ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल गाभिएर आगामी २० गतेबाट एकिकृत कारोबार सुरु हुने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।
प्राइम बैंकलाई सर्वसाधारणले चिन्ने भनेको नेवार समुदायको बैंक भनेर हो । यो बैंकलाई व्यवसायीक चुनौतिका रुपमा पश्चिम तथा सुदुर–पश्चिम नेपालमा शाखा विस्तार गर्नु नै हो । विभिन्न समयमा बैंकले उक्त विषयमा छलफल समेत गर्दै आएको थियो । प्राइम बैंकले कैलाशलाई मर्ज गरेपछि बैंकको पूर्व नेपालमा झण्डै २० शाखा थपिने छन् ।
आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको हो ।
कैलाश विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.७७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
तत्कालिन श्रममन्त्री गोकर्ण विष्टलाई भेटेपछि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मनसायमा पुगेका बैंकर फेरि अन्योलमा परेका छन्। मंसिर पहिलो सातासम्म दर्ता हुने आश्वासन दिएर फर्किएका बैंकर विष्ट मन्त्री पदबाट बाहिरिएपछि अन्योलमा परेका हुन्।
प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते आइतबार छैठौँ वार्षिक साधारण सभा डाकेको छ ।
भु बैंक कुनैपनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा नजाने भएको छ । बैंकको साधारणसभाले मर्जरमा जाने विषयमा कुनैपनि निर्णय गरेन ।
गरिमा विकास बैंक कुनै उपयुक्त बैंकसँग मर्जरमा जाने भएको छ। आगामी साधारणसभामा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भएपछि यो प्रक्रियाको बाटो खुल्नेछ ।
५८ करोड रुपैंया आयकर तिर्दा नेपाल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको छ ।
सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको आकर्षण बढाउन योगदानकर्ताले पाउने सुविधा वृद्धि गर्न लागिएको छ ।
सरकारी स्वामित्वको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा संस्थानको जीवन बीमा कोष ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँले बढेको हो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा डाकेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५र७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।
ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११७.६७ प्रतिशतले वृद्धि गरेर चमत्कारीक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ।
नेपाल बैंकले आफ्ना शेयरधनीलाई २३ वर्षपछि लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न सञ्चालक समिति बैठकले उक्त लाभांश घोषणा गरेको हो।
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको चुनावी साधारणसभा आगामी १९ गते हुने भएको छ । दुई जना सदस्य बाहेक अध्यक्ष र बाँकी पदाधिकारीको निर्वाचन पनि हुने छ ।
कुमारी बैंकले गत वर्षको भन्दा १४.२४ प्रतिशतले नाफा सुधार गरेको छ। तीन महिनाको अवधिमा ४० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ ।
सेञ्चुरी बैंकले गतवर्षको भन्दा ९ करोड ६८ लाख रुपैयाँले नाफा सुधार गर्दै अन्य बाणिज्य बैंकहरुकै तहमा पुगेको छ। बैंकले तीन महिनामा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (ल्क्ष्द्य) ले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कैयन् बर्षदेखि ’नम्बर वान’ को ताज बोकिरहेको नबिल बैंकलाई अहिले सूचकहरुमा अरु बैंकले पनि जित्न थालेका छन्।
हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ। बैंकले चितवनदेखि पश्चिम शाखा थपेको हो।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।