logo

पेट्रोलियम पदार्थको मुल्यबृद्धि र भारी भन्सार छुटले विद्युतीय सवारीमा आकर्षण बढ्यो 

चार महिनामै २७ सय सवारी भित्रियो

    768   पटक पढिएको

९ मंसिर / अर्थ र व्यापार – पछिल्लो समय मुलुकमा भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि र भारी भन्सार छुटका कारण नेपाली उपभोक्ताबीच विद्युतीय सवारी साधनमा आकर्षण बढेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत नै सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गरेको र यस्ता सावारी आयात गर्दा भारी भन्सार छुट दिएका कारण विद्युतीय सवारीको प्रयोगकर्ता करिब दुईसय प्रशितले बढ्न थालेको भन्सार विभागले जनाएको छ । 
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक गत कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा विद्युतीय सवारी साधनको आयात १ सय ८४ प्रतिशतले बढेको छ । विभागको तथ्यांक अनुसार चालू आवको पहिलो महिना गत साउनदेखि कात्तिकसम्म विद्युतीय सवारी साधान मात्रै दुई अर्ब २१ करोड रुपैयाँ बराबका २७ सय ६१ वटा सवारी साधन भित्रिएका छन् । यस्तो सवारी आयात अघिल्लो वर्षको सोही अवधिमा जम्मा १० करोड रुपैयाँको ९ सय ७२ वटा मात्रै भित्रिएका थिए । 
विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा विद्युतीय सवारी आयात १७ सय ८९ वटाले बढेको छ । यस्तो सवारी आयात चालू आवको पहिलो चौमासिकमा मात्रै दुई अर्ब १० करोड रुपैयाँले बढेको हो । अघिल्लो आवको तुलनामा यो वर्ष सरकारले विद्युतीय सवारी प्रवद्र्धन गरेको प्रयोगमा पनि दुईसय प्रतिशत भन्दा बढी सस्तोपर्ने गरिदिएको हुँदा आयात बढेको नेपाल अटोमाबाइल्स एशोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
नाडाका अध्यक्ष दुलालले सरकारले प्रवद्र्धन गरेको र भन्सारमा न्यून शुल्क लिएर आयात गर्न दिएको कारण अरु पेट्रोल तथा डिजेटका गाडीको तुलनामा दैनिक प्रयोगमै दुई सय प्रतिशत भन्दा सस्तो पर्ने भएकाले अहिले विद्युतीय सवारीको आकर्षण बढेको बताए ।  त्यति मात्रै नभएर खरिदगर्दा पनि सस्तो पाइने भएकोले हाल यसतर्फ आकर्षण बढेको उनले बताए । 
नाडाका अनुसार सरकारले भन्सार छुट दिएकै कारण यस्तो सवारी चार महिनामा नै यसको प्रयोग तीनसय प्रतिशतसम्मले बढेको देखिन्छ । गत वर्ष ९ सय वटा मात्रै भित्रिएको यस्तो सवारी चार महिनामा २७ सय पुग्नु भनेको अन्य सवारीको तुलनामा प्रयोग पनि निकै बढेको नाडाले जनाएको छ । 
अरु पेट्रोलिय पदार्थका सवारी आयात र प्रयोग वार्षिक २०/३० प्रतिशतले बढ्दा विद्युतीय सवारी भने तीन गुण बढीले बढ्नु नै यसतर्फ उपभोक्ताको आकर्षण भएको उनको भनाई छ । उनका अनुसार अबको नेपालीको सवारी विद्युतीय र सरकारी नीति पनि वातावरणमैत्री नै प्रयोग हुने पछिल्लो सरकारी नीतिबाट देखिएको छ ।
सरकारले विद्युतीय सवारी साधनको आयातलाई प्रोत्साहन गरेको, लोडशेडिङ हटेर २४ सै घण्टा विद्युतीय सवारी चार्ज गर्न सकिने अवस्था भएको र सार्वजनिक स्थानमा पनि सरकारले विद्युतीय चार्ज स्टेसन बनाउँदै जाने रणनीति अवलम्बन गरेकोले पनि पछिल्लो समय अन्य सवारीको तुलनमामा विद्युतीयमा आकर्षण बढेको हो । 
आर्थिक वर्ष २०७८÷७९ को बजेटमा सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छ । विद्युतीय सवारीको पूर्ण रूपमा अन्तःशुल्क खारेज गरिनुका साथै सरकारले भन्सार दर पनि विद्युतीय सवारीको क्षमताका आधारमा १० देखि ४० प्रतिशतसम्म मात्रै कायम गरेको छ । 

नेपालमा १३ वटा ब्राण्डका इलेक्ट्रोनिक स्कुटर छन् भने ३ वटा मात्र कम्पनीले इलेक्ट्रोनिक गाडी बजारमा ल्याएका छन् । नेपालमा किया, बिवाइडी र महेन्द्रलेको इलेक्ट्रोनिक गाडीहरु रहेका छन् ।
यसैगरि, टेरा सिड ६० अल्फा, टेरा एक्यूटो, एनआईयू एन १ एस, भिमीटा इम्याक्स भी १०० एस, भिमोटो इम्याक्स भी १०० एस, भिमोटो एलियन, हिरो इलेक्ट्रोनिक फुटोन, हिरो इलेक्ट्रोनिक ई स्प्रीनट, एसएमएस स्कुटर, ओरभा जे ५००, बीएमसी ईएम ३१५, ई फन कार्गो र योबाके यो स्पीड नामक इलेक्ट्रोनिक स्कुटीहरु हाल नेपाल भर प्रयोगमा रहेका छन् । ओपन चार्ज म्यापका अनुसार विश्वका १ लाख २८ हजार ५ सय ४९ स्थानमा इलेकट्रोनिक भेकल चार्जिङ स्टेशन रहेको छ । अमेरिका, चीन, जर्मन, लन्डन, अष्ट्रेलिया लगायतका विकशित मुलुकहरुमा विद्युतीय गाडी चार्जिङ स्टेशन धेरै मात्रामा भएको पाइन्छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।