logo

अर्थतन्त्र सुधारियो,विदेशी मुद्रा सञ्चितिदर ३६ अर्ब बढेर उच्च विन्दुमा, कुल सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ

    944   पटक पढिएको

२६ जेठ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका १० महिनाको अवधी मध्ये गत बैशाखमा आएर देसको अर्थतन्त्र सुधारिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार अहिले देसको अर्थतन्त्र सधारिएर विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार वैशाखमा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ र अमेरिकी डलरमा ११ अर्ब २१ करोड पुगेको छ ।

गत महिना कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ९४ करोड थियो । वैशाखमा चैतको तुलनामा ३६ अर्ब रुपैयाँले भुक्तानी सन्तुलन बढेको हो। गत चैतमा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको थियो भने वैशाखमा ६.९ प्रतिशतले बढेको हो । यसको अर्थ बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको देखिन्छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेकोमा वैशाखमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।

यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो । २०७८ भदौमा एक महिनामै विदेशी मुद्राको सञ्चिति २८ करोड डलरले घटेर ११ अर्ब १४ करोड डलरमा पुगेको थियो । त्यसयता लगातार घटेको विदेशी मुद्राको सञ्चिति गत असोज यता बढीरहेको छ ।

चालू आर्थिक वर्षको साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति भदौमा घटेर ९ अर्ब ३४ करोड डलर पुगेको थियो ।
असोजमा ९ अर्ब ४७ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति त्यसयता निरन्तर बढीरहेको छ । चालू अर्थिक वर्षको १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १८ प्रतिशतले घट्दा विदेशी मुद्राको सञ्चिति १० महिनाको अवधीमा १७.६ प्रतिशतले बढेको हो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.७ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ ।
नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी हुँदा शोधानान्तर स्थिति पनि बचतमा गएको छ भने रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र आयातमा भएको गिरावटले चालू खाताको घाटा गिरावट भएको छ ।
गत चैतमा १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर स्थिति वैशाखमा २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा छ । यस्तै, गत वर्ष वैशाख मसान्तमा ५ खर्ब ४५ अर्ब रुपैयाँले घाटामा रहेको चालू खाता यो वर्ष वैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँमा झरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।