logo

१ महिनाभित्र थप १ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको तयारी

    535   पटक पढिएको

२८ जेठ/अर्थ र व्यापार – सरकारले चालू आर्थिक वर्षमा अहिलेसम्म २ खर्ब ६९ अर्ब रुपैयाँ ऋण लिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत १९ जेठसम्म सरकारले २ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ आन्तरिक र ६६ अर्ब ३६ करोड रुपैयाँ बाह्य ऋण लिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने योजना बनाएको छ । वैशाख मसान्तसम्म १ खर्ब ५९ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको सरकारले पछिल्लो १९ दिनमा मात्रै ४३ अर्ब रुपैयाँ ऋण लिएको हो ।

सरकारले देशभित्रका बैंक वित्तीय संस्थाका साथैं आम नागरिकलाई ऋणपत्र बिक्री गरेर लिने कर्जालाई आन्तरिक ऋण भन्ने गरिन्छ । गत माघमा चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमान सार्वजनिक गर्दा २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने योजना सार्वजनिक गरेको अर्थ मन्त्रालयले लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएपछि चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार नै २ खर्ब ५६ अर्ब रुपैयाँ ऋण उठाउने भएका छ ।
अर्थ मन्त्रालयले आगामी १ महिनाभित्र थप ५४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । पछिल्ला दिनहरुमा उच्च दरमा आन्तरिक ऋण लिइरहेको सरकारले निर्माण व्यवसायीको रकम भुक्तानीमा कन्जुस्याइँ गरेको छ ।
काम सम्पन्न भएका परियोजनामा भुक्तानी रोकेर सरकारले सञ्चित कोषको घाटा कम बनाइरहेको छ । चैत मसान्तमा १ खर्ब ३३ अर्ब रुपैयाँले घाटामा रहेको सञ्चित कोष जेठ १९ गते १ खर्ब २ अर्ब रुपैयाँले घाटामा छ ।
जेठ १९ गतेसम्म सरकारले विभिन्न स्रोतबाट १० खर्ब १९ अर्ब रुपैयाँ आम्दानी गर्दा ११ अर्ब २१ अर्ब रुपैयाँ खर्च गरेको छ । जेठ १२ गते संघीय सरकारको सञ्चित कोष १ खर्ब ७ अर्ब रुपैयाँले घाटामा थियो ।
सरकारले विभिन्न स्रोतबाट गरेको आम्दानीभन्दा खर्च बढी भए सञ्चित कोष घाटामा जाने गर्छ ।

सरकारले जेठ १९ गते सम्म ६६ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा सरकारले २ खर्ब ४२ अर्ब रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य लिएको थियो । तर, हाल अर्थ मन्त्रालयले १ खर्ब ७० अर्ब रुपैयाँ वैदेशिक ऋण लिने संशोधित अनुमान गरेको छ ।
जेठ १९ गतेसम्म संशोधित लक्ष्यको ३९ प्रतिशत मात्रै वैदेशीक ऋण लिन सकेको सरकारले आगामी ३० दिनमा थप १ खर्ब ३ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने योजना बनाएको छ । सरकारले आन्तरिक र वैदेशिक गरि आगामी एक महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरु आन्तरिक ऋण लक्ष्य अनुसार उठे पनि आगामी ३० दिन ३०÷३५ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण प्राप्त नहुने बताउँछन् । विभिन्न दातृ निकायले वैदेशिक ऋण दिने प्रतिवद्धता व्यक्त गरेपनि नेपाल सरकारले परियोजनामा पुँजीगत खर्च गर्न नसकेकाले वैदेशिक सहयोग परिचालन हुन सकेको छैन ।
चालु आर्थिक वर्षमा ५५ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक सहयोग लिने योजना बनाएको सरकारले जेठ १९ गतेसम्म १४ अर्ब ८३ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ । सरकारले हाल ३८ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक सहयोग लिने संशोधित अनुमान बनाएको छ ।
हालसम्म लक्ष्यको २७ प्रतिशत मात्रै वैदेशिक सहयोग परिचालन भएको अवस्थामा आगामी दिनमा संशोधित लक्ष्यबराबर वैदेशिक सहयोग परिचालन हुने सम्भावना नरहेको महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।