logo

तामाकोसी–५ को बिजुली प्रणालीमा ल्याउन २२० केभी प्रसारणलाइन निर्माण हुँदै, २८ महिनामा तयार हुने

    280   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – तामाकोसी–५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न २२० केभी प्रसारणलाइन निर्माण हुने भएको छ ।
दोलखाको विगु गाउँपालिका–४ मा निर्माणाधीन तामाकोसी–५ जलविद्युत आयोजनाको स्वीचयार्डदेखि माथिल्लो तामाकोसी २२० केभी विद्युत् प्रसारणलाइन आयोजनाको टावर १७ र १८ मा ‘लुप इन लुप आउट’ गर्ने गरि प्रसारणलाइन निर्माण गर्न लागिएको हो।
यो डबल सर्किटको प्रसारणलाइन ३.४ किलोमिटरको हुनेछ भने ५७७.८ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सक्छ । प्रसारणलाइनमा कूल १८ वटा टावरहरु निर्माण गरिनेछ। टावरको अधिकतम उचाई ४० मिटरसम्म हुनेछ। टावरहरुबीचको अधिकतम दुरी ३३७.४१ मिटर हुनेछ। आयोजना निर्माणका लागि ९.६८ हेक्टर जमिन आवश्यक पर्नेछ।
जसमध्ये १८ वटा टावरहरुका लागि स्थायी रुपमा १.०१ हेक्टर जग्गा आवश्यक पर्दछ। यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र राइट अफ वे अन्तर्गत ८.१७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्दछ।
यो प्रसारणलाइन निर्माण थालेको २८ महिनामा सक्ने लक्ष्य छ। तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले ९९.८ तामाकोसी–५ जलविद्युत् आयोजना निर्माण गर्न लागेका छ।
यो आयोजनाको निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले पाएको छ। यद्यपि, सम्झौता हुन भने बाँकी छ। सिनो हाइड्रो र कुमार श्रेष्ठको संयुक्त उपक्रम (जेभी)ले ठेक्का पाएको हो।
आगामी ४ महिनाभित्र आयोजनाको निर्माण थाल्ने योजना छ। पूर्व तयारीको काम अन्तिम चरणमा चलिरहेको छ। साइट क्याम्प समेत अन्तिम चरणम निर्माण भइरहेको छ। पहिलो चरणमा सिभिल र हाइड्रोमेकानिकलको काम सुरु गर्न लागिएको हो। दोस्रो चरणमा इलेक्ट्रोमेकानिकल अर्थात उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारणलाइन निर्माणको ठेक्का निकालिनेछ। निर्माण थालेको ४ वर्षमा सक्ने लक्ष्य छ ।
यो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड हो। आयोजना निर्माणका लागि २१ अर्ब ३४ करोड रुपैयाँ लाग्ने अनुमान भएको छ। यो आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।