logo

राष्ट्र बैंक लघुवित्त अध्ययन समितिको निष्कर्ष: तत्काल ऋण तिर्न नसक्नेलाई ६ महिनाको समय अवधी थपौं

    147   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – लघुवित्त अध्ययन समितिले लघुवित्तले तत्काल गर्नुपर्ने कामको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या समाधानका लागि अध्ययन गर्न गठन गरिएको समितिले प्रतिवेदन तयार पार्ने क्रममा लघुवित्तबाट ऋण लिएर तत्काल तिर्न नसक्ने ऋणीलाई ६ महिनाको समय अवधी थप गरिनुपर्ने निष्कर्ष निकालेको हो ।
राष्ट्र बैंकले तयार पारेको ‘लघुवित्त अध्ययन प्रतिवेदन’मा आर्थिक शिथिलता वा आफ्नो वशभन्दा बाहिरको कारण किस्ता रकम बुझाउन नसकेका ऋणीको हकमा साँवा भुक्तानी बुझाउने समय ६ महिनाको लागि थप गरी सहजीकरण गर्न सकिने भनिएको छ । यसैगरी, लघुवित्तले ग्राहकलाई ब्याजमा केही छुट दिएर पनि आफ्नो ऋण असुल गर्न सक्ने राष्ट्र बैंकको निष्कर्ष छ ।
त्यसैगरी, दुई वा सो भन्दा धेरै संस्थाबाट ऋण लिएका ऋणीहरूलाई लघुवित्त वित्तीय संस्थाहरूले आपसी समझदारीमा मर्ज गराउनुपर्ने राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘ऋणीबाट कुनै प्रकारको शुल्क नलिइ बचत तथा कर्जा साटासाट वा स्वीकार गर्न सक्ने व्यवस्था गर्ने’ राष्ट्र बैंकले सार्वजनिक गरिएको सो प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, संस्थाको सीमाभन्दा बढी शाखाहरू रहेका ठाँउमा आपसी समझदारीमा शाखा खरिद बिक्री वा साटासाट गर्न सकिने पनि राष्ट्र बैंकको निष्कर्ष रहेको छ । संस्थाले निष्क्रिय कर्जा उच्च भएमा र दोहोरोपना, एकल कर्जा सीमाको अत्याधिक चापमा रहेका संस्था पहिचान गरी सो समस्या समाधानकालागि संस्थाले गर्नसक्ने÷गरेका प्रयासको सम्बन्धमा सञ्चालक समितिबाट कार्ययोजना माग गर्नुपर्ने भनिएको छ ।
लघुवित्त संस्थाको कार्ययोजना विश्लेषण गरी संस्थाको आन्तरिक क्षमता तथा स्रोतबाट समस्या समाधान गर्न नसक्ने खालका संस्थालाई बाध्यात्मक मर्जर गर्ने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव सो प्रतिवेदनमा समावेश गरिएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘लघुवित्त अध्ययन प्रतिवेदन’ अनुसार लघुवित्तका कुल ऋणीमध्ये १८.२ प्रतिशत ऋणीले २ वा सोभन्दा बढि संस्थाबाट ऋण लिएको पाइएको हो ।
जसमध्ये एक व्यक्तिले मात्र २३ वटासम्म संस्थाबाट ऋण लिएको पाईको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लिएको छ भने एक ऋणीलाई १७ वटा संस्थाबाट २२ कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार ८ सय ३४ कर्जा रुपैयाँसम्म कर्जा प्रवाह भएको छ ।’
राष्ट्र बैंकको सो प्रतिवेदन अनुसार एउटै व्यक्तिले बिभिन्न संस्थाबाट ५२ लाख १७ हजार रुपैयाँसम्म कर्जा लिएको पाइएको उल्लेख छ । प्रतिवेदन अनुसार बहुसंस्थाबाट कर्जा लिएका ऋणीले समग्रमा १ खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग गरेका छन् ।
लघुवित्तका कुल ऋणीको ८१.८ प्रतिशतले एकवटा मात्र संस्थाबाट मात्र ऋण लिएका छन । कुल ऋणीमध्ये २ वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, ३ देखि ५ वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन् ।
यसैगरी, सो प्रतिवेदनले विगतमा लघुवित्त वित्तीय संस्थाहरूको नाफा उच्च रहेकोमा हाल न्यून रहेको देखाएको छ । लघुवित्त वित्तीय संस्थाहरूको स्प्रेड (प्रभावकारी ब्याजदर र कोषको लागत बीचको फरक) विगतमा ८ प्रतिशत भन्दा माथि रहेकोमा २०७९ चैत्रमा घटेर ६ प्रतिशत पुगेको छ ।
फलस्वरुप, कोभिडको अवस्थामा बाहेक पुँजीको प्रतिफल अधिकांश वर्षहरूमा २५ प्रतिशतभन्दा माथि रहेकोमा २०७९ चैतमा ५.२ प्रतिशतमा झरेको छ । संस्थागत रुपमा २० वटा लघुवित्त वित्तीय संस्थाको पुँजीको प्रतिफल ऋणात्मक रहेको छ ।
२०७९ सालको चैतमा कोषको लागत १०.५ प्रतिशत र प्रभावकारी ब्याजदर १६.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति

सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पुर्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पु¥याउन सम्बन्धीत सरोकारवाला निकाएहरुलाई निर्देशन दिएका छन । सामाजिक सुरक्षा कोषद्धारा काठमाडौमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन ।

वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना हुने

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।