रिलायन्स फाइनान्सको १०औं वार्षिक साधारण सभा फागुन १६ गते हुने भएको छ । उक्त सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको २४८औं बैठकले उक्त सभाको मिति तय गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक कर्जा लगानीमा आक्रामक बन्दै गएको छ । रिकरिङ फिक्स्ड डिपोजिट र ग्रीन डबल फिक्स्ड डिपोजिट योजना सञ्चालनमा ल्याइसकेको बैंकले साना तथा मझौला उद्यमी (एसएमई) कर्जा योजना ल्याएको छ ।
हिमालयन बैंकले आफ्नो १० प्रतिशत प्रमोटर सेयर पब्लिकमा परिवर्तन गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले अस्वीकार गरेको छ ।
कृषि विकास बैंकको मुनाफा २२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको छ महिनामा बैंकले मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा माघ २४ गते शुक्रबार गर्ने भएको छ । उक्त सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे बजे शुरु हुने जनाएको छ ।
प्रभु बैंकले काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका स्थित धर्मस्थलीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरे ।
नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको आरोपमा सिटिजन्स बैंक, सिभिल बैंक र सेन्चुरी बैंकलाई कारवाही गरेको छ । सिजिन्स बैंकलाई नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो ।
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म अधिकांश सूचकहरुमा सुधार गरेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकले ८२ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा खुद नाफा ५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक गरेको छ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टु फाइनान्सको सहकार्यमा उक्त योजना ल्याएको हो ।
नेशनल इन्स्योरेन्स कम्पनीले व्यवसायिक अभिकर्ताहरुको अन्तर्रा्ष्ट्रिय संस्था एमडिआरटीमा छनौट भएका एजेन्सीहरुलाई तालिम दिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा नेशनल इन्स्योरेन्सका सिईओ भरत बस्नेतको उपस्थितिमा बीमाकर्ताहरुलाई प्रोत्साहन गर्न तालिम सञ्चालन गरिएको हो ।
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ वटा शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले दाङ,सल्यान,पूर्वी रुकुम,पश्चिम रुकुम,जाजरकोट र सुर्खेतमा रहेका शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम दाङको तुल्सीपुरमा सम्पन्न गरेको हो ।
कुमारी बैंकले निक्षेप र ऋणको बिस्तार समानान्तर रुपमा गरेका कारण करिव १ प्रतिशत बिन्दुको स्प्रेड बृद्धिपछि नाफा १८.७४ प्रतिशतले बढेको छ। बैंकले ३.३८ प्रतिशतको स्प्रेडलाई ४.३७ प्रतिशत पुर्याएपछि नाफा पहिलो छ महिनामा ८० करोड ३० लाख रुपैयाँ पुगेको हो। कात्तिकदेखि पुससम्मको नाफा ४० करोड १० लाख रुपैयाँ छ।
रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६० करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ५१ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कुल बीमा शुल्क आर्जन रकम १८२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
माछापुच्छ्रे बैंक पहिलो ६ महिनामा निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक देखिएको छ। शाखा विस्तारसँगै बैंकले निक्षेप संकलन र ब्यापार विस्तारमा आक्रामक रणनीति लिएको देखिन्छ।
नेपाल एसबीआइ बैंकले माघ २८ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ। बैंकले पछिल्लो समय अरुले दिएको भन्दा कम ब्याज दरमा ऋणपत्र जारी गर्न लागेको हो।
महालक्ष्मी विकास बैंकले महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्तारब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्य सहित बैंकले ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्तारब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप उक्त शुल्क फिर्ता गरेको हो ।
नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संथाको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा बैंक र गरिमा विकास बैंकको कूल एक करोड २५ लाख ४ हजार ४६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सरकारले दिएको निर्देशन पालना नगरेपछि नेपाल बंगलादेश बैंक कारवाहीमा परेको छ । केन्द्रीय बैंकले नेपाल बंगलादेश बैकलाई चार करोड रुपैयाँ जरिवना गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको माघ १८ गते बसेको २३१ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्राइम कमर्सियल बैंकले खुद नाफा २२.६१ प्रतिशतले बढाएर १ अर्ब ३० करोड रुपैयाँ गरेको छ। बैंकले निक्षेपको तुलनामा उच्च दरले ऋण विस्तार गरेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो। बैंकले कात्तिकदेखि पुससम्मको अवधिमा मात्रै ६४ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । बाँकी नाफा साउनदेखि असोज मसान्तसम्मको हो।
सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रीला एकको दुई मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले यस योजना अन्तर्गत “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” न्यूनतम मौज्दात पाँच हजारबाट सुरु गर्न सकिने जनाएको छ ।
आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६१ लाख आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६१ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १४ करोड ६८ लाख खुद मुनाफा गरेको थियो।
सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो ।