नेपाल राष्ट्र बैंकले ५, १० र ५०० दरका नयाँ नोट छपाइ गर्ने भएको छ । केन्द्रीय बैंकले ५ रुपैयाँ दरका ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो ।
सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । दुवै बैंकले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्त गर्ने भएको छ। प्राप्तीको लागि यी दुई कम्पनीले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।
सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कृषि विकास बैंकको लाभांश पारित भएको छ। बैंकको पुस २७ गते आइतबार सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले ३० प्रतिशत लाभांश पारित गरेको हो।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले देशका सातवटै प्रदेशमा १ सय ८८ वटा इलाकारशाखा कार्यालय मार्फत विभिन्न ३ सय ६३ स्थानीय तहहरूमा लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा र्पुयाएको अध्यक्ष शाक्यले बताए।
सनराइज बैंकले रिकरिङ्ग खाता संचालनमा ल्याएको छ। बचत खातामा जस्तै गरी यसमा रकम जम्मा गर्न सकिन्छ। व्याज मुद्दति खाता सरह पाइने छ। आवश्यकता अनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने विज्ञप्तिमा उल्लेख छ।
नेपाल बैंकको ६०औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत नगद र १५ प्रतिशत बोनस गरी सो मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
एभरेष्ट बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
लुम्बिनी विकास बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ १९४ रुपैयाँ २९ पैसा तोकिएको छ ।
नबिल बैंकका शेयरधनीहरुले आफुभन्दा साना बैंकहरु कुम जोड्ने गरि आइसेकको हुँदा यस विषयमा छिट्टै विचार गर्न ब्यवस्थापन र सञ्चालक समितिलाई सुझाब दिएका छन्। बैंकको ३५ औं वार्षिक साधारणसभामा बोल्दै शेयरधनीहरुले एउटा सानो तर राम्रो बैंकलाई गाभ्न सुझाब दिएका हुन्।
सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौंस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
फुडमान्डुको अनलाइन फुड फेस्टिबल २०२० मा एनआईसी एशिया बैंक बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । उक्त फेस्टिबलमा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी क्युआर कोड मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउनेछन ।
सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक रहेको एनआईबिएल म्युचुअल फण्डको खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” काइकाईहरुको खरिद बिक्रीलाई सहजीकरण गर्न दुई कम्पनी नियुक्त भएका छन्।
मेगा बैंक नेपाल लिमिटेडले नयाँ बचत खाता योजना ल्याएको छ। बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा बैंकले ‘मेगा विश्वास बचत खाता’ योजना ल्याइएको जनाएको छ। यसमा बैंकले ६.५ प्रतिशत ब्याज उपलब्ध गराउने छ। खाता खोल्ने ग्राहकले १७ वटा सुविधा तथा छुटहरू पाउने छन्।
सानिमा र लक्ष्मी बैङ्कको एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउने भएको छ । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका हुन् ।
नबिल इन्भेष्टमेण्ट बैकिंङ्ग लिमिटेडले अँग्रेजी नयाँवर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुकालागि निकै उपयोगी हुने देखिएको छ ।
नेको इन्स्योरेन्स कम्पनीले आठ वर्षको अवधिमा पहिलोपटक सेयरधनीहरूलाई नगद लाभांश दिने घोषणा गरेको छ। बितेका वर्षहरूमा बोनस सेयरलाई मात्रै प्राथमिकता दिँदै आएको कम्पनीले यो वर्ष ८.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् ।
उद्यमशीलता विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमति भएको छ।
नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंकबीच साझेदारी भएको छ। नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबिच साझेदारी भएको हो। नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको आइसीआइसीआइ बैंकले नबिल बैंकलाई लगानी, ब्यापारलगायतका क्षेत्रमा सघाउने छ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रूपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। यो प्राथमिक सेयर लघुवित्त वित्तीय संस्थाहरू मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हुनेछ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका हुन्। अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका उनलाई मंगलबारदेखि प्रवक्ता नियुक्त गरिएको हो।
अधिक तरलता बढेर अल्पकालिन ब्याज दरहरु निक्कै तल आएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ। राष्ट्र बैंकले १० अर्ब रुपैयाँ प्रणालीबाट तान्ने भएको हो। अहिले बैंकिङ क्षेत्रमा अनिवार्य तरलता अनुपात (सिआरआर) बाहेक ५० अर्ब रुपैयाँ अधिक तरलता छ।