिक संस्थाहरु राजनीतिक दुष्चक्रमा फस्दा भिजनविहिन र निष्प्रभावी देखिएका छन ।

पछिल्लो समय गैरजिम्मेवार निजी क्षेत्रका कारण नेपालको पर्यटन क्षेत्रको विश्वभर नकारात्मक प्रचार भयो । हिमालमा पर्यटकलाई विरामी बनाएर गरिने फेक रेस्क्युका विषयमा पर्यटन मन्त्रालयले छानविन कार्यदल त वनायो तर कार्यदलले दिएका सुझाव र गलत गर्नेलाई कार्वाही नगर्दा निजी क्षेत्रमा गैरजिम्मेवारीपन बढेर गएको छ । मन्त्रालयले नेपालमा अव यस्तो प्रवृत्ति दोहोरिन दिईनेछैन भनेर विश्वभर सकारात्मक प्रचार गर्नुपर्नेमा दोषिलाई जोगाउन मन्त्रालय आँफै लागेको भन्ने सम्मका विषय बाहिर आएका छन । यस्ता गलत प्रवृत्ति कायम रहँदासम्म नेपालमा सन २०२० मा २० लाख पर्यटक सम्भव देखिँदैन ।

अन्त्यमा
नेपाल भ्रमण वर्ष २०२० को लागी राज्यको करोडौं रुपैयाँ खर्च हुनेछ । तर लक्ष्य प्राप्ति भएन भने, त्यसको जिम्मेवारी कसैले लिनु पर्छ कि पर्दैन ? 

वर्तमान संस्कृति,पर्यटन तथा नागरिक उड्ड्नयन मन्त्री रविन्द्र अधिकारी नेपालका सम्भावना बोकेका, बुझेका र भविष्य भएका युवा नेताका रुपमा उदाहरण लिईने नाम हो । तर मन्त्रालयको नेतृत्व सम्हालेका दिन देखि नै जसरी उनका विषयमा र मन्त्रालयको विषयमा विवादहरु आईरहेका छन, त्यो पक्कै शुभसंकेत होईन । लामो राजनीतिक भविष्य बोकेका मन्त्रीको लागी नेपाल भ्रमण वर्ष २०२० झुटको खेती नबनोस ।
  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।