logo

१२ प्रतिशत ब्याज दिने गरी आइसीएफसी फाइनान्सको ऋणपत्र, २०८३ सालमा परिपक्व हुने

    1173   पटक पढिएको

४ फागुन / अर्थ र व्यापार - आइसीएफसी फाइनान्सले १२ प्रतिशत ब्याज दिने गरी ऋणपत्र ल्याएको छ। २०८३ सालमा परिपक्व हुने ऋणपत्र आउँदो १३ गतेबाट बिक्री खुला हुने छ।

प्रति कित्ता एक हजार रुपैयाँ दरको ऋणपत्र न्यूनतम २५ कित्ता किन्नु  पर्ने हुन्छ। अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ।

कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ। १२ करोड रुपैयाँ बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ। सर्वसाधारणलाई छुट्याएकोबाट ४ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई आरक्षित गरिएको छ।

पछिल्लो समय बाणिज्य बैंकहरुले ऋणपत्र जारी गरिरहेका बेला ’ग’ वर्गको आइसीएफसी फाइनान्स पनि अगाडि सरेको हो। बाणिज्य बैंकहरुले ऋणपत्रमा अधिकतम १०.३५ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। आइसीएफसीले भने १२ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।