logo

सबै बैंकमा आरटीजीएस : चेक नकाटी खाताबाट पैसा निकाल्न सकिने

    1216   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार - आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको हो ।

अन्य देशहरुमा धेरै पहिला सुरु भए पनि नेपालमा ४ महिनाअघि मात्र यसलाई कार्यान्वयनमा ल्याउने पहल भएको थियो । अहिले यो प्रणाली सबै बैंकमा पूर्णरुपमा सुचारु भएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमहादुर मिश्रले बताए ।

उनले भने, ‘दुई दिनदेखि यो पूर्णरुपमा कार्यान्वयन भएको छ, अब पैसा निकाल्न चेक काट्नु पर्दैन ।’
आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक चाहिने छैन । मिश्रका अनुसार राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेको हो ।

बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । अहिले चेक क्लियरिङ गर्न पनि बिहानै दिँदा साँझसम्म पर्खनुपर्ने र साँझ दिए भोलि मात्रै खातामा रकम जम्मा हुने गरेको थियो । तर, अब रकम तत्कालै जम्मा हुने र शुल्क समेत कम लाग्ने मिश्र बताउछन् । यसबाट समय र रकम दुबै बचत हुने उनको भनाइ छ ।

कसरी दिइन्छ सेवा ?

आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो । चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुने लगायत विभिन्न सुविधा यसमा  हुन्छन् । यो प्रणालीको माध्यमबाट घरबाटै पनि कारोबार गर्न सकिने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन्  ।

‘अहिले इन्टरनेट बैंकिङबाट पनि घरमै बसेर कारोबार गर्न सकिन्छ, अर्को खातामा पैसा ट्रान्फर गरिन्छ,’ उनले भने, ‘तर यो सिस्टम अलि फरक छ, अहिले हामीले इन्टरनेटरमोवाइल बैंकिङबाट ट्रान्सफर गर्दा तत्कालै मेसेज जान्छ तर खातामा ब्यालेन्स जम्मा भएको हुँदैन । तर यो सिस्टमले तत्कालै जम्मा गर्छ ।’

यो प्रणालीबाट कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नु पर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण गर्न सकिने उनले बताए ।

तर अहिले २ लाख रुपैयाँ भन्दा कमको कारोबार भने यस प्रणालीबाट हुँदैन । ठूलो कारोबारहरुका लागि यो प्रणाली उपयुक्त हुने उनले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।