logo

तीन आर्थिक वर्षमा ४३ खर्ब राजस्व उठाउने लक्ष्य

    968   पटक पढिएको

११ असार/अर्थ र व्यापार – आगामी तीन आर्थिक वर्षमा कूल सरकारी बजेट ५९ खर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि ०८३ सम्म प्रचलित मूल्यमा बजेटको आकार ५८ खर्ब ९९ अर्ब ३१ करोड रुपैयाँ रहने प्रक्षेपण गरेको छ।

यसमध्ये चालू ३५ खर्ब ९८ अर्ब ८१ करोड र पुँजीगत खर्च १२ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ रहने प्रक्षेपण छ ।
वित्तीय व्यवस्थातर्फ १० खर्ब ३३ अर्ब १६ करोड रुपैयाँ बाँडफाँट गर्नुपर्ने अनुमान छ। त्यसैगरी स्रोत परिचालनतर्फ राजस्वबाट ४३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरि, वैदेशिक अनुदानबाट ९८ अर्ब ७७ करोड, वैदेशिक ऋण ५ खर्ब ३३ अर्ब ४७ करोड लाख र आन्तरिक ऋण ८ खर्ब २६ अर्ब रुपैयाँ उठाइने प्रक्षेपण गरिएको छ ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष ०८१/८२ मा १९ खर्ब ४९ अर्ब ४० करोड र तेस्रो वर्ष ०८२/८३ मा २१ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ आकारको बजेट हुने अनुमान मध्यमकालीन खर्च संरचनाको त्रिवर्षिय बजेट विनियोजन र प्रक्षेपणमा उल्लेख छ ।
यो बजेट खर्चबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशत वृद्धिको लक्ष्य तय भएको छ। यस्तै आर्थिक वर्ष ०८१/८२ मा ७.५ र ०८२/८३ मा ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ। चालू आर्थिक वर्षमा आर्थिक वृद्धि खुम्चिएर २.१६ प्रतिशत हुने अनुमानित उपलब्धी रहेको छ ।
यस अवधिमा कृषि, वन तथा मत्स्यको वृद्धि क्रमश ३.१, ३.८ र ३.७ प्रतिशत हुने अनुमान छ। यस्तै उद्योग क्षेत्रको ६.८, ९ र ९.३ प्रतिशत वृद्धि हुनेछ। सेवा क्षेत्र क्रमशः ६, ८.४ र ९ प्रतिशत विस्तार हुने मध्यकालीन खर्च संरचनामा उल्लेख छ ।
यस अवधिमा राजस्व वृद्धिदर आगामी वर्ष २०.१, दोस्रो वर्ष १४ तेस्रो वर्ष १४.५ प्रतिशत हुने अनुमान छ। मध्यकालीन खर्च संरचनाको अवधिमा गरिबीको रेखामुनी रहेको संख्या तेस्रो वर्षमा घटेर ८ प्रतिशतमा आउने अनुमान छ ।
आगामी आर्थिक वर्षमा ११.२, दोस्रो वर्ष ९ प्रतिशत कायम हुने अनुमान छ । यस अवधिमा प्रतिव्यक्ति राष्ट्रिय आम्दानी बढेर आगामी आर्थिक वर्ष १ हजार ५ सय ७२, दोस्रो वर्ष १ हजार ७ सय ४० र तेस्रो वर्ष १ हजार ९ सय ३५ डलर पुग्ने प्रक्षेपण गरिएको छ।
१५औं योजनाले लिएका राष्ट्रिय लक्ष्य र विषय क्षेत्रगत अपेक्षित उपलब्धि प्राप्त गर्न सहयोग पुग्ने गरी आगामी तीन आर्थिक वर्षको समष्टिगत नतिजा खाका तयार गरिएको योजना आयोगले जनाएको छ । सो खाका तयार गर्दा चालू आर्थिक वर्षको २०७९/८० को अनुमानित उपलब्धि र आगामी आर्थिक वर्ष २०८÷८१ को लक्ष्य निर्धारण गरिएको छ ।

नतिजा खाकामा दोस्रो र तेस्रो वर्षको लागि अधिकांश सूचकका मान विषयगत मन्त्रालय तथा निकायहरूले उपलब्ध गराएका चालू वर्षका मान तथा अन्य दस्तावेजमा उल्लेख भएका मानसँग सामन्जस्य हुने गरी उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को अनुमानित उपलब्धी विषयगत क्षेत्र, मन्त्रालय तथा निकायबाट प्राप्त विवरण तथा विभिन्न स्रोतबाट उपलब्ध तथ्यांकको आधारमा उल्लेख गरिएको छ। स्रोत परिचालनतर्फ अर्थतन्त्रको अवस्था तथा खर्च आवश्यकताको आधारमा सरकारको वित्तीय आकारलाईसमेत मध्यनजर गरी स्रोत अनुमान प्रक्षेपण गरिएको छ। आगामी तीन आर्थिक वर्षमा औसत १३.८ प्रतिशत वृद्धि हासिल गर्न सक्ने अनुमान प्रक्षेपण गरिएको छ।
१५औं योजनाले अवलम्बन गरेका ८ वटा रणनीतिक स्तम्भका आधारमा सबैभन्दा बढी रकम अन्तरआबद्धता र शहरी विकास (रणनीतिक स्तम्भ ३ ) र स्वास्थ्य तथा शिक्षा रणनीतिक स्तम्भ २० मा बाँडफाँट भएको छ। यस अवधिमा विगतको तुलनामा स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेटको हिस्सा उल्लेख्यरूपमा वृद्धि भएको छ।
प्राथमिकीकरण र पुनःप्राथमिकीकरणको आवश्यकतालगायतका पक्षलाई विशेष ध्यान दिइएको छ। संघबाट संकलन भएको मूल्य अभिवृद्धि कर, आन्तरिक उत्पादनमा आधारित अन्तःशुल्क र रोयल्टीतर्फको राजस्व, अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा रहेको प्रावधानबमोजिम प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम घटाएर मात्र संघको राजस्व अनुमान गरिएको छ ।
वैदेशिक सहायता अनुमान गर्दा दातृनिकाय वा संस्थासँग भएको सम्झौता वा प्रतिबद्धतालाई आधार लिइएको छ। सरकारले लिनसक्ने आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशतको सीमामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।