logo

धितोपत्र व्यवसायीहरुको चुक्ता पुँजी अधिकत्तम ७ करोडसम्म

    1836   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – मर्चेन्ट बैंकर (धितोपत्र व्यवसायीहरु)ले अब आफुले गर्दै आएको काम अनुसार चुक्तापुँजी पुर्याउनु पर्ने भएको छ । मर्चेन्ट बैंकरले सेयर निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतीकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको रुपमा काम गर्न पाउछन् । धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा पहिलो संशोधन गरेर संस्थागत परामर्शदाता सम्बन्धि काम गर्न सक्ने व्यवस्था समेत थपिदिएको हो ।

नयाँ व्यवस्था अनुसार अब निष्काशन तथा बिक्री प्रबन्धक मात्र काम गरेमा न्यूनतम चुुक्ता पुँजी ५ करोड हुनुपर्नेछ भने धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) को काम गर्दा ७ करोड रुपैयाँ पुँजी हुनुपर्नेछ । सेयर रजिष्ट्रारको काम गर्नेको ३ करोड, लगानी व्यवस्थापकको काम गर्नेको ५ करोड र संस्थागत परामर्शदाताको काम गर्नेको ३ करोड हनुपर्नेछ । एकभन्दा बढि काम गर्नेले भने जुन काम गर्न चुक्ता पुँजी बढि तोकिएको छ त्यही अनुसार पुर्याउनु पर्ने हुन्छ ।

संस्थागत परामर्शदाताको रुपमा काम गर्न चहाने मर्चेन्ट बैंकरले संगठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवा प्रदान गर्न सक्ने भएका छन् ।

त्यस्तै, संशोधित नियमावलीले धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) ले प्रत्याभुति (अण्डरराइटिङ्ग) गर्दा अन्तिम लेखा परीक्षण भएको नेटवर्थको पाँच गुणासम्म प्रत्याभुती दिन सक्नेछ । लगानी व्यवस्थापकले भने अन्तिम लेखा परीक्षण भएको नेटवर्थको दश गुणासम्म प्रत्याभुति (अण्डरराईटर) वा लगानी व्यवस्थापन गर्न सक्नेछ ।

त्यस्तै, मचेन्ट बैंकर सञ्चालन गरिरहेका बैंकहरु मर्ज भएमा मर्चेन्ट बैंकरहरु पनि मर्ज गर्नुपर्ने, मर्चेन्ट बैंकरले आफुले धारण गरेको सेयर बिक्री गनुपर्दा धितोपत्र बोर्डमा अभिलेख गराउनुपर्ने, सेयर बिक्री प्रबन्धकको कार्य गरेबापत १ लाखभन्दा कम सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । सेयर बिक्री प्रबन्धक कार्यमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै यस्तो व्यवस्था गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।