logo

नबिललाई राम्रो संस्था खोजेर मर्ज गर्न लगानीकर्ताको सुझाब

    1171   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार - नबिल बैंकका शेयरधनीहरुले आफुभन्दा साना बैंकहरु कुम जोड्ने गरि आइसेकको हुँदा यस विषयमा छिट्टै विचार गर्न ब्यवस्थापन र सञ्चालक समितिलाई सुझाब दिएका छन्। 
बैंकको ३५ औं वार्षिक साधारणसभामा बोल्दै शेयरधनीहरुले एउटा सानो तर राम्रो बैंकलाई गाभ्न सुझाब दिएका हुन्। 

‘पछिल्लो समय बैंकहरु ठूला भए पनि बलिया हुन सकेका छैनन्। ती बैंक बलिया हुनुभन्दा अगाडि आफू पनि अझ ठूलो र बलियो हुन आवश्यक छ,’ एक शेयरधनीले भने, ‘बलिया छैनन् भन्दा भन्दै उछिनेको पत्तो नपाइने हुँदा यस विषयमा बैंकले विचार गर्न जरुरी छ।’

लगानीकर्ताको गुसानो सम्बोधन गर्दै अध्यक्ष शम्भुप्रसाद पौडेलले आवश्यक परेका खण्डमा मात्रै अर्को संस्था खोज्ने प्रतिक्रिया दिए। उनले भने ‘सञ्चालक समितिभित्र पनि कुनै एक संस्थालाई भित्र्याउने या नभित्र्याउने विषयमा छलफल भएको छ तर टुंगो लागेको छैन।’ 

अधिकांश लगानीकर्ताहरूले शाखा विस्तारसँगै आफ्नै पुँजीबाट बैंकलाई बलियो बनाउन सुझाव दिएका थिए। यस्तो सुझावलाई पनि पौडेलले सम्बोधन गर्दै भने ‘आवश्यक र्पयो भने जगेडा कोषबाट बोनस शेयर दिएर भए पनि पुँजी बढाउने विकल्प हामीसँग छ।’

व्यवस्थापनभित्र बैंकले एउटै संस्था लिएर बलियो हुन्छ कि धेरैवटा संस्था लिएर बलियो हुन्छ भन्ने विषयमा पनि छलफल भएको अध्यक्ष पौडेलले बताए। तर केही लगानीकर्ताहरुले अहिलेसम्म अन्य बैंकलाई मर्ज गर्नु नपर्ने अवस्था आएकोले भोलिका दिनमा पनि सकेसम्म मर्ज नगर्न सुझाएका थिए। पौडेलले हरेक लगानीकर्ताको सुझाव तथा गुनासोलाई तुरुन्तै सम्बोधन गर्ने प्रयास गरेका थिए। 

बैंकले दिएको लाभांश प्रति प्रश्न गर्दै अधिकांश लगानीकर्ताले नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिनु पर्ने बताएका थिए। त्यसै पनि भोलिका दिनमा बैंकलाई पुँजी आवश्यक पर्ने भएको हुँदा नगद लाभांश नबाँडेको भए राम्रो हुने थियो भन्ने गुनासो साधारण शेयरधनीको थियो। 

धेरै लगानीकर्ताले बोनस शेयरको माग गरेपछि अध्यक्ष पौडेलले भने ’अहिले बोनस शेयर दिँदा तपाईहरुकै शेयर मूल्यमा गिरावट आउने छ। अहिले बोनस शेयर दियो बुक क्लोजपछि मूल्य समायोजन भएर दोस्रो बजारमा अझ मूल्य घट्ने हुँदा तपाईहरुका हितका लागि पनि बोनस शेयर भन्दा नगद लाभांश बढि लाभप्रदायक हुन्छ।’

युनिलिभरको उदाहरण दिँदै पौडेलले बोनस शेयर दिँदैमा कम्पनीको मूल्य घट्छ भन्ने नहुने बताए। युनिलिभरले अहिलेसम्म एक कित्ता बोनस शेयर नदिँदा पनि शेयर मूल्य सबैभन्दा धेरै छ। त्यसैले अर्को वर्ष धेरै लाभांश पाउनका लागि पनि बोनस शेयर लाभदायक नहुने उनले तर्क दिएका थिए। 

बैंकको जगेडा कोष तथा सञ्चित मुनाफासहित १३ अर्ब रुपैयाँ भएकाले आवश्यक परेमा ठुलो बैंक हुन कुनै नमस्या नभएको शेयरधनीहरुको तर्क थियो। अन्य बैंकहरु पुँजीको हिसाबले धेरै ठुला देखिए पनि नाफाका हिसाबले अझै पनि सानो भएको हुँदा अहिलेको विरासत कायम गर्न उनीहरुको आग्रह थियो। 

बैंकको निक्षेप तथा कर्जा लगानी अझै पनि केहि व्यक्ति तथा संस्थाहरुमा आश्रित भएकोले सर्वसाधारणहरुपमा पनि पुग्न उनीहरुले आग्रह गरेका थिए। अन्य बैंकहरुले भटाभट शाखा विस्तार गरिरहँदा नबिलको भने ९७ वटा मात्रै छ । किन शाखा विस्तारमा ध्यान नदिएको भन्दै प्रश्न उठेको थियो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।