logo

नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच सम्झौता

नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । आइतबार सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

06-02-20

माछापुच्छ्रे क्यापिटलको औपचारिक उद्घाटन

माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । बिहिबार एक औपचारिक कार्यक्रम बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

06-02-20

घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

मेगा बैंकले आवास तथा सवारी साधनका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले आफनो घर ‘आफनै गाडी, मेगा बैंकको साथमा बढाउनुस् पाइला अगाडी’ भन्ने मसल नाराका साथ यस योजना ल्याएको हो ।

06-02-20

सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क १७ प्रतिशतले बढ्यो

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४४ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको हो ।

06-02-20

ज्योति विकास बैंकद्धारा तिलगंगा आँखा अस्पताललाई सहयोग

 ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जिरी आई स्टडी’ को लागि ज्योति विकास बैंकले १० लाख बराबरको आर्थिक सहयोग गरेको हो ।

06-02-20

मितेरी डेभलपमेन्ट बैंकले साढे १९ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ६९ करोड नाघ्ने

 मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १९.५० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १८.५२५ प्रतिशत र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

06-02-20

विश्व बैंकले भूकम्पपछिको पुनर्निर्माणका लागि सघाउँदै, ३२ जिल्लामा ८६ हजार घर बन्ने

विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

06-02-20

प्रभु बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार

 प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिकाका वडा नं. २, १३ र २६ मा एकैसाथ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उद्घाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचनले गरे ।

06-02-20

आक्रमक व्यापार गर्दै एशियन लाइफ, जीवन बीमा कोषमा १९ अर्बमाथि

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

06-02-20

स्वाबलम्बन लघुवित्तको नाफा ५३% ले बढ्यो

 स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव ८२ प्रतिशत बढी हो ।

05-02-20

लक्ष्मी बैंकको अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे

लक्ष्मी बैंकको अध्यक्षमा पूर्वपर्यटन सचिव सुशील घिमिरे नियुक्त भएका छन्।

05-02-20

मुक्तिनाथ विकास बैंकको यस्तो देखियो दोस्रो त्रैमास

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वषृको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा अधिकांश सूचकमा सुधार गरेको छ ।

05-02-20

लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता, बीमा शुल्क भुक्तानी अझै सहज हुने

 सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै सूर्या लाईफका बीमितले बीमा शुल्क थप सहज तरिकाले भुक्तानी गर्न सक्ने भएका छन् ।

05-02-20

सिद्धार्थ बैंकको दुई नयाँ शाखा विस्तार

सिद्धार्थ बैंकले बाँकेस्थित न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोकमा नयाँ शाखा विस्तार गरेको छ ।बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप-महानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए ।

05-02-20

मेरो माइक्रोफाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको रमपूर्वा (कोल्हबी) शाखा कार्यालयको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर ५५३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो ।

05-02-20

नेपाल बंगलादेश बैंकको नाफामा झिनो सुधार

नेपाल बंगलादेश बैंकले चालु आवको छ महिनामा नाफामा झिनो अंकले सुधार गर्न सफल भएका छ । केही बैंकहरुको नाफा घटिरहेको समयमा बंगलादेश बैंकले भने नाफामा झिनो सुधार गर्न सफल भएको हो ।

04-02-20

नवकिरण लघुवित्तको साधारण सभा फागुन १७ गते

नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो वार्षिक साधारण सभा फागुन १७ गते हुने भएको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त सभा हार्दीक होटल बागबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ । 

04-02-20

हिमालयन जनरलको लाभांश संशोधन

हिमालयन जनरल इन्स्योरेन्सले प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको लाभांश घटाएर नयाँ लाभांश प्रस्ताव गरेको हो ।

04-02-20

सन नेपाल लाईफद्वारा आईपिओे निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन

 सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । सन नेपाल लाईफका अधिकारीका अनुसार कम्पनीले केही दिनपहिले धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि आवेदन दिएको जानकारी दिए ।

04-02-20

बलियो बन्दै प्राईम लाईफ, जीवन बीमा कोष १० अर्ब माथि  

सुचिकृत जीवन बीमा कम्पनी मध्य चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने प्राईम लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५९ करोड  कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

04-02-20

मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान शुरु

 मुक्तिनाथ विकास बैंकले वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको हो ।

04-02-20

नेपाल बंगलादेश बैँकद्धारा अपाङ्ग व्यक्तिलाई सहयोग

​नेपाल बंगलादेश बैँकले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर हस्तान्तरण गरेको छ । बैंकले अपाङ्गता भएका १० जना व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको जनाएको छ ।

04-02-20

गोर्खाज फाइनान्सको नाफा ६ करोड माथि, खराब कर्जा घट्यो

गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा ६ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा करिब तीन लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा संस्थाले ६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो ।

04-02-20

अजोड इन्स्योरेन्सद्धारा आधारभुत अभिकर्ता तालिम सम्पन्न

अजोड इन्स्योरेन्सको पोखरा शाखाले माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

04-02-20

प्रभु बैंकको नाफा १ अर्ब ८ करोड, स्प्रेड दर केही घट्यो

​प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

03-02-20

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.