logo

एक वर्षमै १० खर्ब रुपैयाँको वस्तु आयात

    1441   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – एक वर्षभित्रमा  नेपालमा ९ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख ९ हजार रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७३–७४ को कुल आयात अघिल्लो वर्षको भन्दा २ खर्ब ९ अर्ब ३५ करोड ५५ लाख रुपैयाँ अर्थात् २७.२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष आर्थिक वर्षको सुरुवातदेखि नै सीमा नाका अवरोध देखिए पनि पछिल्ला महिनामा आयात वृद्धि भएपछि ७ खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँको कुल वस्तु आयात भएको थियो । 

२०७२ साल वैशाखमा विनाशकारी भूकम्पका कारण आर्थिक वर्ष ०७१–७२ मा आर्थिक वर्षको अन्त्यमा व्यापारमा केही आएको थियो भने अघिल्लो वर्ष भारतीय सीमा नाका अवरोधका कारण व्यापारमा कमी आएको थियो । अघिल्लो वर्ष ०७१–७२ को तुलनामा आयात १.४६ प्रतिशत र निर्यात १७.५४ प्रतिशतले गिरावट आएको थियो । पछिल्ला वर्षहरूमा आयात वृद्धिको रफ्तार बढी देखिएको छ भने निर्यात घट्दै गइरहेको छ ।

गत आर्थिक वर्षमा ७४ अर्ब ७१ करोड २६ लाख ६७ हजार रुपैयाँ बराबरको मात्र वस्तु नेपालबाहिर बिक्री गरिएको छ । यो बिक्री अघिल्लो वर्षको ७० अर्ब २५ करोड ४१ लाख ६५ हजार रुपैयाँको तुलनामा ६.३५ प्रतिशतले बढी हो । आयात ह्वात्तै बढेको र निर्यातमा सामान्य वृद्धि हुँदा ९ खर्ब ९ अर्ब ३५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

यस्तो व्यापार घाटा अघिल्लो वर्षको ७ खर्ब ४ अर्ब ४५ करोड ८१ लाख १२ हजारको २९.०९ प्रतिशतले बढी हो । गत वर्ष आयात निर्यात अनुपात १३.२ छ भने कुल व्यापारमा निर्यातको अंश ७.१ प्रतिशत र आयातको अंश ९२.९ प्रतिशत पुगेको छ । गत वर्ष पनि सबैभन्दा बढी वस्तु आयातको करिब  दुईतिहाई भारतबाटै भएको छ । भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोड २४ लाखको वस्तु आयात हुँदा दोस्रो बढी वस्तु आयात भएको चीनबाट १ खर्ब २९ अर्ब ८७ करोड ८४ लाख रुपैयाँको खरिद गरिएको छ ।

१० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुने मुलुकमा संयुक्त अरव इमिरेट्स २९ अर्ब १९ करोड ८७ लाख, फ्रान्स १३ अर्ब ३५ करोड ३ लाख, इन्डोनेसिया ११ अर्ब ८५ करोड २५ लाख, अर्र्जे्न्टिना ११ अर्ब ६८ करोड ८३ लाख र थाइल्यान्ड १० अर्ब ६४ करोड ४ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । गतवर्ष विश्वका १ सय ४७ मुलुकबाट नेपालमा बस्तु भित्रयाइएको छ । यसअवधिमा निर्यात पनि सबैभन्दा बढी कुल निर्यातको करिब ५५ प्रतिशत ४१ अर्ब ६० करोड ४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।