logo

अर्थतन्त्र सुधारियो,विदेशी मुद्रा सञ्चितिदर ३६ अर्ब बढेर उच्च विन्दुमा, कुल सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ

    627   पटक पढिएको

२६ जेठ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका १० महिनाको अवधी मध्ये गत बैशाखमा आएर देसको अर्थतन्त्र सुधारिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार अहिले देसको अर्थतन्त्र सधारिएर विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार वैशाखमा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ र अमेरिकी डलरमा ११ अर्ब २१ करोड पुगेको छ ।

गत महिना कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ९४ करोड थियो । वैशाखमा चैतको तुलनामा ३६ अर्ब रुपैयाँले भुक्तानी सन्तुलन बढेको हो। गत चैतमा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको थियो भने वैशाखमा ६.९ प्रतिशतले बढेको हो । यसको अर्थ बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको देखिन्छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेकोमा वैशाखमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।

यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो । २०७८ भदौमा एक महिनामै विदेशी मुद्राको सञ्चिति २८ करोड डलरले घटेर ११ अर्ब १४ करोड डलरमा पुगेको थियो । त्यसयता लगातार घटेको विदेशी मुद्राको सञ्चिति गत असोज यता बढीरहेको छ ।

चालू आर्थिक वर्षको साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति भदौमा घटेर ९ अर्ब ३४ करोड डलर पुगेको थियो ।
असोजमा ९ अर्ब ४७ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति त्यसयता निरन्तर बढीरहेको छ । चालू अर्थिक वर्षको १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १८ प्रतिशतले घट्दा विदेशी मुद्राको सञ्चिति १० महिनाको अवधीमा १७.६ प्रतिशतले बढेको हो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.७ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ ।
नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी हुँदा शोधानान्तर स्थिति पनि बचतमा गएको छ भने रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र आयातमा भएको गिरावटले चालू खाताको घाटा गिरावट भएको छ ।
गत चैतमा १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर स्थिति वैशाखमा २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा छ । यस्तै, गत वर्ष वैशाख मसान्तमा ५ खर्ब ४५ अर्ब रुपैयाँले घाटामा रहेको चालू खाता यो वर्ष वैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँमा झरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।