सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ । बुधबार भएको सो सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विशेषज्ञलाई तत्कालीनयुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल हुनेछ ।
महुली र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने सम्झौता भएको छ । सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका अध्यक्ष मोहनहरि आचार्यले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
नबिल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोडले अनुमति दिएको छ । कम्पनीहरुले ऋणपत्र निष्काशनको बोर्डल माघ ६ गते सोमबार अनुमति दिएको हो ।
तीन बैंकले आधार ब्याज दर सार्बजनिक गरेका छन्। दुई बैंकको घटेको छ भने एउटाको सामान्य बढेको छ । माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनल बैंकले सार्वजनिक सुचनामार्फत आधार दर सार्बजनिक गरेका हुन्।
एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
हिमालयन बैंकको आगामी माघ १३ गतेदेखि माघ २९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि १७ दिनसम्म बुक क्लोज गर्न लागेको हो ।
आज दुई कम्पनीले शेयरधनीको खातामा नगद लाभांश पठाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले र युनाइटेड फाइनान्स कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेका हुन् ।
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु चालु आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
सानिमा बैंकले सानिमा क्यापिटलको सहकार्यमा नेपालमै पहिलो पटक थ्री इन वन खाता सञ्चालमा ल्याएको छ । यो खाता सञ्चालनमा आएसँगै हालसम्म तीन हजार भन्दा बढी ग्राहकले यस खाता मार्फत् शेयर कारोबार गरिरहेको बैंकले जनाएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा सामुहिक म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थप घट गर्न सकिने सुविधा रहेको जनाएको छ ।
कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाउन फिल भएको थिया । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा १२ करोड ३६ लाखरुपैयाँ बढी हो ।
आईसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गर्ने व्यवस्था गरेको छ। फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो।
गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५ औं बार्षिक साधारणसभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५र०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कृषि विकास बैंकलाई दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले बैंकको एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न पुस २९ गते बुधबार अनुमति दिएको हो।
लामो समयदेखि मर्जरको केन्द्रमा रहेको कुमारी बैंकले विकास बैंकलाई गाभ्ने भएको छ। बैंकले ’ख’ वर्गको देव विकास बैंकलाई गाभ्ने भएको हो।
एनएमबि बैंकले आजदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले पहिलोपटक लाभांश दिएको छ। बैंकले चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिएको हो।
मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस.सम्झौता भएको छ ।
नेपाल बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न घोषणा गरेको १० प्रतिशत नगद लाभांश बैंक खातामा पठाएको जनाएको छ ।
सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले माघ १ गतेदेखि तीन महिनासम्म लागू हुने गरी उक्त योजना ल्याएको हो ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गुहेश्वरी भवन, ललितपुरमा सम्पन्न भई आ.व.२०७५र०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरिएको छ ।