एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो ।
कुमारी बैंकको ऋणपत्र (डिबेन्चर)मा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ । यही माघ १२ देखि १४ गते सम्म भएको उक्त सम्मेलनमा देशैभरिबाट आएका ६० भन्दा बढी शाखा र उपशाखा प्रमुख, क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत गरी ७५ जनाको सहभागिता रहेको थियो।
माघ १५ गते सम्म ५ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, सानिमा र नेपाल बैंक रहेका छन्।
नयाँ निर्जीवन बीमा कम्पनी मध्येको अजोड इन्स्योरेन्सले आक्रामक रुपमा व्यापार गर्दै दोश्रो त्रैमासक वित्तिय विवरण सार्वजनिक गरेको छ। अजोड इन्स्योरेन्सले पुष मसान्त सम्म ४० करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले गत वर्ष यही अवधिमा १२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनी ले कुल बीमा शुल्क आर्जन २३५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पाएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो ।
बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ । बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् ।
नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पुसमा ८६ पैसाले बढेर ९ रुपैयाँ ६३ पैसामा कायक भएको छ ।
एनएमबि हाइब्रिड फन्ड एल –१ को पुसमा प्रतिइकाइ मूल्य (न्याभ) १० रुपैयाँ ६० पैसामा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो । फन्डको न्याभ मंसिर महिनाको भन्दा ४९ पैसा धेरै हो ।
सेन्ट्रल फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले माघ १३ गते स्वीकृती दिएको हो । अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।
नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
कृषि विकास बैंकले आज माघ १४ गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले एक हजार रुपैयाँ दरले २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेकोहो। जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्नेछ ।
चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा लक्ष्मीले ७३ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले खुद नाफा २४.७६ प्रतिशतले बढाएको हो ।
महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा आवद्ध भएको छ । आफनो ग्राहकहरुका लागि आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौटका लागि नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको हो ।
माघ १३ गते सम्म ४ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंक रहेका छन्।
अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्योरेन्सले माघ १२ गते ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० दशमलव २३७५ प्रतिशत लभांश दिने घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट १० दशमलव २३७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४९ प्रतिशत बढी हो।
दुई विकास बैंकले नगद लाभांश आफ्नो शेयधनीको बैंक खातामा पठाएको छ । कञ्चन डेभलपमेण्ट बैंक र कैलाश विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरी दिएका हुन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने ज्योति लाईफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७५ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कुल बीमा शुल्क आर्जन रकम १३६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म आइपुग्दा आकर्षक नाफामा वृद्धि गरेको छ ।
माछापुच्छ्रे बैंकले आफ्नो पूर्ण स्वामित्व रहेको क्यापिटल सञ्चालनका लागि अनुमति पाएको छ। काठमाडौंको चेम्बर भवनमा कार्यालय रहने माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको हो।
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युटसँग सम्झौता गरेको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।