logo

नेपाल र बंगलादेशबीच विद्युत महसुलमा जुट्यो सहमति

    86   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – नेपाल र बंगलादेशबीच विद्युतको मूल्यमा सहमति भएको छ। नेपालबाट बर्खामा बंगलादेश निर्यात हुने ४० मेगावाट विद्युतको मूल्यमा सहमति भएको हो। सिंगापुरमा भएको ऊर्जासम्बन्धी विश्व बैंकको कार्यक्रममा यस्तो सहमती भएको हो ।
त्यहाँ नेपाल र बंगलादेशबीच सचिवस्तरीय छलफल भएको थियो । नेपालले प्रति युनिट ८ रुपैयाँभन्दा माथि पाउने गरी सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार छिट्टै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर गर्ने तयारी छ। त्यसका लागि बंगलादेशी पक्ष समेत उत्साहित छ। नेपालले प्रति युनिट ८.९६ रुपैयाँदेखि ९.२८ रुपैयाँसम्म प्रस्ताव गरेको थियो।
सो प्रस्तावको फाइनल ‘डिल’ गर्न नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको टोली गत ९ फागुनमा ढाका पुगेको थियो। वार्ता सकारात्मक भए पनि मूल्यमा सहमति हुन सकेको थिएन।
त्यसको केही समयपछि सिंगापुरमा भएको कार्यक्रममा ऊर्जा सचिव गोपाल सिग्देल, प्रबन्ध निर्देशक घिसिङसहितको टोली सिंगापुर पुगेको थियो। जहाँ निर्यात गरिने बिजुलीको मूल्यमा सहमति भएको हो।
नेपालले भारतलाई बर्खामा प्रति युनिट औसत ८.७७ रुपैयाँका दरले ५०० मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ। ‘भारतलाई भन्दा कुनै हालतमा कम मूल्यमा दिन नसक्ने हाम्रो अडानमा बंगलादेशका अधिकारीहरु सहमत भएका हुन्,’ छलफलमा सहभागी मन्त्रालयका एक अधिकारीले भने, ‘डलरमा भुक्तानी गर्नुपर्ने सर्त पनि हामीले राखेका छौं।’
बंगलादेशका स्थानीय सञ्चार माध्यमका अनुसार गत साता ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले अर्को महिना नेपालबाट बिजुली लैजाने सम्झौता हुने बताएका छन्। उनले २२ फागुनमा बंगलादेशमा भारतीय प्रतिनिधिसँगको भेटमा यस्तो बताए थिए।
बंगलादेशले छिमेकी मुलुकबाट ६,००० मेगावाट बिजुली लैजाने घोषणा समेत गरेको छ। नेपाल यही बर्खाबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउने तयारीमा छ। यसअघि बंगलादेशसँग पटक–पटक छलफल भइसकेको छ। भारतको प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ। भारतले समेत ४० मेगावाटका लागि आफ्नो प्रसारण लाइन प्रयोग गर्न अनुमति दिइसकेको छ । यसबापत उसले ह्विलिङ चार्ज पाउनेछ।
नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता भने हुन सकेको छैन। ऊर्जा सचिव सिग्देलले बंगलादेशसँग छिट्टै नै विद्युत् व्यापार सम्झौता गर्ने गरी तयारी भइरहेको बताए।
उनका अनुसार भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ। नेपालले ५ वर्षको सम्झौता गरेर बंगलादेशलाई बिजुली दिन लागेको हो।
मिलेसम्म नेपाल, भारत र बंगलादेशका ऊर्जा मन्त्रीको उपस्थितिमा सम्झौता गर्ने तयारी छ। ‘हामी आन्तरिक छलफलमा छौं। तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता गर्न पाए राम्रो सन्देश जाने थियो,’ ऊर्जा मन्त्रालयका उक अधिकारीले भने, ‘यो छलफल मात्रै भएको विषय हो।’
मन्त्रालयका अनुसार ऊर्जा संकट खेपिरहेको बंगलादेशले ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गरेर बिजुली लैजान चाहेको छ। ९,०० मेगावाटको अप्पर कर्णालीको ५०० मेगावाट बिजुली लैजान पीपीए गर्ने तयारी गरेको छ।
यो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरले पाएकामा आफू एक्लैले नसक्ने भएपछि उसले सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) लाई भित्राएको छ । नेपालले गत २९ पुसमा भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।