१५ ज्येष्ठ / अर्थ र व्यापार- सरकारले युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्न स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने भएको छ । आव २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप उद्यमीहरुलाई बिउ पुँजीका लागि एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जाको प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।
स्टार्टअप व्यवसाय स्थापना तथा संचालनका लागि सहज बनाउन एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने समेत बजेटमा उल्लेख छ । त्यस्तै स्टार्टअप उद्यमीहरुलाई वित्तीय रुपमा सघाउनका लागि सरकारले एक अर्ब रुपैयाँको च्यालेन्ज फन्डको स्थापना गर्ने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।
तपाईको प्रतिक्रिया