logo

नेपाल बंगलादेश बैंकको नाफामा झिनो सुधार

    1085   पटक पढिएको

२२ माघ / अर्थ र व्यापार - नेपाल बंगलादेश बैंकले चालु आवको छ महिनामा नाफामा झिनो अंकले सुधार गर्न सफल भएका छ । केही बैंकहरुको नाफा घटिरहेको समयमा बंगलादेश बैंकले भने नाफामा झिनो सुधार गर्न सफल भएको हो ।

अघिल्लो आवको समीक्षा अवधीमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको नेपाल बंगलादेश बैंकले झण्डै डेढ करोडले बृद्धि गर्दै यस पटक ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेर झिनो सुधार गरेको हो ।

सर्वसाधारणको ६३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ निक्षेप रहेको नेपाल बंगलादेश बैंकले चालु आवको छ महिनामा ५७ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको हो ।

चालु आवको छ महिनामा बैंकले तीन अर्ब ६५ करोड ९५ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब ३० करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

अन्य सूचकहरुमा बैंकको खराब कर्जा अनुपात १.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा खराब कर्जा अनुपात १.७८ प्रतिशत रहेकोमा यस पटक केही बढेको छ । एनबीको कर्जा निक्षेप अनुपात ७२.९५ प्रतिशत अर्थात तरलता पर्याप्त रहेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।