logo

एक वर्षमै १० खर्ब रुपैयाँको वस्तु आयात

    1002   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – एक वर्षभित्रमा  नेपालमा ९ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख ९ हजार रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७३–७४ को कुल आयात अघिल्लो वर्षको भन्दा २ खर्ब ९ अर्ब ३५ करोड ५५ लाख रुपैयाँ अर्थात् २७.२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष आर्थिक वर्षको सुरुवातदेखि नै सीमा नाका अवरोध देखिए पनि पछिल्ला महिनामा आयात वृद्धि भएपछि ७ खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँको कुल वस्तु आयात भएको थियो । 

२०७२ साल वैशाखमा विनाशकारी भूकम्पका कारण आर्थिक वर्ष ०७१–७२ मा आर्थिक वर्षको अन्त्यमा व्यापारमा केही आएको थियो भने अघिल्लो वर्ष भारतीय सीमा नाका अवरोधका कारण व्यापारमा कमी आएको थियो । अघिल्लो वर्ष ०७१–७२ को तुलनामा आयात १.४६ प्रतिशत र निर्यात १७.५४ प्रतिशतले गिरावट आएको थियो । पछिल्ला वर्षहरूमा आयात वृद्धिको रफ्तार बढी देखिएको छ भने निर्यात घट्दै गइरहेको छ ।

गत आर्थिक वर्षमा ७४ अर्ब ७१ करोड २६ लाख ६७ हजार रुपैयाँ बराबरको मात्र वस्तु नेपालबाहिर बिक्री गरिएको छ । यो बिक्री अघिल्लो वर्षको ७० अर्ब २५ करोड ४१ लाख ६५ हजार रुपैयाँको तुलनामा ६.३५ प्रतिशतले बढी हो । आयात ह्वात्तै बढेको र निर्यातमा सामान्य वृद्धि हुँदा ९ खर्ब ९ अर्ब ३५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

यस्तो व्यापार घाटा अघिल्लो वर्षको ७ खर्ब ४ अर्ब ४५ करोड ८१ लाख १२ हजारको २९.०९ प्रतिशतले बढी हो । गत वर्ष आयात निर्यात अनुपात १३.२ छ भने कुल व्यापारमा निर्यातको अंश ७.१ प्रतिशत र आयातको अंश ९२.९ प्रतिशत पुगेको छ । गत वर्ष पनि सबैभन्दा बढी वस्तु आयातको करिब  दुईतिहाई भारतबाटै भएको छ । भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोड २४ लाखको वस्तु आयात हुँदा दोस्रो बढी वस्तु आयात भएको चीनबाट १ खर्ब २९ अर्ब ८७ करोड ८४ लाख रुपैयाँको खरिद गरिएको छ ।

१० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुने मुलुकमा संयुक्त अरव इमिरेट्स २९ अर्ब १९ करोड ८७ लाख, फ्रान्स १३ अर्ब ३५ करोड ३ लाख, इन्डोनेसिया ११ अर्ब ८५ करोड २५ लाख, अर्र्जे्न्टिना ११ अर्ब ६८ करोड ८३ लाख र थाइल्यान्ड १० अर्ब ६४ करोड ४ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । गतवर्ष विश्वका १ सय ४७ मुलुकबाट नेपालमा बस्तु भित्रयाइएको छ । यसअवधिमा निर्यात पनि सबैभन्दा बढी कुल निर्यातको करिब ५५ प्रतिशत ४१ अर्ब ६० करोड ४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।