logo

आजै रिपोर्ट सार्वजनिक गरेका ४ लघुवित्तले कति कमाए ?

    947   पटक पढिएको

माघ १६ / अर्थ र व्यापार

आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६१ लाख
आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६१ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १४ करोड ६८ लाख खुद मुनाफा गरेको थियो। यसरी आरएमडीसी लघुवित्तको खुद मुनाफा सामान्य घटेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३२ रुपैया ५१ पैसा हुन् आउछ। चुक्ता पुँजी ८९ करोड ९३ लाख रहेको कम्पनीको किताबी मूल्य २७३ रुपैया ३४ पैसा रहेको छ।

महुली लघुवित्तको नाफामा पनि सामान्य वृद्धि 
मर्जर प्रक्रियामा रहेको महुली लघुवित्तको नाफामा सामान्य वृद्धि आएको छ। महुली लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ३ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड २ लाख खुद मुनाफा गरेको थियो। यसरी लघुवित्तको खुद मुनाफा सामान्य वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३९ रुपैया ८१ पैसा हुन आँउछ । ।चुक्ता पुँजी १२ करोड २४ लाख रहेको कम्पनीको किताबी मूल्य ३०८ रुपैया ६१ पैसा रहेको छ।

नेशनल माईक्रोफाईनान्सको मुनाफा ६२ प्रतिशतले वृद्धि
नेशनल माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ९ करोड २५ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ७२ लाख खुद मुनाफा गरेको थियो। यसरी नेशनल माईक्रोफाईनान्सको खुद मुनाफा ६२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी ७० रुपैया २९ पैसा छ । चुक्ता पुँजी २६ करोड ४० लाख रहेको कम्पनीको किताबी मूल्य १८५ रुपैया २७ पैसा रहेको छ।

आशा लघुवित्तको मुनाफामा २३१ प्रतिशतले बढ्यो
आशा लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ७० खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ८१ लाख ६४ हजार खुद मुनाफा गरेको थियो।  लघुवित्तको खुद मुनाफा २३१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी २३ रुपैया ३२ पैसा छ । चुक्ता पुँजी २३ करोड २२ लाख रहेको कम्पनीको किताबी मूल्य १२७ रुपैया १२ पैसा रहेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।