logo

गुराँस लाईफको नाफा ७९% ले बढ्यो

    1038   पटक पढिएको

२९ माघ / अर्थ र व्यापार - गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३१ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । गुराँस  लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

९३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६  करोड ५२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीले ७ करोड ३५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक मुनाफा आउँछ।

वार्षिक प्रति शेयर आम्दानी भने १५ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १४१ रुपैया ६१ पैसा रहेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।